काठमाडौं, २२ असोज । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९२ हजार आठ सय रुपैयाँ कायम भएको छ । बिहीबार सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको हो ।
बुधबार सुन प्रतितोला दुई लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार चाँदीको मूल्य भने घटेको छ । बुधबार प्रतितोला चार हजार ४२५ रुपैयाँ रहेको चाँदीको मूल्य आज ३५ रुपैयाँले घटेर चार हजार ३९० रुपैयाँमा झरेको छ ।
