• About
  • Advertise
  • Careers
  • Contact
Saturday, October 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

राष्ट्रिय सभाको शुन्य समयः बाढीपीडितको उद्धार र विकास निर्माणमा सांसदहरूको चासो

रिजन ढकाल by रिजन ढकाल
१६ आश्विन २०८३, शुक्रबार
A A
राष्ट्रिय सभाको शुन्य समयः बाढीपीडितको उद्धार र विकास निर्माणमा सांसदहरूको चासो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय सभाको शुक्रवारको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले देशभर अविरल वर्षाका कारण क्षतिग्रस्त सडक, पुल र जनजीवन प्रभावित भएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसदहरूले दशैँ र तिहारजस्ता महान् चाडबाडको मुखमा यातायात सेवा अवरुद्ध हुँदा जनताले भोग्नुपरेको सास्तीबारे सरकारको जवाफ माग गरेका छन्। शुक्रवारको बैठकमा सांसदहरूले भोटेकोशी र महाकाली नदीमा आएको बाढीले पारेको असरका साथै देशका विभिन्न भागमा सडक पूर्वाधार बिग्रिएको विषयलाई प्रमुखताका साथ उठाएका छन्।

सांसद गोमादेवी तिमिल्सिनाले भोटेकोशीको बाढीले बगाएका कन्टेनर र मुस्ताङको कोरला नाकामा अड्किएका मालवाहक सवारी साधनबारे सरकारको ध्यानाकर्षण गराउँदै बाटो मर्मत गरी व्यापारीहरूलाई राहत दिन माग गरेकी छन्। त्यस्तै, कञ्चनपुरको दोधारा चाँदनीमा झोलुङ्गे पुल क्षतिग्रस्त हुँदा ५० हजारभन्दा बढी नागरिक आवतजावतबाट वञ्चित भएको भन्दै सांसद जगतबहादुर पार्कीले तत्काल पुनर्निर्माण गर्न माग गरेका छन्।

पूर्वाधारका विषयमा बोल्दै सांसद नरबहादुर विष्टले सात वर्षदेखि बड्डीचौर–खोलीघाँटे सडक अलपत्र परेको भन्दै ठेकेदारको लापरबाही र चाडपर्वमा सडक सञ्जाल अवरुद्ध हुनुको कारणबारे सरकारसँग स्पष्ट जवाफ माग गरेका छन्। सांसद राजेन्द्रलक्ष्मी गैरेले कालीगण्डकी करिडोरका पुल र किसानको धानबालीमा पुगेको क्षतिप्रति चिन्ता व्यक्त गर्दै सरकारलाई क्षतिपूर्ति प्याकेजको व्यवस्था गर्न आग्रह गरेकी छन्।

बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सांसद मदनकुमारी साहले आपत्ति जनाएकी छन्। उनले भारतको भूमि नेपालमा पनि मिचेको छ भनी प्रधानमन्त्री बालेन्द्र साहले दिएको भनाइ असत्य र राष्ट्रिय स्वाभिमानको विपक्षमा रहेको भन्दै उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेकी छन्।

सांसद सुरेशकुमार आले मगरले राष्ट्रिय सभाको कार्यसूचीमा नेपाल संवत् लेख्दा तिथि र महिनासमेत समावेश गर्नुपर्ने माग गरेका छन्। उनले समेत चाडबाडलाई मध्यनजर गर्दै भत्किएका सडकहरू द्रुत गतिमा मर्मत गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

Previous Post

पूर्वाधार विकासका लागि कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकताको विषय बनाइनुपर्छः चेम्बर अध्यक्ष अग्रवाल

Next Post

राष्ट्रिय सभा बैठकः मन्त्रालयका मौखिक प्रश्न र संवैधानिक निकायका वार्षिक प्रतिवेदन पेश

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In