• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

इजरायलमा ‘योम किपुर’ को रौनकः सार्वजनिक सेवा बन्द, आत्मशुद्धिको पर्वमा देश ठप्प

रिजन खड्का by रिजन खड्का
६ अशोज, २०८३
A A
इजरायलमा ‘योम किपुर’ को रौनकः सार्वजनिक सेवा बन्द, आत्मशुद्धिको पर्वमा देश ठप्प
0
SHARES
0
VIEWS

हिब्रु पात्रोअनुसार वर्षकै सबैभन्दा पवित्र र महत्वपूर्ण दिन मानिने ‘योम किपुर’ (प्रायश्चितको दिन) का अवसरमा इजरायलमा जनजीवन पूर्णतः ठप्प भएको छ । आइतबार साँझदेखि नै मुलुकभर सार्वजनिक यातायात, हवाई उडान र व्यावसायिक गतिविधिहरू रोकिएका छन् ।

आइतबार दिउँसो १ः०० बजेदेखि इजरायलको प्रमुख प्रवेशद्वार बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलले आफ्ना सम्पूर्ण उडान तथा अवतरण सेवाहरू स्थगित गरेको छ । विमानस्थल प्राधिकरणका अनुसार मंगलबार बिहानदेखि मात्र सेवाहरू नियमित रूपमा सञ्चालनमा आउनेछन् ।

यातायाततर्फ रेल, बस र लाइट रेल सेवासमेत बन्द गरिएका छन् भने सोमबार राति पर्वको समापन नहुन्जेल सडकमा सवारीसाधन चलाउन प्रतिबन्ध लगाइएको छ । तेल अविवका मुख्य सडकहरूमा सुरक्षा र नियमनका लागि ठूला ट्रकहरू तेस्र्याइएका छन् । सहरका व्यस्त चोक र रेस्टुरेन्टहरू सुनसान देखिएका छन् भने सडकमा सवारीसाधनको साटो स्थानीय बासिन्दा, साइकलयात्री र पैदलयात्रीहरू देखिएका छन् ।

योम किपुर, जसलाई ‘प्रायश्चितको दिन’ भनिन्छ, यहुदी समुदायका लागि आत्मचिन्तन र पश्चात्तापको अवसर हो । यस दिन धेरैजसो यहुदीहरू व्रत बस्छन् र सिनागग (प्रार्थना गृह) मा गएर अधिकांश समय धार्मिक अनुष्ठानमा बिताउँछन् । इजरायली कानुनअनुसार यस दिन अधिकांश व्यवसाय, मनोरञ्जन स्थल र कार्यालयहरू अनिवार्य रूपमा बन्द गरिन्छन् ।

यसैबीच, सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै इजरायलले वेस्ट बैंकतर्फका नाकाहरूमा पनि विशेष कडाइ गरेको छ । पर्व अवधिभर प्यालेस्टिनीहरूको आवतजावतमा रोक लगाउँदै इजरायल र उक्त क्षेत्रबीचका सबै सीमा नाकाहरू बन्द गरिएको छ ।

Previous Post

चीनको ग्वाङडोङस्थित कपडा कारखानामा आगलागीः ८ जनाको मृत्यु

Next Post

जापानमा वृद्धवृद्धाको संख्या ऐतिहासिक उचाइमाः हरेक दशमध्ये तीनजना ज्येष्ठ नागरिक

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav