• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home प्रदेश गण्डकी प्रदेश

रसुवाको बाढीलाई जलवायु न्याय र हिमाली सुरक्षाको एजेण्डा बनाउन राप्रपाको माग

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१० भाद्र २०८३, बुधबार
A A
रसुवाको बाढीलाई जलवायु न्याय र हिमाली सुरक्षाको एजेण्डा बनाउन राप्रपाको माग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०की प्रमुख सचेतक खुश्बु ओलीले रसुवामा आएको विनाशकारी बाढीलाई केवल प्राकृतिक प्रकोपका रूपमा मात्र नहेरी ‘जलवायु न्याय’ र ‘हिमाली सुरक्षा’को राष्ट्रिय एजेण्डा बनाउन सरकारसँग माग गरेकी छन्।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै प्रमुख सचेतक ओलीले रसुवामा देखिएको विनाशको दृश्य अत्यन्तै पीडादायी र भयावह रहेको बताएकी छन्। प्रारम्भिक अवस्था हेर्दा बाढी हिमताल विस्फोट ९ग्लेसियर लेक आउटबर्स्ट फ्लड–जीएलओएफ० का कारण आएको हुनसक्ने आशंका व्यक्त गर्दै उनले यसको वास्तविक कारण पत्ता लगाउनुपर्नेमा जोड दिएकी छन्।

नेपाल जलवायु संकटको सिर्जनाकर्ता नभई यसको अग्रपंक्तिमा रहेको पीडित राष्ट्र भएको उल्लेख गर्दै उनले प्रभावकारी जलवायु कूटनीतिमार्फत अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज उठाउन सरकारसँग आग्रह गरेकी छन्। जलवायु वित्त, अनुकूलन सहयोग तथा पूर्वसूचना प्रविधिका लागि आवश्यक अन्तर्राष्ट्रिय स्रोत सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ।

प्रमुख सचेतक ओलीले राहत र उद्धारमा मात्र सीमित नभई पूर्वसूचना प्रणालीको सुदृढीकरण, जोखिमयुक्त हिमतालको नियमित अनुगमन तथा जलवायु प्रतिरोधी पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने बताएकी छन्। जोखिममा रहेका बस्तीको पूर्वतयारी तथा सुरक्षित स्थानान्तरणका लागि राज्यले ठोस कदम चाल्नुपर्नेमा पनि उनले जोड दिएकी छन्।

उनले भनिन्, “हिमाली क्षेत्रमा भएको तीव्र तापक्रम वृद्धि र हिमनदीमा देखिएको परिवर्तनले नेपालजस्ता पर्वतीय मुलुकलाई जोखिममा पारेको छ। जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य भए तापनि यसको मूल्य हामीले मानवीय र भौतिक क्षतिका रूपमा चुकाउनुपर्ने अवस्था न्यायपूर्ण छैन।

जाजरकोटका पीडितले अझै राहत नपाएको तीतो अनुभव हामीसँग छ, रसुवामा त्यस्तो नहोस्।” ओलीले कठिन घडीमा सम्पूर्ण सदन तथा समाजका हरेक वर्गलाई प्रभावित नागरिकको सहयोगमा जुट्न अपिल गरेकी छन्। विगतको जाजरकोट भूकम्पका बेला राहत वितरणमा देखिएको कमजोरी तथा नेताहरूबीच हेलिकप्टर प्रयोग गर्ने प्रतिस्पर्धाको प्रसङ्ग उल्लेख गर्दै उनले रसुवाका बाढीपीडितले त्यस्तो सास्ती भोग्न नपरोस् भनेर सचेत गराएकी छन्।

Previous Post

सरकार आफैँ प्रभावित क्षेत्रमा पुगोस्, विपद्का बेला ‘भीआईपी’ सुरक्षामा नअल्झिनूस्ः रवि लामिछाने

Next Post

प्रधानमन्त्री साहलाई ज्यान मार्ने धम्की दिने २३ बर्षीय युवक पक्राउ

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In