• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

कृष्णभीरमा पाखो ताछेर ‘फेरि ठूलो विपत्ति निम्त्याउने जोखिम’ हो–माटोविज्ञ न्यौपाने

रिजन ढकाल by रिजन ढकाल
३० भाद्र २०८३, मंगलवार
A A
कृष्णभीरमा पाखो ताछेर ‘फेरि ठूलो विपत्ति निम्त्याउने जोखिम’ हो–माटोविज्ञ न्यौपाने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बाढी पहिरोका कारण क्षतिग्रस्त पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्डमा सडक विभागले असोज १ गतेदेखि दुईतर्फी सवारी सञ्चालन गर्ने तयारी गरिरहेका बेला भू–प्राविधिक विज्ञले भने हाल पाखो काटेर बनाइँदै गरेको अस्थायी सडकलाई दीर्घकालीन समाधानका रूपमा लिन नहुने बताएका छन् ।

बाढीपछि नदीले सडकको तल्लो भाग कटान गरेपछि कृष्णभीरमा सडक सञ्चालनका लागि माथिल्लो भागको पाखो काटेर अस्थायी सडक निर्माण भइरहेको छ । सडक विभागले तत्काल यातायात सञ्चालन सहज बनाउन उक्त विकल्प अघि बढाएको हो । तर भू–प्राविधिक इन्जिनियर उदयराज न्यौपानेले कृष्णभीरको भौगोलिक अवस्था नै संवेदनशील रहेकाले सडक निर्माण गर्दा जमिनको अवस्था र नदी कटानलाई मुख्य आधार बनाउनुपर्ने बताए । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै न्यौपानेले कृष्णभीरको सडक रहेको स्थान सामान्य बलियो चट्टानी भूभाग नभई नदी तथा पहिरोले थुपारेको पदार्थमाथि रहेको बताए । उहाँकाअनुसार सडकको तलबाट नदीले निरन्तर कटान गरिरहेको अवस्थामा माथिल्लो भाग काटेर सडक बनाउँदा जोखिमको प्राविधिक मूल्याङ्कन आवश्यक हुन्छ ।

‘लगभग हामी डिपोजिटमै रोड छौँ । तलबाट खोलाले काटिराछ । पहाड, चट्टान पनि त्यति राम्रो छैन ।’ उहाँले भन्नुभयो ।

नदीको कटानका कारण सडकको तल्लो भाग कमजोर हुँदै गएको अवस्थामा माथिल्लो भागमा गरिने कटानले भू–भागको स्थिरतामा दखल हुनसक्ने उहाँको भनाइ छ । कृष्णभीरको समस्या केवल सडक भत्किएको वा सडकको चौडाइ घटेको विषय नभई त्यसको तल रहेको जमिन र नदीको बहावसँग जोडिएको उहाँले बताए ।

‘तलबाट खोला यति ठूलो मात्रामा हिट गरेपछि तलको काटिदिएपछि यो झर्ने त भइनै हाल्यो। धन्न पुरै झरेन ।’ न्यौपानेले न्युज एजेन्सी नेपालसँग भन्नुभयो ।

सडक विभागका अनुसार बाढीपछि पृथ्वी राजमार्गका विभिन्न स्थानमा क्षति पुगेको छ । त्यसक्रममा नदीले सडकको तल्लो भाग कटान गरेपछि परेवाभीर, कृष्णभीरलगायतका स्थानमा थप समस्या आएको थियो । कृष्णभीर पुरानो सक्रिय पहिरो क्षेत्रसमेत भएकाले सडक विभागले विज्ञ तथा नेपाल जियोटेक्निकल सोसाइटीसँग परामर्श गरेर पहिरोको साइडबाट पाखो काटी अस्थायी सडक निर्माण गर्ने निर्णय गरेको हो । सडक विभागका योजना तथा अनुगमन महाशाखाका उपमहानिर्देशक शुभराज न्यौपानेकाअनुसार अस्थायी सडकको एकतर्फी ट्र्याकमा ग्यासका बुलेटलगायतका सवारीसाधन परीक्षण गरिसकिएको छ । सडकमा ग्राभेल राख्ने, सतहमुनिको पानी व्यवस्थापन गर्ने, फ्रेन्च ड्रेन निर्माण गर्ने तथा पानी निकासका लागि होरिजोन्टल ड्रिलिङ गर्ने काम बाँकी रहेको उहाँले बताउनुभएको छ ।

विभागले असोज १ गतेदेखि दुईतर्फी सवारी सञ्चालनको तयारी गरे पनि पहिरो वा अन्य प्राविधिक समस्या देखिएमा अवस्थाअनुसार निर्णय गरिने जनाएको छ । वर्षा र बाढीको अवस्था सामान्य भएपछि कृष्णभीरको विस्तृत प्राविधिक अध्ययन गरी आवश्यक मर्मत तथा पुनर्निर्माण अघि बढाउने विभागको योजना छ । तर न्यौपानेकाअनुसार तत्काल यातायात सञ्चालन गर्नु र दीर्घकालीन रूपमा सडकलाई सुरक्षित बनाउनु फरक विषय हुन् । अहिलेको अस्थायी सडकले यातायातको समस्या समाधान गर्न सक्ने भएपनि कृष्णभीरको भौगोलिक जोखिमलाई भने स्थायी रूपमा समाधान गर्न नसक्ने उहाँको भनाइ छ । उहाँले कृष्णभीरमा सडक निर्माणको दीर्घकालीन विकल्पका रूपमा सुरुङ वा वैकल्पिक संरचनाबारे गम्भीर अध्ययन गर्नुपर्ने बताए ।

‘अरू दीर्घकालीन उपाय भनेको कि टनेलमा जानुप¥यो । कि पारी एउटा पुल हाल्नुप¥यो र तलपट्टिको कनेक्सन बनाउनुप¥यो ।’ उहाँले भन्नुभयो ।

कृष्णभीरमा कुन विकल्प उपयुक्त हुन्छ भन्ने विषय भने विस्तृत भू–प्राविधिक अध्ययनपछि मात्रै निर्धारण गर्नुपर्ने न्यौपानेको भनाइ छ । तत्काल सडक खोल्नुपर्ने आवश्यकता भएपनि भविष्यमा पुनः सोही ठाउँमा सडक क्षति हुने अवस्था दोहोरिन नदिन संरचनाको दीर्घकालीन स्थायित्व, जोखिम र लागत सबैलाई एकैपटक हेर्नुपर्ने उहाँले बताए ।

‘कुन चाहीँ फिजिबल छ, कुन रिजिलियन्ट छ, कुन भायबल छ, त्यो पत्ता लगाएर काम हामीले गर्नै पर्छ ।’ न्यौपानेले न्युज एजेन्सी नेपालसँग भन्नुभयो ।

उहाँकाअनुसार कृष्णभीर सामान्य सडकखण्ड मात्र नभई मुलुकको प्रमुख यातायात सञ्जालसँग जोडिएको महत्वपूर्ण मार्ग हो । पटक–पटक पहिरो र सडक अवरोधको समस्या देखिँदै आएको यस क्षेत्रमा हरेकपटक तत्काल सडक खुलाउनेभन्दा दीर्घकालीन समाधानतर्फ जानुपर्ने आवश्यकता रहेको उनले बताए ।

‘यो हाम्रो लाइफलाइन रोड हो । बारम्बार समस्या आइरहेको छ भने त्यसलाई दीर्घकालीन रूपमा सोच्नुपर्छ ।’ उहाँले भन्नुभयो ।

कृष्णभीरको अहिलेको अवस्था बाढीपहिरोपछि सडक पुनः सञ्चालन गर्ने नेपालको परम्परागत अभ्यास र पूर्वाधारलाई जलवायु तथा प्राकृतिक विपद्का नयाँ जोखिमअनुसार पुनः डिजाइन गर्ने आवश्यकताबीचको उदाहरणसमेत बनेको न्यौपानेको भनाइ छ ।

उहाँकाअनुसार सडक बनाउँदा केवल अहिलेको अवस्थालाई हेरेर संरचना तयार गर्नेभन्दा नदीको सम्भावित कटान, पहिरोको सक्रियता, जमिनको प्रकृति र भविष्यमा आउन सक्ने ठूलो बाढीको प्रभावसमेत अध्ययन गर्नुपर्छ । विशेष गरी पहाडी क्षेत्रमा सडकको तलबाट हुने नदी कटानलाई बेवास्ता गरेर माथिल्लो भागमा मात्रै संरचना थप्दा समस्या एक ठाउँबाट अर्को ठाउँमा सर्नसक्ने जोखिम रहने उहाँले बताए । कृष्णभीरमा अहिले अस्थायी सडक निर्माण गरेर यातायात सञ्चालन गर्ने तयारी भइरहेको भएपनि त्यसलाई अन्तिम समाधानका रूपमा नलिई विस्तृत भू–प्राविधिक अध्ययनबाट सुरक्षित र दीर्घकालीन विकल्प छनोट गर्नुपर्ने उनको सुझाव छ ।

‘हामीले दीर्घकालीन सोच्नैपर्छ । यो लाइफलाइन हो । पटक–पटक समस्या भइरहेको ठाउँमा फेरि त्यही तरिकाले मात्रै सोच्यौँ भने दीर्घकालमा समस्या समाधान हुँदैन ।’ न्यौपानेले भन्नुभयो ।

सडक विभागले भने तत्काल यातायात सञ्चालनका लागि अस्थायी व्यवस्थासँगै वर्षायामपछि विस्तृत प्राविधिक अध्ययन गर्ने जनाएको छ ।

Previous Post

खोज तथा उद्धारमा सरकारको कमजोरीको कारण नागरिकले अकालमै ज्यान गुमाएः श्रम संस्कृति पार्टी

Next Post

इन्द्रध्वजाको लिङ्गो उठाउन नालाबाट भोटाहिटी ल्याईयो रुख(तस्बिरसहित)

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In