• About
  • Advertise
  • Careers
  • Contact
Sunday, September 27, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा प्रमुख सचेतक ओलीको माग

रिजन ढकाल by रिजन ढकाल
८ आश्विन २०८३, बिहीबार
A A
रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा प्रमुख सचेतक ओलीको माग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले रुसमा रहेका नेपाली नागरिकहरूले भोगिरहेका समस्यातर्फ सरकारको ध्यानाकर्षण गराएकी छन् ।

बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद ओलीले रुससँगको द्विपक्षीय बैंकिङ सम्बन्ध, छात्रवृत्ति प्राप्त विद्यार्थीहरूको एनओसी, चिकित्सा शिक्षाको मान्यता र श्रम स्वीकृतिलगायतका विषयमा तत्काल नीतिगत पहल गर्न माग गरेकी हुन् ।

सांसद ओलीले हाल रुसमा रहेका नेपालीहरूले आफ्नो कमाइ वैधानिक रूपमा नेपाल पठाउन नसकिरहेको अवस्थालाई पहिलो गम्भीर समस्याका रूपमा औँल्याइन् । रुस–युक्रेन युद्धपछि रुसी बैंकहरू अन्तर्राष्ट्रिय वित्तीय प्रणालीबाट प्रभावित हुँदा नेपाली नागरिकले नगद नै बोकेर नेपाल ल्याउनुपर्ने बाध्यात्मक अवस्था रहेको उनले बताइन् । यसले हुण्डीजस्तो अनौपचारिक कारोबारलाई प्रश्रय दिने भन्दै उनले भारतसँगको बैंकिङ संयन्त्रजस्तै अन्य विकल्पहरूको खोजी गर्न राष्ट्र बैंकलाई आग्रह गरिन् ।

शिक्षाको क्षेत्रमा देखिएका समस्याबारे बोल्दै उनले भनिन्, ‘रुस सरकारले दिएको पूर्ण छात्रवृत्ति पाएका नेपाली विद्यार्थीले समेत एनओसी नपाउँदा अवसर गुम्ने जोखिम बढेको छ ।’

रुसबाट चिकित्सा शिक्षा हासिल गरेका डाक्टरहरूको दर्ता र इन्टर्नसिपमा देखिएको जटिलता अन्त्य गर्न नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगले ‘इक्विभ्यालेन्ट म्याट्रिक्स’ तयार गर्नुपर्नेमा उनले जोड दिइन् ।

श्रम स्वीकृतिको विषयमा धारणा राख्दै सांसद ओलीले सैन्य क्षेत्रमा रोक लगाउनु ठीक भए पनि गैरसैन्य क्षेत्रमा चरणबद्ध रूपमा श्रम स्वीकृति खुलाउन सरकारलाई सुझाव दिइन् ।

 

Previous Post

राजनीतिक नियुक्तीमा पेन्सन तथा उपदान नपाउने गरी कानून ल्याउँछौँः कानूनमन्त्री गौतम

Next Post

राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In