ललितपुर । ललितपुरको बागमती गाउँपालिका–३ स्थित काल्चे माल्टा क्षेत्रमा पहिरो खसेपछि कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ।
प्रहरीका अनुसार काल्चे माल्टा दोबाटो नजिक पहिरो खसेपछि सडकको दुवैतर्फ सवारी आवागमन बन्द भएको हो।
पहिरोका कारण सडकमा यातायात सञ्चालन हुन नसकेपछि उक्त मार्ग हुँदै यात्रा गर्ने सवारीसाधन प्रभावित भएका छन्। सडक खुलाउने तथा पहिरो हटाउने कामका लागि सम्बन्धित निकायले आवश्यक पहल गर्ने अपेक्षा गरिएको छ।
प्रहरीका अनुसार पहिरो खसेको स्थान भट्टेडाँडाबाट करिब ५५ किलोमिटर मकवानपुरतर्फ पर्छ।
पहिरो हटाएर सडक सञ्चालनमा नआएसम्म यात्रु तथा चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न र जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको छ।
