• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

संघीयतालाई संविधानको मर्मअनुसार बलियो बनाउन सरकार गम्भीर भएनः मोहम्मद खालिद

रिजन ढकाल by रिजन ढकाल
२ आश्विन २०८३, शुक्रबार
A A
संघीयतालाई संविधानको मर्मअनुसार बलियो बनाउन सरकार गम्भीर भएनः मोहम्मद खालिद
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले संविधान निर्माणपछि बनेका अधिकांश सरकारले संघीयतालाई संविधानको मर्मअनुसार बलियो बनाउन आवश्यक कानुन र संरचना निर्माणमा पर्याप्त ध्यान नदिएको आरोप लगाएका छन् ।

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । खालिदले वर्तमान सरकारले पनि विशेषगरी मधेसलाई निराश बनाएको बताए । संघले संविधानको अनुसूचीमा रहेका अधिकारसम्बन्धी आवश्यक कानुन निर्माण नगर्दा प्रदेशहरू कमजोर बनेको उनको भनाइ छ ।

उनले प्रदेश प्रहरी समायोजन हुन नसकेको, प्रशासनिक संरचना हस्तान्तरण नभएको तथा प्रदेशको आवश्यकताअनुसार कर्मचारी व्यवस्थापन नगरिएको भन्दै असन्तुष्टि जनाए । प्रदेश सरकारको राय–सल्लाहबिना कर्मचारीको सरुवा तथा नियुक्ति गर्ने प्रवृत्तिले समेत प्रदेशलाई कमजोर बनाएको उनले बताए ।

खालिदले मधेस प्रदेशमा जनसङ्ख्या र जनघनत्वको अनुपातमा न्यायोचित बजेट विनियोजन नभएको दाबी गरे । तराई–मधेस क्षेत्रमा ठूलो जनसङ्ख्या रहे पनि हुलाकी सडकको निर्माण अझै पूर्ण हुन नसकेको र कमला पुल १२ वर्षदेखि निर्माण सम्पन्न हुन नसक्नु राज्य संयन्त्रको कमजोरी तथा मधेसप्रतिको उदासीनताको उदाहरण भएको उनको भनाइ छ ।

उनले संविधान कार्यान्वयन संघ, प्रदेश र स्थानीय तह सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै संविधानको भाग ४ अन्तर्गत सामाजिक न्याय तथा समावेशीकरणसम्बन्धी व्यवस्थाको कार्यान्वयनबारे सरकारले जवाफ दिनुपर्ने माग गरे ।

विशेषगरी मधेसी, मुस्लिम तथा पिछडा वर्गका समुदायलाई आर्थिक, सामाजिक र सांस्कृतिक अवसर तथा लाभको समान वितरण, विपन्न नागरिकको संरक्षण तथा उत्थान र सशक्तीकरणका लागि संविधानले व्यवस्था गरेका प्रावधान कति कार्यान्वयन भए भन्नेबारे स्पष्ट जानकारी सार्वजनिक गर्न उनले माग गरे ।

उनले भने, ‘हामी संविधान पक्षधर, न्यायप्रेमी तथा शोषित–पीडित जनता संघीयतालाई बलियो रूपमा कार्यान्वयन भएको हेर्न चाहन्छौँ । तर संविधान निर्माणपछि बनेका अधिकांश सरकारले संघीयताको मर्मअनुसार आफ्नो जिम्मेवारी तदारुकताका साथ पूरा गरेनन् । वर्तमान सरकारले पनि विशेषगरी मधेसलाई निराश बनाएको छ ।

प्रदेशहरू किन कमजोर भए ? किनकि संघले संविधानको अनुसूची ५ मा उल्लिखित आफ्नो अधिकारअनुसार आवश्यक कानुन निर्माण गर्न सकेको छैन । प्रहरी समायोजन भएको छैन, प्रशासनिक संरचना हस्तान्तरण भएको छैन र प्रदेशको आवश्यकताअनुसार कर्मचारी व्यवस्थापन पनि हुन सकेको छैन । उल्टै प्रदेश सरकारको राय–सल्लाहबिना कर्मचारीको सरुवा र नियुक्ति गरेर प्रदेशलाई कमजोर बनाउने काम भइरहेको छ ।

विशेषगरी मधेस प्रदेशलाई जनसङ्ख्या र जनघनत्वका आधारमा न्यायोचित बजेट विनियोजन गरिएको छैन । देशकै ठूलो जनसङ्ख्या रहेको तराई–मधेसमा हुलाकी सडक अझै पूर्ण भएको छैन । १२ वर्षदेखि कमला पुल निर्माण सम्पन्न नहुनु राज्य संयन्त्रको कमजोरी र मधेसप्रतिको उदासीनताको उदाहरण हो ।’

उनले निर्वाचन क्षेत्र निर्धारणमा जनसङ्ख्यालाई प्रमुख आधार बनाउनुपर्ने भन्दै आगामी स्थानीय तथा प्रदेश निर्वाचनअघि न्यायोचित प्रतिनिधित्वको व्यवस्था सुनिश्चित गर्न सरकारसँग माग गरे ।

यसैगरी, प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमणअघि राजदूत नियुक्तिको तयारी भइरहेको विषय सञ्चारमाध्यमबाट जानकारी पाएको उल्लेख गर्दै खालिदले राजदूत नियुक्तिमा संविधानको समावेशी भावनालाई ध्यान दिन सरकारसँग आग्रह गरे ।

उनले विगतका सरकारहरूले नीति निर्माण तथा उच्च तहका नियुक्तिमा संविधानको मर्मअनुसार सबै समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न नसकेको दाबी गर्दै आगामी नियुक्तिमा मधेसीसहित संविधानमा उल्लेखित सबै क्लस्टरको प्रतिनिधित्व हुने अपेक्षा व्यक्त गरे ।

 

Previous Post

विपद् आएपछि उद्धार होइन, आउनुअघि नै तयारी गर्नुपर्छः कमला पन्त

Next Post

खनिज विधेयकलाई लाइसेन्स वितरणको कानून होइन, औद्योगिक रूपान्तरणको आधार बनाउनुपर्छः मन्त्री साह

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In