• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

वातावरणीय मापदण्ड पालना नगर्ने उद्योगलाई कारबाहीको चेतावनी

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
२२ भदौ, २०८३
A A
वातावरणीय मापदण्ड पालना नगर्ने उद्योगलाई कारबाहीको चेतावनी
0
SHARES
0
VIEWS

उद्योग विभागले सिर्सिया खोलालाई प्रदूषित बनाउने उद्योगहरूलाई वातावरणीय मापदण्ड र शर्तहरूको पूर्ण पालना गर्न निर्देशन दिएको छ ।

सोमवार सिर्सिया खोला आसपासका उद्योगी तथा व्यवसायीहरूसँगको छलफलमा विभागका महानिर्देशक जितेन्द्र बस्नेतले उद्योगबाट निस्कने प्रदूषित पदार्थ सिधै खोलामा मिसाउने कार्य अब स्वीकार्य नहुने स्पष्ट पारे ।

विगत एक दशकदेखि उठ्दै आएको सिर्सिया खोलाको प्रदूषण समस्या समाधानका लागि राज्य र उद्योगी दुवै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने महानिर्देशक बस्नेतले बताए । छलफलका क्रममा महानिर्देशक बस्नेतले वि.सं. २०८० मा गरिएको अध्ययन प्रतिवेदनले दिएका सुझावहरू कार्यान्वयनमा ढिलाइ गर्न नहुनेमा जोड दिए । उक्त प्रतिवेदनले साना तथा ठूला उद्योगहरूले एकल वा सामूहिक रूपमा फोहोर प्रशोधन केन्द्र (इटीपी) स्थापना गर्नुपर्ने सुझाव दिएको छ ।

उनले भने, ‘यो समस्या समाधानका लागि अब सबैले आ–आफ्नो तर्फबाट सुधार गर्नुपर्ने चुनौती छ । उद्योग दर्ता गर्दा स्वीकार गरिएका सर्त र प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनमा उल्लेखित प्रावधानहरूको परिपालना गर्नु सबैको अनिवार्य दायित्व हो । साना पुँजीका उद्योगहरूले पनि आपसी समन्वयमा छिट्टै इटीपी निर्माण गरी प्रशोधन पश्चात् मात्र फोहोर विसर्जन गर्नुपर्छ । अब खोलामा प्रत्यक्ष रूपमा फोहोर फाल्ने कार्यलाई विभागले कडाइका साथ नियन्त्रण गर्नेछ ।’

विभागले वातावरणीय मापदण्ड कार्यान्वयनको विषयलाई उच्च प्राथमिकतामा राखेको र आगामी दिनमा यसलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ । महानिर्देशक बस्नेतले सरकारी पक्षबाट गर्नुपर्ने सहजीकरणमा कमी नहुने भन्दै उद्योगीहरूलाई पनि नियमनकारी निकायको निर्देशन पालना गर्न आग्रह गरे ।

Previous Post

सिर्सिया खोला प्रदूषण रोक्न उद्योगीलाई मन्त्रीको एक साताको अल्टिमेटम

Next Post

पूर्वी चीनको जियान्ग्सी प्रान्तमा पहिरोका कारण चार जनाको मृत्यु, उद्धार र राहत कार्य तिब्र

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav