• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

कांग्रेसको संस्थापन इतर समूहले महाधिवेशन प्रक्रिया छुट्टै अघि बढाउने

रिजन खड्का by रिजन खड्का
२९ भदौ, २०८३
A A
कांग्रेसको संस्थापन इतर समूहले महाधिवेशन प्रक्रिया छुट्टै अघि बढाउने
0
SHARES
0
VIEWS

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औँ महाधिवेशनको तयारी आफ्नै कार्ययोजनाअनुसार अघि बढाउने निर्णय गरेको छ। सोमबार महाराजगञ्जस्थित निवर्तमान सभापति शेरबहादुर देउवाको निवासमा बसेको समूहको बैठकले पार्टी केन्द्रीय कार्यालयबाट तय गरिएको प्रक्रियामा सहभागी हुन नसकिने निष्कर्ष निकालेको हो।

संस्थापन इतर पक्षका नेताहरूले आफूहरू कुनै व्यक्तिगत पद वा जिम्मेवारीको मागभन्दा पार्टीको संस्थागत संरचना र भविष्यलाई केन्द्रमा राखेर अघि बढिरहेको बताएका छन्। सोहीअनुसार यसअघि नेता उमाकान्त चौधरीले प्रस्ताव गरेको १५औँ महाधिवेशनसम्बन्धी कार्यतालिकालाई निरन्तरता दिने निर्णय बैठकले गरेको जनाएको छ।

यसअघि कांग्रेसको संस्थापन पक्षको केन्द्रीय कार्यसम्पादन समिति बैठकले १४औँ महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई आगामी महाधिवेशनमा सहभागी हुन पाउने गरी निर्णय गरेको थियो। महाधिवेशनको आयोजक वा सहभागीका रूपमा आउन चाहने त्यस्ता सदस्यलाई केन्द्रीय सदस्यकै हैसियतमा जिम्मेवारी दिने निर्णय गरिएको थियो।

तर संस्थापन इतर समूहले उक्त निर्णयप्रति असहमति जनाउँदै आफ्नै प्रक्रियाअनुसार महाधिवेशनको तयारी अघि बढाउने निष्कर्ष निकालेको हो।

बैठकपछि नेता डा. प्रकाशशरण महतले संस्थापन पक्षले गरेको निर्णयबारे समूहभित्र छलफल भएको जानकारी दिए। उनले सोमबार अपराह्न ४ बजे पत्रकार सम्मेलनमार्फत समूहको औपचारिक धारणा सार्वजनिक गरिने बताए।

यसैबीच, संस्थापन इतर समूहले थप छलफलका लागि आकस्मिक बैठकसमेत बोलाएको छ। चुनदेवीस्थित सम्पर्क कार्यालयमा बस्ने उक्त बैठकमा आगामी रणनीति तथा महाधिवेशन प्रक्रियाबारे थप निर्णय हुने बताइएको छ।

कांग्रेसभित्र १५औँ महाधिवेशनको तयारीलाई लिएर दुई पक्षबीच देखिएको मतभेदले पार्टीको आगामी संगठनात्मक प्रक्रिया थप पेचिलो बन्ने संकेत देखिएको छ।

Previous Post

नयाँ कोष थप्ने होइन, एकीकृत गर्ने सरकारको नीति छः मन्त्री चौधरी

Next Post

रविले अघि सारेको सर्वदलीय संयन्त्र १८ दिनसम्म पनि बनेन

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav