• About
  • Advertise
  • Careers
  • Contact
Wednesday, October 7, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home प्रदेश

कांग्रेस महाधिवेशनमा रौतहटबाट १३८ प्रतिनिधि, चारै निर्वाचन क्षेत्रको सहभागिता

रिजन ढकाल by रिजन ढकाल
१८ आश्विन २०८३, आईतवार
A A
कांग्रेस महाधिवेशनमा रौतहटबाट १३८ प्रतिनिधि, चारै निर्वाचन क्षेत्रको सहभागिता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सञ्जय मिश्रा/न्युज कारखाना

रौतहट, १८ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा रौतहटबाट १३८ जना महाधिवेशन प्रतिनिधिले सहभागिता जनाएका छन्। जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधिहरू काठमाडौं पुगेपछि महाधिवेशनमा रौतहटको सहभागिता उल्लेख्य बनेको छ।

जिल्ला सभापति तथा मधेश प्रदेशका पूर्वअर्थमन्त्री सुनिलकुमार यादव (जितेन्द्र)को नेतृत्वमा चारवटै निर्वाचन क्षेत्रका क्षेत्रीय सभापतिको अगुवाइमा प्रतिनिधिहरू काठमाडौं पुगेका हुन्।

महाधिवेशन उद्घाटन कार्यक्रममा रौतहट क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति गजेन्द्र यादव, क्षेत्र नं. २ बाट शेख अम्मानुलाह, क्षेत्र नं. ३ बाट सर्फलाल गुप्ता र क्षेत्र नं. ४ बाट असलम मियाँको अगुवाइमा रौतहटका प्रतिनिधिहरू सहभागी हुनेछन्।

प्रतिनिधिहरूमध्ये क्षेत्र नं. ४ बाट ३९ जना रहेका छन् भने क्षेत्र नं. १, २ र ३ बाट समान ३३/३३ जना सहभागी भएका छन्। क्षेत्र नं. ३ का सभापति सर्फलाल गुप्ताका अनुसार चारवटै निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व सुनिश्चित गरिएको छ। कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा सञ्चालन भइरहेको छ। महाधिवेशनमा देशभरबाट करिब सात हजार प्रतिनिधि सहभागी हुने कांग्रेसले जनाएको छ।

नेतृत्व चयनमा रौतहटको मत निर्णायक बन्ने अपेक्षा

महाधिवेशनले पार्टीको नयाँ केन्द्रीय नेतृत्व चयन गर्नुका साथै आगामी राजनीतिक रणनीति र संगठनात्मक प्राथमिकता तय गर्ने भएकाले रौतहटबाट सहभागी प्रतिनिधिहरूको मत र भूमिकालाई पनि महत्वका साथ हेरिएको छ। चारवटै निर्वाचन क्षेत्रबाट प्रतिनिधि सहभागी भएकाले नेतृत्व चयनका क्रममा रौतहटको सामूहिक धारणा र क्षेत्रगत समीकरणले समेत प्रभाव पार्न सक्ने कांग्रेस नेताहरूले बताएका छन्।

महाधिवेशनका क्रममा पार्टीको संगठन सुदृढीकरण, नेतृत्व हस्तान्तरण, आगामी राजनीतिक कार्यदिशा तथा जिल्लाको सांगठनिक भूमिकाका विषयमा समेत प्रतिनिधिहरूबीच छलफल हुने अपेक्षा गरिएको छ। रौतहटबाट १३८ प्रतिनिधिको सहभागिताले महाधिवेशनमा जिल्लाको उपस्थिति मात्र देखाएको छैन, केन्द्रीय नेतृत्व चयनमा जिल्लाको राजनीतिक प्रभावसमेत परीक्षण गर्ने अवसरका रूपमा यसलाई हेरिएको छ।

Previous Post

जनसम्पर्क समितिबाट कांग्रेस केन्द्रीय सदस्य बन्न प्रवासमा दौडधुप, ६ केन्द्रीय सदस्यको लागि को–को छन्?

Next Post

विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In