• About
  • Advertise
  • Careers
  • Contact
Saturday, September 26, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
२२ भाद्र २०८३, सोमबार
A A
दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा आईतवार बिहान इजरायलले गरेको हवाई आक्रमणमा परी चार जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् । लेबनानको जनस्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार उक्त हताहती भएको हो । मन्त्रालयको आपतकालीन सञ्चालन केन्द्रकाअनुसार नबातिए अल–फौकामा दुई जनाको मृत्यु र दुई जना घाइते भएका छन् ।

त्यसैगरी, नबातिएकै रहबात क्षेत्रमा भएको आक्रमणमा एक महिला र एक बालकसहित आठ जना घाइते भएका छन् । अरब सलिममा दुई जनाको मृत्यु हुनुका साथै दुई बालबालिकासहित ६ जना घाइते भएको मन्त्रालयले जनाएको छ । काफ्र रुमान क्षेत्रमा भएको अर्को आक्रमणमा चार जना घाइते भएका छन् ।

इजरायली सेनाले सामाजिक सञ्जाल ’एक्स’ मार्फत यो आक्रमण हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी गरेको ड्रोन प्रहारको जवाफ भएको दाबी गरेको छ । इजरायली पक्षका अनुसार दक्षिणी लेबनानको सुरक्षा क्षेत्रमा तैनाथ सैनिकहरूमाथि हिजबुल्लाहले दुईवटा विस्फोटक ड्रोन प्रहार गरेको थियो । तीमध्ये एउटा ड्रोनलाई आकाशमै नष्ट गरिएको र इजरायली सैन्य पक्षमा कुनै क्षति नभएको सेनाले उल्लेख गरेको छ ।

यसैबीच, इजरायली सेनाले अरब सलिमका बासिन्दाहरूलाई लक्षित गरी खाली गर्ने चेतावनी ९इभ्याकुएसन वार्निङ० समेत जारी गरेको थियो । हिजबुल्लाहको सैन्य संरचना नजिक रहेको भन्दै इजरायलले त्यहाँका नागरिकहरूलाई तोकिएको भवन र वरपरका क्षेत्रबाट कम्तीमा ३ सय मिटर टाढा जान निर्देशन दिएको थियो ।

आफ्ना नागरिक र सैनिकहरूमाथि हुनसक्ने खतरा न्युनिकरण गर्न सो क्षेत्रमा सैन्य कारबाही जारी रहने इजरायली सेनाको भनाइ छ ।

लेबनानको जनस्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार गत मार्च २ देखि हालसम्म लेबनानमा भएका इजरायली आक्रमणहरूमा परी मृत्यु हुनेको संख्या ४ हजार ३५८ पुगेको छ भने १२ हजार ३५९ जना घाइते भएका छन् ।

Previous Post

भोटेकोशी बाढीका मृतकको स्मरणमा आज देशभर राष्ट्रिय शोक

Next Post

फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In