• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

भोटेकोशी–त्रिशूली विपद्ः बाढीमा देखिएको रासायनिक गन्ध र पाउडरबारे अनुसन्धान गर्न माग

रिजन खड्का by रिजन खड्का
२० अशोज, २०८३
A A
भोटेकोशी–त्रिशूली विपद्ः बाढीमा देखिएको रासायनिक गन्ध र पाउडरबारे अनुसन्धान गर्न माग
0
SHARES
0
VIEWS

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले भोटेकोशी र त्रिशूली क्षेत्रको बाढी र विपद्को कारणबारे गम्भीर वैज्ञानिक अनुसन्धान गर्न सरकारसँग माग गरेकी छन् ।

मंगलवार सिंहदरबारमा बसेको संसदीय विशेष समितिको बैठकमा उनले विपद्का क्रममा देखिएको अस्वाभाविक रासायनिक गन्ध र पाउडरजस्तो पदार्थबारे सरकारको ध्यानाकर्षण गराएकी हुन् । सांसद लामाले भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको बाढीले स्थानीय समुदायको थातथलो नै मेटिने गरी क्षति पुर्‍याएको भन्दै प्रभावितहरूलाई तत्काल सुरक्षित स्थानमा पुनर्स्थापित गर्न आग्रह गरेकी छन् । उनले बाढीका बेला देखिएको रासायनिक गन्ध र माटो वा बालुवाभन्दा फरक प्रकारको पाउडरको उपस्थितिबारे सरकारी तहबाटै वैज्ञानिक छानबिन हुनुपर्नेमा जोड दिएकी छन् ।

सांसद लामाले धादिङ, गोरखा र नुवाकोटका त्रिशूली पारीका बस्तीहरूलाई जोड्ने फुर्के खोलामा तत्काल बेलीब्रिजको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याएकी छन् । बौद्ध धर्मावलम्बीहरूको परम्पराअनुसार मृतकको काजकिरियाका लागि स्थानीय तह र लामा गुरुहरूसँग समन्वय गरी सामुदायिक रूपमा ४९ दिनभित्र काजकिरिया सम्पन्न गर्ने व्यवस्था मिलाउन पनि उनले सरकारको ध्यानाकर्षण गराएकी छन् । बाढीबाट अभिभावक गुमाएका बालबालिका र वृद्धवृद्धाका लागि आश्रयस्थलको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

उनले भनिन्, ‘पहिलो, विपद्बाट प्रभावित समुदायको पहिचान र थातथलो संरक्षण हुने गरी सुरक्षित स्थानमा पुनर्स्थापना गर्न आवश्यक छ । साथै बाढीपछि देखिएको असामान्य गन्ध तथा पाउडरजस्तो पदार्थबारे वैज्ञानिक अध्ययन र परीक्षण गर्नुपर्छ । दोस्रो, फुर्के खोलामा तत्काल बेलीब्रिज निर्माण गरी धादिङ, गोरखा र नुवाकोटका नागरिकको आवतजावत सहज बनाउन आवश्यक छ । साथै तिप्लिङ–साँकोस–सोमदाङ सडकलाई दिगो रूपमा स्तरोन्नति गरी वैकल्पिक मार्गका रूपमा तयारी अवस्थामा राख्नुपर्छ । तेस्रो, मृतकका परिवारले परम्पराअनुसार काजकिरिया गर्न सक्ने गरी विशेषगरी बौद्ध समुदायका लागि ४९ दिनभित्र सामूहिक रूपमा आवश्यक संस्कार गर्ने व्यवस्था गर्न स्थानीय तहसँग समन्वय गर्नुपर्छ । चौथो, अभिभावक गुमाएका बालबालिका तथा सहारा गुमाएका वृद्धवृद्धाका लागि उनीहरूको इच्छाअनुसार राज्यले दीर्घकालीन संरक्षण र पुनर्स्थापनाको व्यवस्था गर्नुपर्छ । त्यसैगरी, भविष्यमा यस्ता विपद् आएमा सरकारको तयारी अवस्था, विपद्को वास्तविक कारण तथा हिमताल फुट्नुका कारणबारे वैज्ञानिक अध्ययन आवश्यक छ । लाभग्राही पहिचानको काम छिटो सम्पन्न गरी राहत रकम तत्काल वितरण गर्न पनि आग्रह गर्दछु । सडक, पुल तथा ठूला पूर्वाधार निर्माण गर्दा स्थानीय दबाबभन्दा प्राविधिक अध्ययन, वैज्ञानिक मापदण्ड र जोखिम मूल्याङ्कनलाई अनिवार्य आधार बनाउनुपर्छ ।’

समीक्षा बैठकमा सांसद लामाले पूर्वाधार निर्माणमा प्राविधिक आधार नमान्दा विपद् निम्तिने गरेको भन्दै आगामी दिनमा डोजर संस्कृतिलाई निरुत्साहित गरी वैज्ञानिक र प्राविधिक प्रतिवेदनका आधारमा मात्र विकास निर्माणका काम अघि बढाउन सरकारलाई सुझाव दिएकी छन् । राहत वितरणमा भइरहेको ढिलाइप्रति प्रश्न उठाउँदै उनले वास्तविक लाभग्राहीको पहिचान गरी यथाशीघ्र राहत रकम वितरण गर्न पनि माग गरेकी छन् ।

Previous Post

‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’

Next Post

सरकारमा राजनीतिक तथा प्रशासनिक अनुभवको कमी छः मुकुल ढकाल

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav