• About
  • Advertise
  • Careers
  • Contact
Friday, October 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

प्रचण्डको ब्रिफिङ : बालेनको कार्यशैलीप्रति प्रश्न

रिजन ढकाल by रिजन ढकाल
१६ आश्विन २०८३, शुक्रबार
A A
प्रचण्डको ब्रिफिङ : बालेनको कार्यशैलीप्रति प्रश्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको सङ्घीय संसदीय दलको बैठकमा सरकारको ६ महिनाको कामकारबाहीबारे समीक्षा गर्दै प्रचण्डले प्रधानमन्त्री शाहको कार्यशैली, सरकारको पारदर्शिता तथा संसद्प्रतिको जवाफदेहिताबारे प्रश्न उठाएका हुन्।

नेकपाका प्रमुख सचेतक युवराज दुलालका अनुसार बैठकमा प्रचण्डले वर्तमान सरकार अपेक्षित रूपमा अघि बढ्न नसकेको धारणा राखेका थिए। सरकारका पछिल्ला गतिविधि पारदर्शी नभएको र प्रधानमन्त्री संसद्प्रति पर्याप्त जवाफदेही नदेखिएको विषयमा उनले प्रश्न उठाएको दुलालले जानकारी दिए।

दुलालका अनुसार बैठकमा रास्वपाभित्रको आन्तरिक विवादबारे भने प्रचण्डले कुनै धारणा राखेनन्। बैठकमा संसद्को प्रभावकारिता, जनसरोकारका विषयमा पार्टीको भूमिका तथा कानुन निर्माणमा संसदीय समितिहरूको योगदानलगायत विषयमा पनि छलफल भएको थियो।

आगामी दिनमा संसद्मा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, संगठन सुदृढीकरण र स्थानीय तहको आगामी निर्वाचनको तयारीबारे समेत बैठकमा विस्तृत छलफल भएको दुलालले बताए।

प्राकृतिक विपत्तिका समयमा राहत, उद्धार तथा पुनर्निर्माणका काममा पार्टीका तर्फबाट प्रभावकारी भूमिका खेल्ने निर्णय बैठकले गरेको छ। साथै, संसद् अधिवेशन समाप्त भएपछि सांसदहरूलाई आ–आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित हुन प्रचण्डले निर्देशन दिएका छन्।

रुकुम पश्चिमबाट निर्वाचित सांसद गोपाल शर्माका अनुसार प्रधानमन्त्री शाहले सत्तापक्षका सांसदहरूलाई समेत पर्याप्त रूपमा समेटेर अघि नबढेको विषयमा बैठकमा सामान्य छलफल भएको थियो। सरकारको आगामी यात्राबारे चर्चा गर्ने क्रममा रास्वपाभित्र सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहबीच देखिएको भनिएको मतभेदको विषय पनि उल्लेख भएको उनले बताए।

शर्माले सरकारको कार्यशैलीप्रति विपक्षी दलसँगै सत्तापक्षका सांसदहरूबाट समेत असन्तुष्टि व्यक्त भइरहेको दाबी गरे। रास्वपाका महामन्त्रीका अभिव्यक्तिले पार्टीभित्रको मतभेदबारे थप चर्चा भएको उनको भनाइ थियो। राष्ट्रियता र जनजीविकासँग सम्बन्धित विषयमा जनस्तरबाट समेत असन्तुष्टि बढ्दै गएको भन्दै उनले यही पृष्ठभूमिमा प्रचण्डले सरकारको समीक्षा गरेको बताए।

तर, रास्वपाभित्रको विवादलाई आफ्नो पार्टीको आन्तरिक विषय नमानिएको शर्माले स्पष्ट पारे। रवि लामिछानेसँग मिलेर प्रधानमन्त्री शाहलाई असहयोग गर्ने कुनै प्रकारको गोप्य समझदारी वा योजना नरहेको उनको भनाइ थियो।

उनका अनुसार रवि र बालेनबीचको सम्बन्ध उनीहरूकै आन्तरिक विषय हो। यद्यपि, प्रधानमन्त्रीले पार्टीभित्रकै एउटा पक्षलाई बेवास्ता गर्दै अघि बढ्दा त्यसले सरकारको स्थायित्वमा असर पर्न सक्ने आफ्नो पार्टीको बुझाइ रहेको शर्माले बताए।

यसैबीच, सरकार गठनको सुरुवाती चरणमा तुलनात्मक रूपमा सकारात्मक धारणा राखेका प्रचण्ड पछिल्लो समय बालेन नेतृत्वको सरकारका कामकारबाहीप्रति प्रश्न उठाउँदै आएका छन्। पार्टीका आन्तरिक बैठक तथा प्रशिक्षणदेखि सार्वजनिक कार्यक्रम र संसद् बैठकसम्म उनले सरकारको कार्यशैलीबारे धारणा राख्दै आएका छन्।

दलको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै प्रचण्डले सरकारले ६ महिनाको अवधिमा केही सकारात्मक काम गरेको स्वीकार गरे पनि समग्र रूपमा सरकार अपेक्षित दिशामा अघि बढ्न नसकेको बताएका थिए।

उनले सरकारका सकारात्मक कामलाई समर्थन गर्ने र कमजोरीको आलोचना गर्ने आफ्नो पार्टीको नीति रहेको उल्लेख गर्दै सरकारको समग्र कार्यशैलीबारे समीक्षा आवश्यक रहेको बताएका थिए।

Previous Post

‘हामी प्रतिपक्षमा छौँ, विरोधी होइनौँ; भ्रष्टाचारीमाथि कारबाही भए साथ दिन्छौँ’

Next Post

भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In