• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल पीपीपी मोडेलमा तत्काल अघि बढाउन सांसद साहको माग

रिजन ढकाल by रिजन ढकाल
५ आश्विन २०८३, सोमबार
A A
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल पीपीपी मोडेलमा तत्काल अघि बढाउन सांसद साहको माग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अरविन्द साहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा अघि बढाउन सरकारसँग माग गरेका छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्। निजगढ विमानस्थलमा विगत दुई दशकमा अध्ययन, जग्गा मुआब्जा, तारबार, नदी नियन्त्रण, वातावरणीय प्रभाव मूल्यांकन (ईआईए), मास्टर प्लान र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लगायतका काममा राज्यको अर्बौँ रुपैयाँ खर्च भइसकेको उनले उल्लेख गरे।

आयोजना निर्माणमा भएको ढिलाइका कारण राज्यको लगानी निष्क्रिय हुनुका साथै लागत बढेको र वैकल्पिक हवाई सम्पर्कबाट प्राप्त हुनसक्ने राजस्व तथा रोजगारीका अवसरसमेत गुमेको उनले बताए।

प्रधानमन्त्री बालेन्द्र साहले निजी क्षेत्रलाई विमानस्थल निर्माणमा नेतृत्व लिन गरेको आह्वान सकारात्मक भएको उल्लेख गर्दै उनले निजी क्षेत्रसँगको पीपीपी मोडेलमा तत्काल ३ हजार हेक्टर क्षेत्रफलमा निर्माण सुरु गरी क्रमशः विस्तार गर्न माग गरे।

उनले भने, ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल कुनै नयाँ सपना होइन। दुई दशकदेखि अध्ययन, जग्गा मुआब्जा, तारबार, नदी नियन्त्रण, ईआईए, मास्टर प्लान र डीपीआरमा राज्यको अर्बौँ रुपैयाँ खर्च भइसकेको छ। तर ढिलाइका कारण त्यो लगानी निष्क्रिय भयो। लागत बढ्यो र वैकल्पिक हवाई सम्पर्कबाट हुने राजस्व तथा रोजगारीका अवसर पनि गुमे।’

‘यही अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यूले निजी क्षेत्रलाई नेतृत्व लिनका लागि गरेको आह्वान प्रशंसनीय छ। पीपीपी मोडेलमा अहिलेलाई ३ हजार हेक्टर क्षेत्रमा सुरु गरी क्रमशः विस्तार गर्न अघि बढाइयोस्। वनभित्र बसेका बस्तीका नागरिकका लागि तथ्यांक संकलन गरी वैकल्पिक जग्गा र उचित क्षतिपूर्तिसहित सम्मानजनक पुनर्स्थापना होस्। विकास राज्यको नीति, नियम तथा न्यायसँगै अघि बढोस्,’ उनले भने।

विमानस्थल क्षेत्रभित्र रहेका बस्तीका नागरिकको तथ्यांक संकलन गरी वैकल्पिक जग्गा र उचित क्षतिपूर्तिसहित सम्मानजनक पुनर्स्थापना गर्नुपर्नेमा समेत उनले जोड दिए।

Previous Post

नदी किनारका कोरिडोर सडक निर्माण नीति परिवर्तन गर्दै सरकार

Next Post

बाढी प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र दीर्घकालीन सडक मर्मतलाई तिब्रताः सडक विभाग

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In