• About
  • Advertise
  • Careers
  • Contact
Thursday, October 8, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home समाज

गगन थापाको नेतृत्वमा काँग्रेस रूपान्तरण भएको फरमुल्लाह मन्सुरको दाबी

रिजन ढकाल by रिजन ढकाल
२१ आश्विन २०८३, बुधबार
A A
गगन थापाको नेतृत्वमा काँग्रेस रूपान्तरण भएको फरमुल्लाह मन्सुरको दाबी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २१ असोज । नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले गगन थापाको नेतृत्वमा कांग्रेस रूपान्तरण भएको दाबी गरेका छन्।

नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा उनले विशेष महाधिवेशनमार्फत कांग्रेस रूपान्तरण भएको दाबी गरे। उनले भदौ २३–२४ पछि पार्टीभित्र र जनतामा देखिएको निराशा तथा आक्रोशलाई सम्बोधन गर्न कांग्रेस नयाँ नीति र नेतृत्वका साथ अघि बढेको बताए।

उनले आफूले नै केन्द्रीय कार्यसमितिमा गगन थापालाई प्रधानमन्त्री र पार्टी सभापतिको ‘फेस’ बनाएर कांग्रेसलाई जनतामाझ लैजानुपर्ने प्रस्ताव राखेको स्मरण गरे।

मन्सुरले १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले सभापति गगन थापालाई कांग्रेसको भरोसायोग्य नेता र पार्टीलाई भरोसायोग्य राजनीतिक शक्तिका रूपमा स्थापित गरेको दाबी गरे। सभापति थापाले अघि सारेका एजेण्डालाई कार्यान्वयन गर्दै कांग्रेसले खोजेको रूपान्तरणलाई संस्थागत गर्न आफ्नो भूमिका महत्वपूर्ण हुने उनले बताए।

उनले भने, ‘२३–२४ भदौपछि जनताको बीचमा र नेपाली कांग्रेसको बीचमा निराशाको अवस्था थियो, आक्रोश थियो। त्यो बेला नेपाली कांग्रेसले नयाँ नीति, नयाँ नेता लिएर जनताको बीचमा जानुपर्छ र गगन थापालाई प्रधानमन्त्री र सभापतिको फेस बनाएर जानुपर्छ भने केन्द्रीय कार्यसमितिमा मैले यो कुरा राख्दा देशभरिका नेपाली कांग्रेसका साथीहरूको मनमा पनि त्यही कुरा थियो। एउटा विचार देशभित्र र देशबाहिर पनि कांग्रेसका साथीहरूले व्यापक रूपमा अघि बढाएपछि विशेष महाधिवेशनबाट कांग्रेस रूपान्तरित भयो, कांग्रेसमा नयाँ विचारको स्थापना भयो। त्यसको अभियन्ताका रूपमा पनि म यहाँ तपाईंहरूको बीचमा उपस्थित भएको छु। यो कांग्रेस पार्टी र मेरो जीवन नै कांग्रेस पार्टीमा समर्पित भएको पार्टी हो। मैले राजनीतिमा लागेदेखि अहिलेसम्म कांग्रेसप्रति इमानदारीपूर्वक लागेको छु। अहिले कांग्रेसले जुन किसिमको रूपान्तरण खोजेको छ, नेपाली जनताका बीचमा १५औँ महाधिवेशनबाट ल्याइएका कार्यक्रम र नीतिलाई कार्यान्वयन गर्न मेरो अहम् भूमिका रहनेछ।’

पार्टीले अघि सारेका नीति तथा कार्यक्रम कार्यान्वयनमा योगदान गर्न आफूले १५औँ महाधिवेशनमा उपसभापति पदका लागि समावेशी समूहबाट उम्मेदवारी दिएको उनले बताए।

Previous Post

‘पार्टीभित्रको गुटगत असन्तुष्टि र असहमतिलाई सम्बोधन गर्नसक्ने क्षमता राख्छु’–उदयशमशेर राणा

Next Post

संविधान र व्यवस्था जोगाउन युवाहरु एकढिक्का हुनुपर्छः महेन्द्र यादव

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In