• About
  • Advertise
  • Careers
  • Contact
Thursday, October 8, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राजनीति

प्रवासको पसिना र कांग्रेसप्रतिको निष्ठा बोकेर केन्द्रमा खेमराज बस्नेत

रिजन ढकाल by रिजन ढकाल
२१ आश्विन २०८३, बुधबार
A A
प्रवासको पसिना र कांग्रेसप्रतिको निष्ठा बोकेर केन्द्रमा खेमराज बस्नेत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मध्यपूर्व (खाडी क्षेत्र) बाट केन्द्रीय सदस्य पदमा खेमराज बस्नेतले उम्मेदवारी घोषणा गरेसँगै प्रवासमा रहेका कांग्रेसजनको प्रतिनिधित्वको बहस फेरि सतहमा आएको छ। लामो समयदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेर व्यवसाय, सामाजिक काम र कांग्रेसको संगठन निर्माणमा सक्रिय बस्नेतले आफूलाई पदका लागि मात्र नभई प्रवासमा रहेका लाखौँ नेपालीको भावना र योगदानलाई पार्टीको मूलधारसँग जोड्ने उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन्।

नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका बस्नेत २०६२/६३ को जनआन्दोलन हुँदै कांग्रेसको विचार, सिद्धान्त र संगठनसँग जोडिएका हुन्। सन् २००४ देखि यूएईमा रहे पनि उनको राजनीतिक सक्रियता र कांग्रेससँगको सम्बन्ध भने प्रवाससँगै कमजोर भएन। बरु त्यहीँबाट नेपाली कांग्रेसको संगठन विस्तार र सामाजिक अभियानमा सक्रिय रहँदै आएका छन्।

नेपाली जनसम्पर्क समिति यूएईको स्थापना, संगठन विस्तार र संस्थागत विकासमा भूमिका खेलेका बस्नेतले संस्थापक उपसभापति तथा सभापतिको जिम्मेवारीसमेत सम्हालेका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का केन्द्रीय सदस्य तथा नेपाली कांग्रेसका महासमिति सदस्यका रूपमा समेत काम गरिसकेका उनको उम्मेदवारीलाई प्रवासको संगठनात्मक अनुभवलाई कांग्रेसको केन्द्रीय नेतृत्वमा लैजाने प्रयासका रूपमा हेरिएको छ। बस्नेतको राजनीतिक दाबीको आधार उनको एउटै तर्कमा केन्द्रित छ– प्रवासमा बसेको भन्दै देशप्रतिको जिम्मेवारी सकिँदैन।

नेपालबाहिर रहेका नेपालीले पठाउने विप्रेषणदेखि सामाजिक तथा आर्थिक क्षेत्रमा पुर्‍याउँदै आएको योगदानसम्मलाई राज्य र राजनीतिक दलले अझ गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने उनको धारणा छ। त्यसैले प्रवासी नेपालीको आवाज नीति निर्माण र पार्टीको निर्णय प्रक्रियासम्म पुर्‍याउन आफूले उम्मेदवारी दिएको उनी बताउँछन्।

‘राजनीति पद प्राप्त गर्ने माध्यम मात्र होइन, विचार, निष्ठा, त्याग, सेवा र जिम्मेवारीको निरन्तर यात्रा हो,’ बस्नेतले आफ्नो उम्मेदवारी घोषणा गर्दै भनेका छन्।

प्रवासमा बसेर देशसँग जोडिएको राजनीति

खाडी मुलुकमा वर्षौँ बिताएका बस्नेतका लागि कांग्रेसको राजनीति नेपालभित्रको भूगोलमा मात्र सीमित छैन। प्रवासमा नेपाली कांग्रेसको संगठन निर्माण गर्नु, कांग्रेसजनलाई संगठित गर्नु र नेपाली समुदायका समस्या तथा अपेक्षालाई राजनीतिक नेतृत्वसम्म पुर्‍याउनु उनको राजनीतिक यात्राको महत्वपूर्ण हिस्सा बनेको छ।

त्यसैले उनको उम्मेदवारीलाई समर्थकहरूले ‘प्रवासको पद’ भन्दा ‘प्रवासको प्रतिनिधित्व’ का रूपमा व्याख्या गरिरहेका छन्।

मध्यपूर्वमा रोजगारी, व्यवसाय र विभिन्न पेसामा रहेका नेपाली कांग्रेसका समर्थक तथा शुभेच्छुकको संख्या ठूलो भए पनि पार्टीको केन्द्रीय संरचनामा उनीहरूको आवाज अपेक्षाकृत कमजोर रहेको गुनासो लामो समयदेखि रहँदै आएको छ। बस्नेतले यही रिक्ततालाई आफ्नो उम्मेदवारीको प्रमुख आधार बनाएका छन्। उनले प्रवासमा रहेका युवा, उद्यमी, व्यवसायी तथा नयाँ पुस्तालाई कांग्रेसको संगठन र नेतृत्वमा अर्थपूर्ण रूपमा जोड्ने प्रतिबद्धता पनि जनाएका छन्।

