काठमाडौं । भोटेकोशी बाढीबारे विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने तथा विपत्तिमा खुशी व्यक्त गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
प्रहरीका अनुसार सामाजिक सञ्जाल फेसबुक रिलमा यस्तो सामग्री प्रसारण भएको विषयमा गरिएको प्राविधिक विश्लेषण तथा अनुसन्धानका क्रममा बैतडीको सुर्नया गाउँपालिका–७ स्थायी ठेगाना भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–१२, बलम्बु बस्ने २४ वर्षीय वीरेन्द्र मडै पक्राउ परेका हुन्।
ब्यूरोबाट खटिएको टोलीले उनलाई भदौ २० गते पक्राउ गरेको हो। काठमाडौं जिल्ला अदालतबाट विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
