वाङ्चुकका अनुसार उनको निवास आसपास दर्जनौँ हतियारधारी सुरक्षा गार्ड तैनाथ छन्। सरकारले आफूलाई घरबाट बाहिर ननिस्कन सल्लाह दिएको पनि उनले भिडियोमा उल्लेख गरेका छन्।
उनले गत वर्ष लेहमा भएको मृत्युका घटनाबारे न्यायिक अनुसन्धान आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न भइरहेको ढिलाइप्रति प्रश्न उठाएका छन्। साथै, अत्यधिक चिसो मौसमका बीच हतारमा परिषद्को निर्वाचन सम्पन्न गरिएको विषयमा पनि उनले असन्तुष्टि व्यक्त गरेका छन्।
वाङ्चुकले लद्दाखका विभिन्न क्षेत्रमा विरोध प्रदर्शन जारी रहेको दाबीसमेत गरेका छन्।
यसैगरी, उनले विश्वकै सबैभन्दा ठूलो लोकतन्त्र मानिने भारतमा आफ्ना सामाजिक सञ्जाल खाताहरूमा समेत कडा प्रतिबन्ध लगाइएको आरोप लगाएका छन्। उनका अनुसार एक्स, इन्स्टाग्राम र युट्युबमा आफ्नो पहुँच गम्भीर रूपमा सीमित पारिएको छ।
