• About
  • Advertise
  • Careers
  • Contact
Friday, October 2, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home मुख्य समाचार

कांग्रेस महाधिवेशनमा विदेशी राजनीतिक दललाई पनि निमन्त्रणा

रिजन ढकाल by रिजन ढकाल
१२ आश्विन २०८३, सोमबार
A A
कांग्रेस महाधिवेशनमा विदेशी राजनीतिक दललाई पनि निमन्त्रणा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन विभिन्न देशका राजनीतिक दल तथा अन्तर्राष्ट्रिय राजनीतिक संस्थालाई निमन्त्रणा पठाएको जनाएको छ।

काठमाडौंमा असोज १६ गतेदेखि सुरु हुने महाधिवेशनको उद्घाटन कार्यक्रममा छिमेकी मुलुक भारत र चीनसहित अमेरिका, बेलायत, जर्मनी तथा बंगलादेशका राजनीतिक दललाई आमन्त्रण गरिएको कांग्रेसका नेताहरूले बताएका छन्।

कांग्रेसका अनुसार भारतबाट सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र प्रमुख प्रतिपक्षी दल कांग्रेस आईलाई निमन्त्रणा पठाइएको छ। चीनको सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीलाई पनि उद्घाटन समारोहमा सहभागी हुन आमन्त्रण गरिएको बताइएको छ।

त्यसैगरी अमेरिकाका रिपब्लिकन पार्टी र डेमोक्रेटिक पार्टीलाई पनि निमन्त्रणा गरिएको छ। बेलायतका सत्तारुढ लेबर पार्टी तथा प्रमुख प्रतिपक्षी कन्जरभेटिभ पार्टीलाई समेत कार्यक्रममा सहभागी हुन आमन्त्रण गरिएको छ।

जर्मनीको सत्तारुढ सोसल डेमोक्रेटिक पार्टी र बंगलादेशको सत्तारुढ बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) लाई पनि निमन्त्रणापत्र पठाइएको कांग्रेसका एक नेताले जानकारी दिएका छन्।

कांग्रेसले युरोपका विभिन्न लोकतान्त्रिक समाजवादी दल, सोसलिस्ट इन्टरनेसनल तथा इन्टरनेसनल कन्फ्रेन्स फर एसियन पोलिटिकल पार्टीज (आईसीएपीपी) लाई समेत महाधिवेशनमा सहभागी हुन निमन्त्रणा गरेको जनाएको छ।

विदेशी पाहुनाको सहभागिताका विषयमा भने हालसम्म सबै पक्षबाट अन्तिम पुष्टि प्राप्त नभएको कांग्रेसका नेताहरूले बताएका छन्। छोटो समयमै निमन्त्रणा पठाइएको र मौसमसम्बन्धी प्रतिकूलताका कारण विदेशी प्रतिनिधिको उपस्थितिमा प्रभाव पर्न सक्ने अनुमानसमेत गरिएको छ।

कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्ण दुलालले पार्टीले विगतका महाधिवेशनमा निमन्त्रणा गर्दै आएका विदेशी पाहुना तथा राजनीतिक दललाई यसपटक पनि निरन्तरता दिँदै आमन्त्रण गरिएको बताए।

उनका अनुसार विभिन्न मुलुक तथा राजनीतिक संस्थालाई निमन्त्रणापत्र पठाइसकिए पनि उनीहरूको सहभागिताबारे औपचारिक पुष्टि आउन बाँकी छ।

Previous Post

बाढी–पहिरोपछि मनाङको जनजीवन प्रभावित, सांसद गुरुङद्वारा सरकारको ध्यानाकर्षण

Next Post

रास्वपा सांसद कठरियाको प्रश्नः ‘अन्नदाता’लाई सरकारको राहत कहिले ?

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In