सरकारले करदाता प्रोत्साहन उपहारअन्तर्गत असोज महिनाको पहिलो पाक्षिक पुरस्कार घोषणा गरेको छ ।
शुक्रवार आन्तरिक राजस्व विभागले एक कार्यक्रमका बीच असोज महिनाको पहिलो पाक्षिक पुरस्कारअन्तर्गत १५ जना र एक जना बम्पर गरी १६ जना विजेता घोषणा गरेको छ । प्रत्येक दिनका दरले १५ जनाले जनही १ लाख र एक जनाले बम्पर उपहारअन्तर्गत १० लाख रुपैयाँ पाएका छन् । विभागका अनुसार नेपाल पेट्रो ल्युब प्राइभेट लिमिटेडबाट २१ हजार रुपैयाँको सामान किन्ने कुपन नम्बर ०७३११०२०२५०१ का ग्राहकले बम्पर उपहार जितेको बताइएको छ । आन्तरिक राजस्व विभागले चालू आर्थिक वर्षदेखि ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि २०८३’ कार्यान्वयनमा ल्याएको बताएका छन् । – न्युज एजेन्सी नेपाल
#InlandRevenueDepartment #NepalTax #TaxpayerIncentive #NepalNews #GovtOfNepal
