• About
  • Advertise
  • Careers
  • Contact
Monday, October 5, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग

रिजन ढकाल by रिजन ढकाल
१२ आश्विन २०८३, सोमबार
A A
काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले उपत्यकाबाहिर केन्द्रिय बधशाला निर्माणका लागि जग्गा व्यवस्थापन गर्न नेपाल सरकारसँग माग गरेका छन् ।
कृषि वन तथा पर्यावरण मन्त्रालयले सोमवार आयोजना गरेको पशु वधशाला र मासु जाँच ऐन, २०५५ कार्यन्वयनको अवस्था र अवको कार्ययोजना सम्बन्धी छलफलमा उनले यस्तो माग गरेका हुन् । उनले काठमाडौं उपत्यकामा वधशाला निर्माणको लागि आवश्यक जमिन नै नरहेको बताएका छन् । उपत्यकाभित्र ठूलो वधशाला सञ्चालन गर्न सम्भव नरहेको उनको भनाई छ । ललितपुर महानगरपालिकाले बेलायत सरकारको संलग्नतामा तयार पारेको वधशाला व्यवस्थापनसम्बन्धी प्रतिवेदनले पनि उपत्यकाबाहिर बधशाला स्थापना गर्न सुझाव दिएको उनले जानकारी दिएका छन् । उनका अनुसार ललितपुर महानगरपालिकाले प्रतिवेदनमा उल्लेख गरिएका सुझाव कार्यान्वयन गर्दै सडक तथा बस्ती क्षेत्रमा खुला रूपमा पशु वध गर्ने अभ्यास नियन्त्रण गर्न प्रयास गरिरहेको छ । विगतमा पाटनका कुम्भेश्वरलगायतका क्षेत्रमा सडकछेउमै राँगा, खसी तथा बोका वध गरिने गरेको उल्लेख गर्दै उनले अहिले त्यस्तो अभ्यास धेरै हदसम्म घटेको बताएका छन् । अझै पनि केही स्थानमा खुला रूपमा पशु वध भइरहेको भन्दै उनले व्यवसायीलाई व्यवस्थित स्थानमा वध गर्न आग्रह गरिएको जानकारी दिएका छन् । व्यवसायीलाई आवश्यक पूर्वाधार सुधार गर्न अनुदान उपलब्ध गराउने विषयमा समेत पहल भइरहेको उनको भनाइ छ ।

उनले भन्नुभयो, ‘हामीले एउटा स्लटर हाउसको व्यवस्थापनको निमित्त बेलायत सरकारसँग इन्भल्भ भएर एउटा रिपोर्ट पनि तयार गरेका छौँ, त्यसमा धेरै रेकमेन्डेसन छन् । त्योमध्ये स्लटर हाउस काठमाडौँ उपत्यकामा यो फिजिबल छैन । हाम्रो रिपोर्टको फाइन्डिङ पनि उपत्यकाका बाहिर नै गर्नुपर्छ भन्ने थियो । हाम्रो बलबुँताले भ्याएसम्म हामीले इम्प्लिमेन्ट गर्यौँ । अहिले स्लटर हाउसकै सन्दर्भमा केन्द्रीय सरकारले एउटा गर्नैपर्छ, केही न केही गर्नैपर्छ । नेपाल सरकारले फलानो ठाउँको जग्गामा स्लटर हाउसको व्यवस्थापन गर्ने भनेर एउटा घोषणा गरिदिएमा हामी त्यहीअनुसार अघि बढ्छौँ । यो काठमाडौँ उपत्यकाको निमित्त एउटा वरदान साबित हुन्छ । काठमाडौँ उपत्यकाभित्र स्लटर हाउसको व्यवस्थापन गर्न सम्भव छैन । भएको बधशालालाई इम्प्रुभ गर्ने हो, हामीले धेरै ठाउँमा इम्प्रुभ गरिसक्यौँ ।’

भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले पनि काठमाडौं उपत्यकामा जग्गाको अभाव र उच्च लागतका कारण ठूलो क्षमताको बधशाला निर्माण गर्न कठिन हुने बताएका छन् । उनका अनुसार भक्तपुरमा बधशालाको सम्भाव्यता अध्ययन तथा स्थान पहिचानका लागि नक्साङ्कनको काम शुरु गरिएको छ । तर, जग्गा, बजेट, भण्डारण, प्रशोधन र बजार व्यवस्थापनलगायतका पक्ष समेटेर योजना बनाउन आवश्यक रहेको उनले बताएका छन् । उनले भक्तपुरको सांस्कृतिक तथा धार्मिक परम्पराअनुसार विभिन्न जात्रा र पर्वमा पशु वध हुने भएकाले व्यवस्थापनको योजना बनाउँदा स्थानीय परम्परालाई समेत ध्यान दिनुपर्ने बताएका छन् । नगरपालिकाले मासु पसलको नियमित अनुगमन गरिरहेको र जनचेतना अभिवृद्धिका कार्यक्रम अघि बढाइरहेको उनले जानकारी दिएका छन् ।

उनले भन्नुभयो, ‘भक्तपुरमा ठूलो बधशाला बनाउन आवश्यक जग्गा उपलब्ध गराउन कठिन छ । केन्द्रीय बधशाला स्थापना भएमा त्यहाँबाट व्यवस्थित रूपमा मासु आपूर्ति गर्न सहज हुन सक्छ । भक्तपुर एउटा सांस्कृतिक नगर हो । सांस्कृतिक परम्परा धेरै हुन्छ । हरेक महिनामा केही न केही जात्रा पर्व हुन्छ त्यहाँ त्यहाँ राँगा पनि काट्नुपर्छ । बोका पनि काट्नु पर्छ, मन्दिर मन्दिरमा काट्नु पर्छ, त्यो हामीले कन्ट्रोल गर्न सक्दैनौ र उहाँहरुले त्यो छुट पनि पाउनुपर्छ ।’

चन्द्रागिरि नगरपालिकाकी उपप्रमुख वसन्ती श्रेष्ठले मासु पसलको नियमित अनुगमन गर्न आवश्यक जनशक्ति अभाव रहेको बताएका छन् । उनका अनुसार नगरपालिकाले मासु तथा अन्य खाद्यवस्तुको अनुगमन गर्दै आएपनि आवश्यक मासु तथा खाद्य निरीक्षक समयमै उपलब्ध नहुँदा प्रभावकारी अनुगमनमा कठिनाइ हुने गरेको छ । अनुगमनका क्रममा खसी, बोका, राँगा तथा कुखुराको कुहिएको मासुसमेत विक्रीका लागि राखिएको भेटिने गरेको उनले बताएका छन् । उनले मासुको स्वच्छता कायम गर्न संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै निरीक्षणका लागि आवश्यक जनशक्ति र स्रोतसाधन उपलब्ध गराउनसमेत माग गरेका छन् ।

स्थानीय तहका प्रतिनिधिहरूले बधशाला व्यवस्थापन, मासु पसलको नियमित अनुगमन, आवश्यक पूर्वाधार निर्माण र उपभोक्तालाई स्वच्छ तथा सुरक्षित मासु उपलब्ध गराउन तीनै तहका सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिएका छन् । कृषि वन तथा पर्यावरण मन्त्रालयले पशु बधशाला र मासु जाँच ऐन २०५५ लाई पूर्ण कार्यन्वयन गर्नेगरी तयारी अगाडी बढाएको छ । ऐन कार्यन्वयनमा ल्याउनुअगाडी बधशाला निर्माण गर्नुपर्नेमा स्थानीय तहहरुले जोड दिएका छन् ।

Previous Post

जडीबुटी खोज्न हिमाली क्षेत्रमा गएका १२ जना सम्पर्कविहीन

Next Post

पशु वधशाला नभएका क्षेत्रमा सुपरीवेक्षकले तोकेको स्थानमा वध गर्नुपर्छः महानिर्देशक दाहाल

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In