• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

क्रान्तिशिखा धितालविरुद्ध जेन–जी शहीद परिवारले सिंहदरबार गेटअगाडि गरेको प्रदर्शनको रास्वपाद्वारा विरोध

रिजन ढकाल by रिजन ढकाल
१ आश्विन २०८३, बिहीबार
A A
क्रान्तिशिखा धितालविरुद्ध जेन–जी शहीद परिवारले सिंहदरबार गेटअगाडि गरेको प्रदर्शनको रास्वपाद्वारा विरोध
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलकी सचेतक क्रान्तिशिखा धितालको अभिव्यक्तिलाई लिएर जेन–जी शहीद परिवारले सिंहदरबार गेटअगाडि गरेको प्रदर्शनको विरोध गरेको छ।

प्रतिनिधिसभाको बिहीवारको बैठकमा पार्टी महामन्त्री विपिनकुमार आचार्यले फरक विचार राखेकै आधारमा सांसदलाई धम्की दिने तथा हिंसात्मक गतिविधिको चेतावनी दिने कुरा कुनै पनि हालतमा स्वीकार्य हुन नसक्ने बताए।

उनले अभिव्यक्ति स्वतन्त्रता लोकतान्त्रिक व्यवस्थाको आधारभूत पक्ष भएको उल्लेख गर्दै फरक विचार राखेकै कारण सांसदविरुद्ध लतार्ने, घिसार्ने, घर जलाउने र रक्तपात मच्चाउनेजस्ता धम्की आउनु अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भएको बताए।

उक्त कार्यमा संलग्नलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन आफूले गृह मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयलाई अनुरोध गरिसकेको जानकारी उनले सदनलाई दिए। तथ्यमा आधारित भएर बोल्ने सांसदलाई निर्भीक रूपमा आफ्नो धारणा राख्ने वातावरण बनाउन संसद्ले भूमिका खेल्नुपर्नेमा पनि उनले जोड दिए।

उनले भने, ‘म तिम्रो कुरामा असहमत हुन सक्छु, तर म तिम्रो बोल्ने अधिकार रक्षाका लागि निरन्तर लडिरहन्छु भन्ने भोल्टेयरको भनाइले अभिव्यक्ति स्वतन्त्रताको लोकतान्त्रिक सहिष्णुताको उत्कृष्ट मापदण्डलाई औँल्याउँछ। नेपालको संविधानले पनि अभिव्यक्तिको स्वतन्त्रतालाई मौलिक हक मानेको छ। तर फरक विचार राखेकै कारण सांसदहरूविरुद्ध खुल्लमखुल्ला सिंहदरबारकै गेट अगाडि लतार्ने, घिसार्ने, घर जलाउने र रक्तपात मच्चाउनेजस्ता प्रथम दृष्टिमै खारेजयोग्य धम्की आउनु अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो प्रहार हो।’

आचार्यले यस्ता धम्की दिनेहरूलाई कानुनी दायरामा ल्याउन आफूले गृहमन्त्री र प्रधानमन्त्रीको कार्यालयलाई आग्रह गरिसकेको बताए। उनले तथ्यमा टेकेर बोल्ने सांसदलाई संसद्ले आफ्नो धारणा निर्भीक रूपमा राख्ने वातावरण बनाउनुपर्ने बताए।

यसअघि गत २३ भदौमा जेन–जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई लिएर सचेतक धितालले प्रश्न उठाएकी थिइन्। धितालको उक्त अभिव्यक्तिले जेन–जी शहीदको अपमान भएको भन्दै शहीद परिवारले सिंहदरबार अगाडि प्रदर्शन गरेको थियो।

Previous Post

‘द ग्रे जोन’को रिपोर्टबारे सरकारले जवाफ देओस्ः एमाले सांसद पोखरेल

Next Post

आ.व.२०८२-८३ मा अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी बढे, सङ्घीय सरकारतर्फ भूमि मन्त्रालयका उजुरी धेरै

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In