• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

व्यापार र आयातका झन्झट हटाएर मात्रै बजार मूल्य नियन्त्रण सम्भवः संसदीय समिति

रिजन खड्का by रिजन खड्का
१९ अशोज, २०८३
A A
व्यापार र आयातका झन्झट हटाएर मात्रै बजार मूल्य नियन्त्रण सम्भवः संसदीय समिति
0
SHARES
0
VIEWS

बजारमा कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न प्रशासनिक नियन्त्रणभन्दा पनि व्यापार तथा आयातमा रहेका नीतिगत झन्झट (ब्यारियर्स) हटाएर आपूर्ति बढाउनुपर्नेमा संसदीय समितिले जोड दिएको छ।

सोमबार बसेको प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले खुला प्रतिस्पर्धा र सहज आपूर्ति व्यवस्थाले मात्रै आम उपभोक्तालाई सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराउन सकिने बताएका छन्।

बैठकमा सभापति अन्सारीले बजार अर्थतन्त्रमा वस्तुको मूल्य माग र आपूर्तिको प्राकृतिक सन्तुलनबाटै निर्धारण हुनुपर्ने अर्थशास्त्रीय मान्यता स्मरण गराएका छन्। राज्यले बजारलाई जबर्जस्ती मूल्य नियन्त्रण गर्न खोजे आपूर्ति घटेर कालोबजारी र वस्तु अभाव चुलिने उनको विश्लेषण छ।

नेपालमा उद्योग व्यवसाय सञ्चालन तथा आयात प्रक्रियामा धेरै कानुनी र प्रशासनिक अवरोध (ब्यारियर्स टु एन्ट्री) कायम रहेको उल्लेख गर्दै उनले नीति निर्माताहरूले वर्षौँदेखि सिर्जना गरेका यस्ता झन्झट तत्काल हटाउनुपर्ने आवश्यकता रहेको बताएका छन्।

सीमित व्यवसायी वा उद्योगीहरूको एकाधिकार (सिन्डिकेट) का कारण दूरदराजका नागरिक महँगो मूल्य तिर्न बाध्य हुनु अन्यायपूर्ण भएको उनको भनाइ छ। उपभोक्ता ठगिनबाट जोगाउन जहाँबाट सस्तो र गुणस्तरीय वस्तु पाइन्छ, त्यहीँबाट आयात खुला गरिनुपर्ने सभापति अन्सारीले स्पष्ट पारेका छन्।

उनले भने, ‘१० जना उद्योगीको संरक्षणका नाममा हुम्ला र जुम्लाका नागरिकले महँगोमा उपभोग गर्नुपर्ने बाध्यता अन्त्य हुनुपर्छ। भारत, चीन, थाइल्याण्ड वा ब्राजिल जहाँबाट भए पनि खुला रूपमा आयात गरी बजारमा पर्याप्त आपूर्ति गराउनुपर्छ।’

केही समयअघि दसैंका बेला चिनीको अभाव हुने पूर्वआकलन गरेरै समितिले सरकारलाई घच्घच्याएपछि भारतबाट २५ हजार मेट्रिक टन चिनी कर छुटमा आयात गरिएको र त्यसैका कारण सम्भावित मूल्यवृद्धि नियन्त्रण भएको तथ्यसमेत उनले प्रस्तुत गरेका छन्।

समितिले अबका दिनमा उद्योग–वाणिज्यसम्बन्धी नीतिगत बहसलाई काठमाडौंका सीमित सम्भ्रान्त वर्गमा मात्र केन्द्रित नगरी संघीयताको मर्मअनुरूप विकेन्द्रित र सर्वसाधारणमुखी बनाउने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।

Previous Post

उद्योग विस्तारका कानूनी र प्रक्रियागत अड्चन फुकाउन सरकार प्रतिवद्धः मन्त्री साह

Next Post

ग्यास हाम्रो नियन्त्रणमा छैन, चामल आयात हुन नसके मकै उत्पादन गरेर किन नखाने ?- मन्त्री साह

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav