• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, September 29, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानलाई ‘सेन्टर अफ एक्सिलेन्स’ बनाइने

रिजन ढकाल by रिजन ढकाल
११ आश्विन २०८३, आईतवार
A A
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानलाई ‘सेन्टर अफ एक्सिलेन्स’ बनाइने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले स्टाफ कलेजलाई ‘सेन्टर अफ एक्सिलेन्स’ का रूपमा विकास गरिने बताएका छन् ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को ४४ औँ स्थापना दिवसमा आइतबार आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कलेजलाई नेतृत्व विकास केन्द्रका रूपमा स्थापित गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए ।

सचिव भुजेलले प्रतिष्ठानले निजामती सेवामा पुर्‍याएको योगदानको प्रशंसा गर्दै स्टाफ कलेजलाई भौतिक पूर्वाधारमा सुदृढ तुल्याउन र काभ्रेमा जग्गा प्राप्तिसहितका विस्तारका कामहरूमा मन्त्रालयले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । प्रतिष्ठानले हालै प्राप्त गरेको आईएसओ प्रमाणपत्रले संस्थाको गुणस्तर र व्यावसायिकतालाई प्रमाणित गरेको उल्लेख गर्दै उनले यसलाई थप आधुनिकीकरण गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

सचिव भुजेलले भने, ‘म अहिले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवको हैसियतले यहाँ उपस्थित भएको छु । यस अवसरमा स्टाफ कलेजको भौतिक पूर्वाधार विकास, विशेषगरी काभ्रेमा जग्गा प्राप्ति तथा पूर्वाधार विस्तारका लागि मन्त्रालयको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । त्यसैगरी, कलेजको सिकाइ प्रणालीलाई थप आधुनिक बनाउँदै तालिमका साथै अनुसन्धान र परामर्शका क्षेत्रमा समेत यसको भूमिका विस्तार गर्न मन्त्रालय सधैँ साथमा रहनेछ । यस संस्थालाई व्यवस्थापन तथा नेतृत्व विकासको केन्द्रका रूपमा विकास गरी परिवर्तित सन्दर्भअनुसार दक्ष जनशक्ति उत्पादन गर्ने र यसलाई उत्कृष्टताको केन्द्रका रूपमा स्थापित गर्ने कार्यमा मन्त्रालयको निरन्तर सहयोग रहनेछ । यो संस्थाले मात्र तालिम दिने होइन, अनुसन्धान र परामर्श क्षेत्रमा पनि अग्रणी भूमिका खेल्दै अन्य प्रशिक्षण केन्द्रहरूको समेत पथप्रदर्शक बन्नुपर्छ । सरकारी निकाय, विश्वविद्यालय र प्रतिष्ठानबीचको समन्वयलाई अझ बलियो बनाउनुपर्छ ।’

हालै खारेज गरिएको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानबाट हुँदै आएको शाखा अधिकृत स्तरको तालिम अब स्टाफ कलेज मातहत ल्याउने विषयमा छलफल भइरहेको जानकारी दिएका छन् ।

सचिव भुजेलले प्रदेश स्तरमा छुट्टै प्रशिक्षण केन्द्रहरू स्थापना भइसकेको सन्दर्भमा केन्द्रमा दोहोरो प्रकृतिको संस्था आवश्यक नपर्ने तर्क गर्दै यसको व्यवस्थापन स्टाफ कलेजबाटै हुनुपर्ने बताएका छन् ।

Previous Post

प्रशासकको दृष्टिकोण र सेवा प्रवाहले नै राज्यको चरित्र निर्धारण गर्छः उपाध्यक्ष डा. भट्ट

Next Post

विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य अपरिहार्यः उपकुलपति डा. थापा

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In