• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home मुख्य समाचार

नदी किनारमै सडक बनाउने सोच पुनरावलोकन गर्न आवश्यकः प्रमुख आचार्य

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
२४ भाद्र २०८३, बुधबार
A A
नदी किनारमै सडक बनाउने सोच पुनरावलोकन गर्न आवश्यकः प्रमुख आचार्य
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ललितपुर । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नदी किनारबाट सडक निर्माण गर्ने सोचलाई पुनरावलोकन गर्नुपर्ने बताएका छन्।

ललितपुरमा बुधवार आयोजित एक कार्यक्रममा बोल्दै आचार्यले सडक निर्माणको नीति र अभ्यासमा पुनर्विचार गर्नुपर्ने आवश्यकता रहेको बताए। सडक निर्माण गर्दा तत्काल दूरी छोटो हुने वा निर्माण सामग्री सहज रूपमा उपलब्ध हुने पक्षलाई मात्र नभई दीर्घकालीन रूपमा मुलुकको अर्थतन्त्रमा पर्ने प्रभावलाई समेत मूल्यांकन गर्नुपर्नेमा उनले जोड दिए।

विगतमा नदी किनारमा सडक निर्माण गर्दा निर्माण सामग्री प्राप्त गर्न सहज हुने र छिटो निर्माण गर्न सकिने लगायतका कारणले त्यस्तो अभ्यास अघि बढाइएको हुन सक्ने उनले बताए। तर अब सडक निर्माणको दीर्घकालीन प्रभावबारे गम्भीर भएर सोच्नुपर्ने उनको भनाइ थियो।

आचार्यले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) र प्रारम्भिक वातावरणीय परीक्षण (आईईई)लाई कागजी प्रक्रिया पूरा गर्ने माध्यमका रूपमा मात्रै लिन नहुने बताए। सम्बन्धित मन्त्रालयका सचिवको ध्यानाकर्षण गराउँदै उनले ईआईए र आईईई वास्तविक अध्ययन तथा जोखिम मूल्यांकनमा आधारित हुनुपर्नेमा जोड दिए।

उनले भने, ‘अलि दूरी छोटो हुन्छ भन्ने हिसाबले मात्रै गर्‍यौँ कि हामीले ? यसले लङ टर्ममा देशको सिङ्गो इकोनोमीमा के इम्प्याक्ट पार्छ भन्ने कुरामा अब ध्यान दिनुपर्ने हो कि ? हाम्रो ईआईए र आईईई केवल पेपर कपी–पेस्ट गरेर रिपोर्ट बुझाइदिने विषय त भएनन् नि ? किन हाम्रो एउटा हाइवेको एउटा पहिरो गएपछि सिङ्गो देश कनेक्टिभिटीबाट टुट्छ ? कहाँनेर चुक्यौँ हामी ?’

‘मान्छेको सबैभन्दा ठूलो सम्पत्ति भनेको जीवन हो। हरेक दिनजसो एक दर्जनभन्दा बढी एक्सिडेन्ट सिटीभित्र भइरहेको छ। पोलिसीमै चेन्ज गरौँ। जे–जे भयो, अब त्यसलाई नदोहोरिने गरी सुधार गर्न सक्यौँ भने यो सिम्पोजियम दिगो यातायात, खासगरी अर्बान मोबिलिटीका लागि ठूलो अर्थ राख्छ,’ उनले भने।

वातावरणीय तथा प्राविधिक अध्ययनका प्रक्रिया पूरा गरिए पनि व्यवहारमा सडक अवरुद्ध हुने र एउटा राजमार्गमा पहिरो जाँदा सिङ्गो मुलुकको कनेक्टिभिटी प्रभावित हुने अवस्था किन आएको हो भन्ने विषयमा समीक्षा गर्नुपर्ने उनले बताए।

विगतका कमजोरीलाई नीतिगत तहबाट समीक्षा गरी आगामी दिनमा त्यस्ता समस्या दोहोरिन नदिने गरी नीति बनाउनुपर्नेमा उनले जोड दिए। महानगर प्रमुख आचार्यले शहरी क्षेत्रमा बढ्दै गएको सडक दुर्घटनालाई समेत नीतिगत कमजोरीसँग जोडेर हेर्नुपर्ने बताए।

शहरभित्र यातायातका विभिन्न माध्यम र ट्राफिक व्यवस्थापनसम्बन्धी तथ्यांकको अध्ययन आवश्यक रहेको उल्लेख गर्दै उनले दैनिक ठूलो संख्यामा दुर्घटना भइरहेको बताए। दुर्घटनाका कारण पहिचान गरी नीतिगत तहबाटै सुधार गर्नुपर्नेमा जोड दिँदै आचार्यले विगतका कमजोरी नदोहोरिने गरी स्पष्ट निर्णयसहित नीति परिवर्तन गर्नुपर्ने बताए।

उनका अनुसार सडक तथा यातायात पूर्वाधार निर्माणमा दीर्घकालीन आर्थिक, वातावरणीय र मानवीय प्रभावलाई केन्द्रमा राखेर नीति निर्माण गर्न सके मात्रै दिगो यातायात र सहरी गतिशीलताको लक्ष्य हासिल गर्न सकिनेछ।

–न्युज एजेन्सी नेपाल

Previous Post

जेन–जी आन्दोलन ‘हाइज्याक’ गरेर सिंहदरबार जलाउने को थियो ?- नेकपा सांसद विक

Next Post

नेपालमा विद्युतीय यातायातको विस्तार जरुरी भइसक्योः सचिव सिग्देल

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In