• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

विपद् आएपछि उद्धार होइन, आउनुअघि नै तयारी गर्नुपर्छः कमला पन्त

रिजन खड्का by रिजन खड्का
२ अशोज, २०८३
A A
विपद् आएपछि उद्धार होइन, आउनुअघि नै तयारी गर्नुपर्छः कमला पन्त
0
SHARES
0
VIEWS

राष्ट्रिय सभामा नेपाली काँग्रेस संसदीय दलकी नेता कमला पन्तले विपद् आएपछि उद्धार गर्ने परम्परा अन्त्य गर्दै विपद् आउनुअघि नै आवश्यक तयारी र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेकी छन् ।

शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै पन्तले नागरिकको सुरक्षा राज्यको प्रमुख जिम्मेवारी भएको बताइन् । जहाँ नागरिक सुरक्षित हुन्छन्, त्यहाँको सरकार नागरिकप्रति संवेदनशील र जिम्मेवार रहेको बुझ्न सकिने उनको भनाइ छ ।

उनले संसदले पटक–पटक विपद् आउनुअघि नै आवश्यक तयारी गर्न सरकारको ध्यानाकर्षण गराए पनि राज्यले त्यसलाई पर्याप्त रूपमा कार्यान्वयन नगरेको बताइन् । पन्तले विपद् व्यवस्थापनका क्षेत्रमा विज्ञहरूले दिएका सुझाव र अध्ययनलाई सरकारले व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् ।

उनका अनुसार विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारीलाई प्राथमिकतामा राख्न आवश्यक छ । उनले जल तथा मौसम विज्ञान विभागले नदी, मौसम, जलविज्ञान तथा पूर्वसूचना प्रणालीसँग सम्बन्धित सरकारी जिम्मेवारी निर्वाह गर्दै आएको उल्लेख गर्दै विभागको प्राविधिक तथा संस्थागत क्षमता थप वृद्धि गर्नुपर्ने बताइन् ।

पूर्वसूचना प्रणालीलाई केन्द्र वा जिल्ला तहमा मात्र सीमित नराखी स्थानीय तह हुँदै जनताको घरदैलोसम्म पुर्‍याउनुपर्ने उनको भनाइ छ । पन्तले नेपालका सबै नागरिकसँग मोबाइल वा स्मार्टफोनको पहुँच नरहेको उल्लेख गर्दै विपद्सम्बन्धी सूचना प्रवाहमा रेडियोलाई प्रभावकारी माध्यमका रूपमा प्रयोग गर्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘यो नागरिकको सुरक्षाको विषय हो । जहाँ नागरिक सुरक्षित हुन्छन्, त्यहाँको सरकार जिम्मेवार, संवेदनशील र जनताप्रति उत्तरदायी छ भनेर बुझ्नुपर्छ । नेपालमा विपद् आएपछि उद्धार गर्ने होइन, विपद् आउनुअघि नै तयारी गर्ने संस्कृतिको विकास गर्नुपर्छ ।

हामीले संसद्बाट पटक–पटक सरकारको ध्यानाकर्षण गराएका छौँ । विपद् आउनुअघि सरकारले कति तयारी गरेको छ ? तर राज्यले त्यसलाई गम्भीरतापूर्वक सुनेको देखिएन । विपद् कसरी आउँछ, त्यसको जोखिम कसरी घटाउन सकिन्छ भन्नेबारे विज्ञहरूले निरन्तर सुझाव दिइरहेका छन् । राज्यले ती सुझावलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्छ ।

जल तथा मौसम विज्ञान विभागले नदी, मौसम, जलविज्ञान तथा पूर्वसूचना प्रणालीसम्बन्धी जिम्मेवारी निर्वाह गर्दै आएको छ । यसको क्षमता अझ बढाउनुपर्छ र पूर्वसूचना प्रणालीलाई स्थानीय तह हुँदै जनताको घरदैलोसम्म पुर्‍याउनुपर्छ ।

सबै नागरिकसँग मोबाइल वा स्मार्टफोन हुँदैन । आज पनि ग्रामीण क्षेत्रका नागरिकका लागि सूचना प्राप्त गर्ने महत्त्वपूर्ण माध्यम रेडियो हो । किसानले खेतको कुनामा रेडियो राखेर काम गर्छन् । त्यसैले सरकारको विपद् पूर्वसूचना प्रणाली किसान र आम नागरिकसम्म सहज रूपमा पुग्ने गरी विकास गर्नुपर्छ । प्रश्न यही हो, के सरकारले किसान र आम नागरिकको वास्तविक आवश्यकतालाई बुझेको छ ?’

उनले विपद् जोखिममा रहेका समुदाय, विशेषगरी किसानसम्म समयमै पूर्वसूचना पुर्‍याउने प्रभावकारी संयन्त्र निर्माण गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

 

Previous Post

बालिका बलात्कार–हत्यादेखि सर्वोच्च अदालतमा भएको घटनासम्मः राष्ट्रिय सभामा सांसदहरूको सरकारसँग जवाफ माग

Next Post

संघीयतालाई संविधानको मर्मअनुसार बलियो बनाउन सरकार गम्भीर भएनः मोहम्मद खालिद

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav