• About
  • Advertise
  • Careers
  • Contact
Friday, November 13, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी थप रोमाञ्चक, ८५ हेक्टर घाँसेमैदान व्यवस्थापनपछि वन्यजन्तु अवलोकन सहज

रिजन खड्का by रिजन खड्का
२७ कार्तिक, २०८३
A A
चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी थप रोमाञ्चक, ८५ हेक्टर घाँसेमैदान व्यवस्थापनपछि वन्यजन्तु अवलोकन सहज
0
SHARES
2
VIEWS

चितवन । वन्यजन्तु अवलोकन र जङ्गल सफारीका लागि विश्वमै प्रसिद्ध चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढाउन घाँसेमैदान व्यवस्थापनको कामलाई तीव्रता दिइएको छ। यस वर्ष निकुञ्जले सफारी मार्ग मर्मतसँगै घाँसेमैदान सफाइलाई पनि प्राथमिकता दिएपछि जीप सफारीका क्रममा वन्यजन्तु अवलोकन गर्न सहज भएको छ।

चितवन राष्ट्रिय निकुञ्जमा वर्षायाम सकिएपछि जीप सफारी सञ्चालन गरिन्छ। मनसुनका कारण सडक बिग्रने र आवागमन कठिन हुने भएकाले वर्षातको समयमा सफारी बन्द गर्ने गरिएको छ। दसैँअघि सडक मर्मत सम्पन्न गरेर सफारी पुनः सञ्चालनमा ल्याउने परम्परा छ।

यस वर्ष भने सडक मर्मतसँगै घाँसेमैदानको व्यवस्थापनलाई पनि विशेष प्राथमिकता दिइएको निकुञ्जले जनाएको छ। निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार जीप सफारी मार्गको आसपास रहेका ८५ हेक्टर घाँसेमैदान सफा गरिसकिएको छ।

उनका अनुसार सुरुमा पर्यटकले जीपबाट वन्यजन्तु सहजै देख्न सकून् भन्ने उद्देश्यले सडक आसपासका घाँसेमैदान व्यवस्थापन गरिएको हो। त्यसपछि निकुञ्जको भित्री भागमा रहेका घाँसेमैदान सफा गर्ने काम अघि बढाइएको छ।

तिवारीले सफारीमा आउने पर्यटकलाई वन्यजन्तु अवलोकनमा सहजता प्रदान गर्न घाँसेमैदान व्यवस्थापनको काम छिट्टै सुरु गरिएको बताए। यस वर्ष जीप सफारीमा सहभागी पर्यटकले अघिल्ला वर्षको तुलनामा धेरै वन्यजन्तु देख्न पाएको प्रतिक्रिया दिएको पनि उनले जानकारी दिए।

घाँसेमैदान सफा भएपछि पर्यटकले दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, गौरीगाई, भालु, चित्तललगायतका वन्यजन्तु तथा विभिन्न प्रजातिका चरा अवलोकन गर्न सहज भएको छ।

हाल निकुञ्जभित्र कसराबाट २३, मेघौलीबाट १३ र सौराहाबाट ३२ गरी ६८ वटा जीपले पर्यटकलाई सफारी सेवा दिइरहेका छन्। यी जीपमार्फत सौराहाबाट कसरा, कसराबाट रिउ खोला किनारसम्म तथा निकुञ्जका विभिन्न भित्री क्षेत्रमा पर्यटकलाई घुमाउने गरिएको छ।

रिउ खोलामा पानीको सतह नघटेकाले नवलपरासी क्षेत्रबाट भने जीप सफारी सञ्चालन हुन सकेको छैन। सूचना अधिकारी तिवारीका अनुसार खोलामा पानीको सतह घटेपछि बाटो निर्माण गरेर अमलटारीसम्म जीप सफारी विस्तार गर्ने तयारी छ।

चितवन राष्ट्रिय निकुञ्ज विशेषगरी एकसिङ्गे गैँडा र पाटेबाघका लागि अन्तर्राष्ट्रियस्तरमै परिचित छ। सन् २०२५ को गणनाअनुसार निकुञ्जमा १४५ वटा पाटेबाघ छन्। नेपालभर बाघको सङ्ख्या ४२९ पुगेको छ।

त्यस्तै, निकुञ्जमा ६९४ वटा एकसिङ्गे गैँडा रहेका छन् भने देशभर गैँडाको कुल सङ्ख्या ७५२ छ। पछिल्लो पाँच वर्षयता गैँडाको गणना नभएकाले निकुञ्जमा यसको सङ्ख्या थप बढेको हुन सक्ने अनुमान गरिएको छ।

निकुञ्ज भ्रमणमा आउने अधिकांश पर्यटकले गैँडासहित अन्य वन्यजन्तु सहजै अवलोकन गर्न पाउँछन्। यद्यपि, पाटेबाघ भने तुलनात्मक रूपमा कम देखिने भएकाले सफारीका क्रममा बाघ देख्ने पर्यटकलाई भाग्यमानी मान्ने गरिएको छ।

निकुञ्जबाहिर रहेका सामुदायिक वनमा पनि जीप तथा हात्ती सफारी सञ्चालन हुँदै आएका छन्। पर्यटकले जीप सफारीबाहेक डुङ्गा र पैदल यात्रामार्फत पनि चितवनको प्राकृतिक सौन्दर्य तथा वन्यजन्तुको अवलोकन गर्ने गरेका छन्।

Previous Post

नेपालमा पाँच वर्षभित्र वार्षिक ५ लाख मेट्रिक टन हरित युरिया उत्पादन गर्ने लक्ष्य, लगानीकर्तालाई सरकारको आह्वान

Next Post

दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएपछि पर्यटन व्यवसाय संकटमा, होटलको आम्दानी ठप्प

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav