• About
  • Advertise
  • Careers
  • Contact
Sunday, October 11, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

दसैंअघि क्षतिग्रस्त पुल सञ्चालनमा ल्याउने सडक विभागको तयारी

रिजन खड्का by रिजन खड्का
१३ आश्विन २०८३, मंगलवार
A A
दसैंअघि क्षतिग्रस्त पुल सञ्चालनमा ल्याउने सडक विभागको तयारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हालैको भारी वर्षा, बाढी र पहिरोका कारण क्षति पुगेका प्रमुख राजमार्गका पुलहरूलाई दसैंअघि नै मर्मत गरेर यातायात सञ्चालनमा ल्याउने तयारी सडक विभागले गरेको छ।

चाडपर्वका समयमा यात्रुको आवागमन सहज बनाउन पुल महाशाखाले क्षतिग्रस्त संरचनाको पुनर्स्थापना कार्यलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरणअनुसार पछिल्लो विपद्मा देशभर करिब १० वटा पुलमा विभिन्न स्तरको क्षति पुगेको छ।

तीमध्ये मुख्य तथा रणनीतिक सडकमा रहेका पुललाई तत्काल सञ्चालनयोग्य बनाउनेतर्फ विभाग केन्द्रित छ। कालीगण्डकी करिडोरअन्तर्गत पोखरेबगर, मालढुंगा र डेढगाउँ क्षेत्रमा रहेका पुलहरू बाढीबाट प्रभावित भएका छन्। यी स्थानमा पुल मर्मत गर्ने वा अस्थायी रूपमा बेलीब्रिज जडान गर्ने विकल्पबारे प्राविधिक टोलीले स्थलगत अध्ययन गरिरहेको छ।

पुल महाशाखाका अनुसार दसैंअघि नै यातायात पुनः सञ्चालन गर्ने उद्देश्यले निर्माणसम्बन्धी प्रक्रिया तीव्र बनाइएको छ। सडकको पहुँच उपलब्ध भएका स्थानमा कामलाई प्राथमिकताका साथ अघि बढाइने जनाइएको छ।

यसैगरी, भदौ १० गतेको बाढीबाट प्रभावित रसुवागढी सडकखण्डको बेत्रावतीमा बेलीब्रिज राख्न आवश्यक जग निर्माणको काम अन्तिम चरणमा पुगेको छ। निर्माण सामग्री पुर्‍याउन सक्ने अवस्था बनेपछि दसैंअघि नै उक्त स्थानमा बेलीब्रिज जडान गर्ने विभागको योजना छ।

तर बेत्रावतीभन्दा माथि रसुवागढीतर्फ सडकको ठूलो हिस्सा नै बगेकाले त्यहाँ सडक र पुल दुवै पुनर्स्थापना गर्न थप समय लाग्ने विभागले जनाएको छ। त्यस क्षेत्रको पुनर्निर्माण भने तत्काल दसैंअघि नै पूर्ण रूपमा सम्पन्न हुने अवस्था नरहेको विभागको भनाइ छ।

Previous Post

हिमलुङ हिमपहिरोमा हराएकाको खोजी तत्कालका लागि रोकियो

Next Post

छ महिनाको अवधिमा सरकारले अपेक्षित उपलब्धि देखाउन सकेन : एमाले सांसद बराल

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In