• About
  • Advertise
  • Careers
  • Contact
Friday, November 13, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

ह्याट्रिकसहित सन्दीपको ६ विकेटमा विराटनगर प्लेअफनजिक

रिजन खड्का by रिजन खड्का
२६ कार्तिक, २०८३
A A
ह्याट्रिकसहित सन्दीपको ६ विकेटमा विराटनगर प्लेअफनजिक
0
SHARES
2
VIEWS

कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङको मद्दतमा विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा तेस्रो जित निकालेको छ। बिहीवार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले पोखरा एभेन्जर्सलाई चार विकेटले पराजित गर्दै प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको हो।

सन्दीपले ह्याट्रिकसहित ६ विकेट लिएपछि पोखरा १७.५ ओभरमा १३२ रनमै समेटियो। जवाफमा १३३ रनको लक्ष्य पछ्याएको विराटनगरले १९.२ ओभरमा ६ विकेट गुमाएर जित हासिल गर्‍यो।

यो नतिजासँगै पोखरा प्लेअफ दौडबाट बाहिरिएको छ। समान ६ खेल खेलेको विराटनगरले ६ अंक जोड्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ भने पोखरा दुई अंकसहित पुछारमा छ। पोखराको अब एक खेल बाँकी रहेकाले जित हासिल गरे पनि उसले विराटनगरको अंक बराबरी गर्न सक्ने छैन।

लक्ष्य पछ्याउने क्रममा विराटनगरले सुरुआतदेखि नै दबाब सामना गर्नुपर्‍यो। ओपनर इमरान शेख १० रनमा र चरिथ असलन्का शून्यमा आउट भएपछि टोली १९ रनमै दुई विकेट गुमाउने अवस्थामा पुग्यो।

लोकेश बम र बसिर अहमदले तेस्रो विकेटका लागि ३७ रनको साझेदारी गर्दै इनिङ सम्हाल्ने प्रयास गरे। लोकेशले २७ बलमा दुई चौका र दुई छक्कासहित ३३ रन बनाए भने बसिरले ३९ बलमा समान दुई चौका र छक्काको मद्दतमा ३७ रन जोडे।

लोकेश १०औँ ओभरमा कुशल भुर्तेलको बलमा बोल्ड भए। त्यसपछि एन्जेलो म्याथ्युज आठ रन र प्रतीश जिसी शून्यमा आउट हुँदा विराटनगर १३.३ ओभरमा ७८ रन बनाउँदा पाँच विकेट गुमाएर दबाबमा परेको थियो। बसिर पनि १७औँ ओभरमा पभेलियन फर्किएपछि टोलीको अवस्था थप कठिन बन्यो।

तर इसुरु उडाना र सेहान जयसूर्याले अविजित साझेदारी गर्दै विराटनगरलाई जितसम्म पुर्‍याए। उडानाले १२ बलमा चार चौका र एक छक्कासहित २५ रन बनाए भने जयसूर्याले १२ बलमा दुई चौकाको मद्दतमा १७ रन जोडे। सातौँ विकेटका लागि यी दुईले ३१ रनको अविजित साझेदारी गरे।

पोखराका रमेश मेन्डिस र कुशल भुर्तेलले समान दुई विकेट लिए भने विपिन खत्री र धनञ्जय लक्षानले एक–एक विकेट हात पारे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले युवराज सामराको आक्रामक ब्याटिङका बाबजुद ठूलो योगफल बनाउन सकेन। सामराले ४७ बलमा सात चौका र पाँच छक्कासहित ८४ रन बनाए। अघिल्लो खेलमा शतक प्रहार गरेका उनले लगातार दोस्रो खेलमा पनि उत्कृष्ट प्रदर्शन गरे।

तर अन्य ब्याटरले उल्लेखनीय योगदान दिन नसक्दा पोखरा १७.५ ओभरमै अलआउट भयो। ओपनर अर्जुन कुमाल पहिलो ओभरमै पाँच रन बनाएर आउट भए भने कुशल भुर्तेल पनि खाता नखोल्दै पभेलियन फर्किए। त्यसपछि सन्दीप लामिछानेले अर्जुन घर्ती, सन्नी बिक र रमेश मेन्डिसलाई आउट गर्दै पोखरालाई दबाबमा राखे।

१०.४ ओभरमा ७६ रन बनाउँदा पाँच विकेट गुमाएको पोखराका लागि युवराज र धनञ्जय लक्षानले छैटौँ विकेटमा ४६ रनको साझेदारी गरे। युवराज १४.३ ओभरमा सन्दीपको बलमा क्याच आउट भए। त्यसपछि सन्दीपले लगातार दुई विकेट थप्दै ह्याट्रिक पूरा गरे। उनले चमिका करुणारत्ने र किरण ठगुन्नालाई शून्यमा आउट गरेपछि पोखरा १५औँ ओभरको समाप्तिमा १२२ रन बनाउँदा आठ विकेट गुमाउने अवस्थामा पुग्यो।

धनञ्जय लक्षानले १५ बलमा एक चौका र एक छक्कासहित २२ रन बनाए पनि १८औँ ओभरमा रनआउट भए। त्यसपछि पोखराको इनिङ लामो समय टिक्न सकेन।

सन्दीपले चार ओभरमा २७ रन खर्चेर ६ विकेट लिँदै एनपिएल इतिहासकै दोस्रो उत्कृष्ट बलिङ प्रदर्शन गरेका छन्। यसअघि साहब आलम र विल बोसिस्टोले पनि एकै खेलमा ६ विकेट लिएका थिए। बोसिस्टोले २८ र साहबले २५ रन खर्चिएका थिए।

यस सिजन सुरुआती खेलहरूमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेका सन्दीपले छैटौँ खेलमा उत्कृष्ट लय समातेका हुन्। यसअघि कर्णाली याक्सविरुद्ध उनले एक विकेट मात्र लिएका थिए।

विराटनगरका बलर एन्जेलो म्याथ्युज, रूपेश सिंह र चरिथ असलन्काले पनि समान एक विकेट लिए।

यसैबीच, आज हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ।

 

Previous Post

छठ पर्वले पर्यावरण संरक्षणदेखि सामाजिक समानतासम्मको सन्देश दिन्छः मनिष झा

Next Post

कानूनको नाममा हुने राजनीतिक प्रतिशोध, मनपरी गिरफ्तारी र व्यक्तिको मानमर्दन स्वीकार्य हुँदैनः महामन्त्री पौडेल

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav