• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

पुराना दललाई गृहमन्त्री गुरुङको चेतावनी : ‘इतिहास फेर्ने कोशिस नगर्नुस्, अझै समय छ सुध्रिनुस्’

रिजन खड्का by रिजन खड्का
२३ भदौ, २०८३
A A
जेन–जी आन्दोलनका माग सम्बोधन गर्न दिनहुँ छलफल गर्छौं, भदौ २३ को नियति अब कसैले भोग्न नपरोस्ः कानूनमन्त्री गौतम
0
SHARES
0
VIEWS

गृहमन्त्री सुधन गुरुङले जेन–जी आन्दोलनलाई पुराना राजनितिक दलहरुले गलत ढंगले व्याख्या गर्ने गरेको आरोप लगाएकाछन् ।
जेन–जी शहीद दिवसका अवसरमा जेन–जी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा उहाँले ईतिहासलाई बदल्ने चेष्टा नगर्न चेतावनी दिनुभयो । जेन–जी आन्दोलन नेपालको एतिहासिक ईतिहास भएको दाबी गर्दै उहाँले इतिहासको अवव्याख्या गर्ने छुट कसैलाई नभएको बताएकाछन् । उहाँले पुराना राजनीतिक शक्तिहरूलाई ‘सुध्रिन’ चेतावनी दिनुभयो । जेनजी आन्दोलनलाई अपमान ३ करोड नेपाली जनतालाई अपमान भएको उहाँको दाबी छ । गृहमन्त्री गुरुङले पुराना राजनीतिक सोच र परम्परागत कार्यशैलीबाट नयाँ नेपाल निर्माण हुन नसक्ने बताएकाछन् । उहाँले पुराना दलका नेताहरूलाई समयमा नै आफ्नो सोच र कार्यशैली परिवर्तन गर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘पुराना दलका केही साथीहरूले हाम्रो आन्दोलनलाई अझै पनि विभिन्न तरिकाले व्याख्या गरेका देख्दाखेरि अचम्मै लाग्छ । र म उहाँहरू सबैजनालाई भन्न चाहन्छु, त्यो दिन इतिहास हो । र इतिहास कसैले फेरेर फेरिँदैन । इतिहासलाई फेर्ने कोसिस पनि नगर्नुस् । त्यो इतिहास नै थियो भन्नलाई पनि साबित गर्नलाई ३ करोड नेपाली जनताले हामीलाई जिताएर पठाएको हो । तपाईँले यो आन्दोलनलाई अपमान गर्नुहुन्छ भने तपाईँले ३ करोड नेपाली जनतालाई अपमान गरिराख्नुभएको छ, यो पनि स्मरण रहोस् । त्यही भएर सुध्रिनुस् भन्न चाहन्छु । सुध्रिनुस्, अझै पनि समय छ, सुध्रिनुस् । त्यही पुराना ट्रेन्डिसनले, त्यही पुराना सोचले नयाँ नेपाल तपाईँले बनाउन सक्दैन, हामीले बारम्बार भन्दै आएको कुरा नै हो ।’
उहाँले जेन–जी आन्दोलन सत्ताप्राप्ति वा शक्तिको लोभमा नभएको दाबी गर्नुभयो । भदौ २३ गतेको आन्दोलनमा युवाहरू सुशासनको पक्षमा उभिन सडकमा आएको उहाँले बताएकाछन् । शान्तिपूर्ण आन्दोलनमाथि दमन गरिएको कारण भदौ २४ गतेको घटना भएको दाबी गर्नुभयो । तर हाल भदौ २४ गतेलाई मात्रै केन्द्रमा राखेर प्रचार भईरहेको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘भदौ २३ मा पनि हामी तपाईँको सत्ताको पछाडि थिएनौँ । न त हामीलाई सत्ताको लोभ नै छ, न त हामीलाई शक्तिको घमण्ड नै छ । अहिले पनि छैन, त्यतिखेर पनि हामीलाई केही लोभ पनि थिएन, आशा पनि थिएन । सुशासनको पक्षमा हामी उभिनका लागि मात्र युवाहरू एकै ठाउँमा हामी जम्मा भएका थियौँ । तर जसरी हाम्रो शान्तिपूर्ण आन्दोलनलाई दमन गरियो, हामीसँग सँगै आन्दोलन गरेका भाइ–बहिनीहरूलाई जसरी गोली हानियो, अझै पनि लाजै नमानी २४ गते जल्यो भन्दै ट्रेनिङ दिइराखेको देखिन्छ, देश जलेको दिन । २३ गते देश मरेको दिन थियो, मान्छे मरे भने त यो देश पनि कहाँ रहन्छ ?’
उहाँले मान्छे रहे मात्रै देश रहने बताएकाछन् । जेनजी आन्दोलनलाई नकरात्मक बनाउन देश जलाएको भाष्य जर्वजस्ती सिर्जना गर्न खोजेको उहाँको आरोप छ ।

Previous Post

जेन–जी आन्दोलनका माग सम्बोधन गर्न दिनहुँ छलफल गर्छौं, भदौ २३ को नियति अब कसैले भोग्न नपरोस्ः कानूनमन्त्री गौतम

Next Post

जेन–जी आन्दोलनको माग पूरा नहुन अर्को गोली चल्नुपर्छ, त्यो हिम्मत कसैको छैनः गृहमन्त्री

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav