• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

गाजामा आवासीय भवन भत्किँदा कम्तीमा २० जनाको मृत्यु

रिजन खड्का by रिजन खड्का
१ अशोज, २०८३
A A
गाजामा आवासीय भवन भत्किँदा कम्तीमा २० जनाको मृत्यु
0
SHARES
0
VIEWS

गाजा सिटीमा बुधवार एउटा आवासीय भवन भत्किँदा २० जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा निकायले जनाएको छ ।

नागरिक सुरक्षा सेवाका प्रवक्ता महमुद बसालका अनुसार मृतकमध्ये ८ जना बालबालिका र ६ जना महिला रहेका छन् । घटनामा २५ जनाभन्दा बढी घाइते भएका छन् भने करिब १०० जनाको अवस्था अझै अज्ञात रहेको उनले बताएका छन् ।

छ तले उक्त भवन यसअघि इजरायली आक्रमणबाट क्षतिग्रस्त भएको थियो । भवनमा करिब १०० जना बसोबास गर्दै आएका थिए भने आसपासको क्षेत्रमा दर्जनौँ पालसमेत रहेका थिए ।

बसालका अनुसार गाजा पट्टीभरि अझै करिब २ हजार वटा जीर्ण आवासीय भवनमा मानिसहरू बसिरहेका छन्, जसले थप भवन भत्किने जोखिम बढाएको छ ।

नागरिक सुरक्षा टोलीले भग्नावशेषबाट पीडितहरूको उद्धार तथा जीवित व्यक्तिको खोजी जारी राखेको छ । तर गाजामा भारी उद्धार उपकरण प्रवेश गर्न इजरायली अधिकारीहरूले अनुमति नदिएको बसालले बताएका छन् ।

भवन भत्किएको घटनाका लागि हमासले इजरायललाई जिम्मेवार ठहराएको छ । एक विज्ञप्तिमा हमासले भग्नावशेष हटाउने मेसिन तथा उद्धार उपकरणको गम्भीर अभावले अवस्था थप जटिल बनेको जनाएको छ ।

हमासले गाजामा भारी मेसिन तथा नागरिक सुरक्षा उपकरण तत्काल प्रवेश गर्न अनुमति दिन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ । त्यसैगरी, उद्धार उपकरणको प्रवेशमा लगाइएको प्रतिबन्ध हटाउन मध्यस्थकर्ताहरू, अमेरिकी प्रशासन तथा सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाहरूले पहल गर्नुपर्ने हमासको माग छ ।

भवन भत्किएको घटनाबारे विभिन्न पक्षबाट फरक दाबी आएका छन् । उद्धार कार्य जारी रहेकाले मृतक तथा बेपत्ताको संख्या थप परिवर्तन हुन सक्ने जनाइएको छ ।

Previous Post

यमनको मारिबमा साउदी सशस्त्र ड्रोन खसालेको हुथीको दाबी

Next Post

युद्धका घाउ निको पार्न साझा मानवीय जिम्मेवारी आवश्यकः लाओस

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav