• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

कान्ति लोकपथमा पहिरोको सास्तीः सडक खुलाउन प्रयास जारी, निर्माण कार्य भने प्रभावित

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१९ भाद्र २०८३, शुक्रबार
A A
कान्ति लोकपथमा पहिरोको सास्तीः सडक खुलाउन प्रयास जारी, निर्माण कार्य भने प्रभावित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पृथ्वी राजमार्गका विभिन्न खण्डमा पहिरोका कारण आवागमन अवरुद्ध भएपछि वैकल्पिक मार्गका रूपमा रहेको कान्ति लोकपथमा सवारीसाधनको चाप अत्यधिक बढेको छ।

अत्यधिक सवारी चाप र निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण यो सडक सञ्चालनमा चुनौती थपिएको हो। हाल कान्ति लोकपथ हुँदै दैनिक एक हजारभन्दा बढी सवारीसाधन आवतजावत गरिरहेका छन्। विशेषगरी हेटौँडाबाट मालवाहक तथा यात्रुवाहक सवारीसाधनहरू त्रिभुवन राजपथ हुँदै काठमाडौं भित्रिने र काठमाडौंँबाट खाली फर्किएका सवारीसाधनहरू कान्ति लोकपथ प्रयोग गरी हेटौँडा जाने व्यवस्था मिलाइएको छ।

काठमाडौंको एकान्तकुना, टीकाभैरव र ठिङ्गन हुँदै हेटौँडा जोड्ने यो सडकखण्डमा सवारी चाप बढेपछि व्यवस्थापनमा कठिनाइ भएको छ।

कान्ति राजमार्ग सडक योजनाका इन्जिनियर उपेन्द्र महराका अनुसार सडकलाई सुचारु राख्न विभिन्न खण्डमा जनशक्ति र उपकरण परिचालन गरिएको छ। टीकाभैरवदेखि तीनपानेसम्म तीनवटा ह्विल एक्स्काभेटर र एउटा ब्याकहो लोडर परिचालन गरिएको छ। त्यस्तै, तीनपानेदेखि टार्कुचे खण्डमा पनि निर्माण व्यवसायीमार्फत उपकरण परिचालन गरी सडक खुलाउने काम भइरहेको छ। टार्कुचेदेखि वागमती खोला (बगुवा) सम्मको जोखिमपूर्ण खण्डमा तीनवटा एक्स्काभेटर र दुईवटा लोडर तैनाथ राखिएका छन्।

मकवानपुर खण्डतर्फ ठिङ्गनदेखि हेटौँडासम्मको सडक तुलनात्मक रूपमा सुरक्षित र कालोपत्रे भइसकेकाले त्यहाँ आवागमन केही सहज छ। यद्यपि, लेबडाँडा र सिमाद खोला आसपासमा वर्षा हुँदा सामान्य अवरोध हुने गरेको इन्जिनियर महराले जानकारी दिनुभयो। सडक विभाग, जिल्ला प्रशासन, नेपाल प्रहरी र ट्राफिक प्रहरीको टोली अहोरात्र खटिएर सडक सुचारु राख्ने प्रयास गरिरहेको उहाँले बताउनुभयो।

सडकको विर्खेधारा खण्डमा पहिरो पन्छाउने काम गरिरहेका सब–कन्ट्र्याक्टर धनबहादुर लिम्बूका अनुसार वैशाखदेखि नै निरन्तर खसिरहेको पहिरोले काममा बाधा पुर्‍याइरहेको छ। हाल दुईवटा स्काभेटर र छवटा टिपर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ। जिल्ला प्रशासन कार्यालयको निर्देशनअनुसार सडक अवरुद्ध हुन नदिन १०–१० मिनेट सवारी रोक्दै पहिरो पन्छाउने कार्य जारी राखिएको छ।

यद्यपि, पहिरोको माटो फाल्ने उचित स्थान (डम्पिङ साइट) को अभाव तथा स्थानीय वन समिति र खानेपानी उपभोक्ताको अवरोधका कारण काममा ढिलाइ भइरहेको लिम्बूले बताउनुभयो।

निर्माण व्यवसायी राजकुमार बुढाथोकीका अनुसार बाढी र पहिरोको जोखिमका कारण निर्माणाधीन यस सडकमा हाल निर्माणका काम ठप्प भएका छन्। झन्डै १५० जना मजदुर काम छोडेर बस्नुपर्ने अवस्था सिर्जना भएको छ। बगुवादेखि टीकाभैरवसम्मका छपेली, टार्कुचे र विर्खेधारालगायतका ठूला पहिरोले सडकलाई अझै जोखिमपूर्ण बनाएका छन्।

अहिलेको विपद्को समयमा कान्ति लोकपथलाई ‘सर्भिसेबल’ (चलायमान) बनाउनु नै मुख्य प्राथमिकता रहेको प्राविधिकहरूको भनाइ छ। पृथ्वी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा नआएसम्म यस सडकमा सवारी चाप नघट्ने र त्यसपछि मात्र रोकिएका निर्माण कार्य पुनः अगाडि बढाउन सकिने देखिन्छ।

Previous Post

कुशको शव बनाएर अन्तिम संस्कार

Next Post

सुरुङबाट जीवितै उद्धार भएका कविरकी श्रीमतीले भनिन्–‘फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुशीको सीमा छैन’

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In