• About
  • Advertise
  • Careers
  • Contact
Thursday, October 8, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राजनीति

कोरला नाका हुँदै चिनियाँ राजदूत माओमिङ मुस्ताङमा, सर्वत्र चासाे

रिजन ढकाल by रिजन ढकाल
१८ आश्विन २०८३, आईतवार
A A
कोरला नाका हुँदै चिनियाँ राजदूत माओमिङ मुस्ताङमा, सर्वत्र चासाे
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, १८ असोज । नेपालका लागि चीनका राजदूत चाङ माओमिङ कोरला नाका हुँदै मुस्ताङ पुगेका छन् । पाँचजना चिनियाँ टोलीसहित दुई नेपाली प्रतिनिधिको टोली शनिबार दिउँसो साढे २ बजे सिचाङको ल्हासाबाट समुद्री सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाइमा रहेको नेपाल–चीन २४ नम्बरको सीमास्तम्भ कोरला नाकास्थित दसगजा क्षेत्रमा प्रवेश गरी कोरला–नेचुङ सडक हुँदै मुस्ताङ भन्सार कार्यालयसहितको क्षेत्र पुगेको हो ।

शनिबार लोमन्थाङको एक होटलमा बसेको चिनियाँ राजदूतसहितको टोलीमा दूतावासका काउन्सिलर, राजनीतिक तथा सञ्चार विभागका दुई प्रतिनिधिसहितको टोलीले जोमसोममा भेट हुने प्रमुख जिल्ला अधिकारी अजिता शर्माले बताएकी छन् । प्रजिअ शर्माले भनिन्, ‘‘चिनियाँ प्रतिनिधिहरू जोमसोममा भेटघाटपछि कोरला हुँदै फर्किनुहुन्छ, अनौपचारिक छलफल हुन्छ।’’

चिनियाँ राजदूतसहितको टोलीको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालसहितको टोली लोमन्थाङ पुगेर सुरक्षा प्रदान गरेको छ ।

चीन सरकारले कोरला नाकालाई वैकल्पिक तथा परम्परागत नाका नभई अन्तर्राष्ट्रिय नाका बनाउने गरी नाका क्षेत्रमा भौतिक पूर्वाधारसहित बस्ती विस्तार गरेको अवस्थामा चिनियाँ राजदूतसहितको टोलीको स्थलगत भ्रमणलाई निकै चासोपूर्वक हेरिएको छ । नाकालाई सुरक्षित बनाउन समय–समयमा अन्तरदेशीय सुरक्षा बैठकका लागि समेत चिनियाँ सुरक्षा अधिकारी नेपालतर्फ आउने गरेका छन् ।

२०८० कात्तिक २७ देखि औपचारिक रूपमा कोरला नाकाको उद्घाटन भएकोमा गत आर्थिक वर्ष २०८२–८३ सालको भदौ ३० गते व्यावसायिक रूपमा सञ्चालन गरिएको थियो । सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमिको प्रयोग गरी विद्रोह गरेका कारण विसं २०३२ देखि कोरला नाकामा आवत–जावतमा कडाइ गरिएको थियो ।

सन् १९८१ को नेपाल–चीनबीच व्यापार सम्झौताअनुसार सीमा क्षेत्रका बासिन्दालाई शून्य भन्सारमा तिब्बती सामग्रीको निर्वाध व्यापार गरिन्थ्यो । २०५८ सालसम्म प्रवेशमा कुनै अवरोध नरहेको सीमालाई २०५९ देखि चीनले तारबार गरेर अन्तरदेशीय मेलाबाहेकको अवधिमा नाका पूर्णरूपमा बन्द गरेपछि चाडपर्व र तिब्बतीहरूको चाहनाअनुसार मात्र नाकामा व्यापार मेलामा करिब १५ दिनसम्म व्यापार मेला आयोजना गर्ने गरिएको थियो । पछिल्लो समय भने चिनियाँ प्राथमिकतामा कोरला नाका परेको छ ।

कोरला नाकाबाट करिब ५८ किलोमिटरमा चीनको सिगात्से प्रान्तको झोङ्वासेन जिल्लामा पुगेपछि त्यहाँबाट ४ सय किलोमिटर टाढा ल्हासा सहर रहेको छ । चीनको सीमा (कोरला) लाई मुस्ताङ, म्याग्दी, बागलुङ, गुल्मी, पाल्पा, स्याङ्जा र नवलपरासी हुँदै भारतको सीमा (त्रिवेणी नाका) सम्म राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर सडकको कुल लम्बाइ ४३५ किलोमिटरले सिधा जोड्छ । कोरला चीनबाट भारतलाई जोड्ने सबैभन्दा छोटो नाका हो ।

Previous Post

भन्सारका नाममा जनताको निजी सम्पती लुट्ने काम बन्द हुनुपर्छः प्रभु साह

Next Post

जसपाका चार नेताले छाडे उपेन्द्र यादवकाे साथ, ‘हुंकार मधेश’ अभियानमा जाेडिए

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In