अनुभव बोकेर केन्द्रमा पुग्ने प्रयास

बस्नेतको उम्मेदवारीको अर्को बलियो पक्ष उनको प्रवासमा हासिल गरेको सांगठनिक अनुभव हो। जनसम्पर्क समिति यूएईको नेतृत्वदेखि एनआरएनएको अन्तर्राष्ट्रिय संरचना र कांग्रेसको महासमिति सदस्यसम्मको जिम्मेवारीले उनलाई प्रवासी नेपालीको समस्या, संगठन सञ्चालन र अन्तर्राष्ट्रिय नेपाली समुदायसँगको समन्वयमा काम गर्ने अवसर दिएको छ। यही अनुभवलाई अब कांग्रेसको केन्द्रीय तहमा उपयोग गर्ने उनको दाबी छ।

उनले कांग्रेसलाई समयानुकूल, गतिशील, समावेशी र संस्थागत रूपमा बलियो बनाउन प्रवासमा रहेका कांग्रेसजनको भूमिका बढाउनुपर्ने बताएका छन्। बीपी कोइरालाले अघि सारेको राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्शलाई व्यवहारमा उतार्दै पार्टीको लोकतान्त्रिक संस्कार र संस्थागत विकासमा योगदान गर्ने उनको प्रतिबद्धता छ।

‘जित्नुपर्छ’ भन्ने माहोल किन?

कांग्रेसको १५औँ महाधिवेशनमा बस्नेतको उम्मेदवारीलाई केवल एक व्यक्तिको चुनावी प्रतिस्पर्धाका रूपमा मात्र हेर्न नहुने उनका पक्षधरहरूको तर्क छ। उनीहरूका अनुसार देशबाहिर बसेर पनि देशको अर्थतन्त्र, समाज र राजनीतिसँग निरन्तर जोडिएका नेपालीको प्रतिनिधित्व कांग्रेसको केन्द्रीय तहमा बलियो हुनु आवश्यक छ।

प्रवासमा दुःख गरेर देशमा पैसा पठाउनेदेखि नेपालको संकटमा सहयोग जुटाउनेसम्मका काममा नेपाली डायस्पोराको भूमिका बढ्दो छ। तर उनीहरूको राजनीतिक आवाज भने अझै पार्टीको मूल निर्णय प्रक्रियामा अपेक्षित रूपमा सुनिन नसकेको गुनासो छ। यस्तो अवस्थामा खेमराज बस्नेतजस्ता प्रवासको संगठन, नेपाली समुदाय र कांग्रेसको राजनीतिसँग प्रत्यक्ष जोडिएका व्यक्तिलाई केन्द्रीय नेतृत्वमा पुर्‍याउनुपर्ने आवाज उठ्नु स्वाभाविक भएको उनका समर्थकहरूको दाबी छ।

‘प्रवासको आवाज, कांग्रेसको मूलधार’ भन्ने नारासहित मैदानमा उत्रिएका बस्नेतले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत महत्वाकांक्षाभन्दा पनि प्रवासी कांग्रेसजनको प्रतिनिधित्व र सम्मानसँग जोडेर हेर्न आग्रह गरेका छन्। उनको उम्मेदवारीको मूल सन्देश पनि यही छ—देशबाहिर बस्दैमा देशप्रतिको माया, जिम्मेवारी र राजनीतिक दायित्व बाहिरिँदैन। बरु विदेशमा सिकेको अनुभव, संगठन निर्माणको क्षमता र नेपाली समुदायसँगको सम्बन्धलाई देशकै हितमा प्रयोग गर्न सकिन्छ।

त्यसैले कांग्रेसको केन्द्रीय नेतृत्वमा प्रवासको अनुभव, अन्तर्राष्ट्रिय पहुँच र नेपाली डायस्पोराको आवाजलाई बलियो बनाउन चाहने हो भने बस्नेतको उम्मेदवारीलाई गम्भीरतापूर्वक हेर्नुपर्ने अवस्था देखिएको छ। देशबाहिर बसेर पनि देशकै लागि काम गर्ने नेतृत्वको खोजीमा रहेका कांग्रेसजनका लागि बस्नेतको उम्मेदवारी एउटा विकल्प मात्र होइन, प्रवासको प्रतिनिधित्वलाई केन्द्रमा पुर्‍याउने अवसरका रूपमा पनि प्रस्तुत भएको छ।

Previous Post

कांग्रेस महाधिवेशनमा प्रतिवेदनहरू पारित गरिँदै, बन्द सत्रमा सभापति थापाले सम्बोधन गर्ने

Next Post

दसैँ–तिहारमा पूर्वी चितवनको सुरक्षा ‘क्यामेराको नजर’मा, गस्तीमा बडी वनदेखि जीपीएससम्म

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In