जुगल क्षेत्रका हिमालहरूमा देखिने सेताम्मे हिउँ, चम्किला हिमाली भूबनोट र शान्त वातावरणले यस क्षेत्रलाई प्रकृतिप्रेमीका लागि आकर्षक बनाएको छ। यहाँ पदयात्रा तथा पर्वतारोहणका लागि समेत प्रशस्त सम्भावना रहेका छन्।
काठमाडौंसँग नजिकै रहे पनि जुगल हिमशृङ्खला अझै धेरै पर्यटकका लागि नयाँ गन्तव्यका रूपमा रहेको छ। पछिल्लो समय यस क्षेत्रको पर्यटन सम्भावनालाई उजागर गर्दै पर्यटकीय गन्तव्यका रूपमा विकास र प्रवर्द्धन गर्न स्थानीय पर्यटन व्यवसायी तथा सरोकारवालाहरू सक्रिय हुन थालेका छन्।
यसैबीच, जुगल हिमशृङ्खलाको प्राकृतिक सौन्दर्य र मनमोहक हिमाली दृश्यलाई सन्जित फलानाले आफ्नो क्यामेरामा कैद गरेका छन्। उनका तस्बिरमा हिउँले चम्किएका हिमचुचुरा र जुगल क्षेत्रको अनुपम प्राकृतिक दृश्य देख्न सकिन्छ।
