• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, October 13, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home प्रदेश मधेश प्रदेश

सरकारी बेवास्ताले थलिँदै जनकपुरको प्रादेशिक अस्पताल, थप बेड र आइसीयू आवश्यक 2026-10-11 / 2083-06-25 10:50 am

रिजन खड्का by रिजन खड्का
२५ आश्विन २०८३, आईतवार
A A
सरकारी बेवास्ताले थलिँदै जनकपुरको प्रादेशिक अस्पताल, थप बेड र आइसीयू आवश्यक 2026-10-11 / 2083-06-25 10:50 am
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सर्पदंशबाट बिरामीको मृत्यु प्रकरण : जनकपुर प्रादेशिक अस्पतालमा आईसीयू र जनशक्तिको अभाव

जनकपुरधाम, २५ असोज । सर्पदंशबाट महेश यादवको मृत्यु प्रकरणले जनकपुरधामस्थित प्रादेशिक अस्पताल विवादमा तानिएको छ। उपचारमा लापरवाही भएको आरोप लागिरहेका बेला अस्पतालमा सीमित आईसीयू बेड, दक्ष स्वास्थ्यकर्मीको अभाव र कमजोर पूर्वाधारका कारण गम्भीर बिरामीको उपचारमा चुनौती रहेको तथ्य सार्वजनिक भएको छ।

जनकपुरधाम उपमहानगरपालिका–१४ निवासी यादवको उपचारमा लापरवाही भएको आरोप लागे पनि अस्पताल प्रशासन र मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्रोतसाधनको अभावका कारण समस्या भएको स्पष्टीकरण दिएका छन्। उनीहरूका अनुसार आईसीयू बेड खाली नभएकाले उपलब्ध स्रोतसाधन प्रयोग गरी उपचार गरिएको र थप उपचारका लागि अन्यत्र जान सल्लाह दिइएको थियो।

सरकारको बेवास्ताले अस्पतालमा समस्या

स्थानीय बुद्धिजीवीहरूले अस्पतालको अवस्थाका लागि संघीय र मधेश प्रदेश सरकारको स्वास्थ्य क्षेत्रप्रतिको बेवास्तालाई जिम्मेवार मानेका छन्। धनुषा, महोत्तरी, सिरहा र सर्लाहीसहित विभिन्न जिल्लाका बिरामीको चाप धान्दै आएको अस्पतालमा हाल जम्मा १० वटा आईसीयू बेड छन्।

अस्पतालका निर्देशक डा. जामुन सिंहका अनुसार बिरामीको चापअनुसार कम्तीमा ५० वटा आईसीयू बेड आवश्यक छन्। दैनिक १०० देखि १५० जनासम्म सिकिस्त तथा गम्भीर बिरामी आउने गरे पनि आईसीयूको अभावमा कतिपयलाई अन्यत्र रेफर गर्नुपर्ने बाध्यता छ।

अस्पतालमा दैनिक करिब ३०० बिरामी इमर्जेन्सी र एक हजार ५०० भन्दा बढी बिरामी ओपीडी सेवाका लागि आउने गरेका छन्। सीमित स्रोतसाधन र उपकरणका भरमा यति ठूलो संख्यामा बिरामीको उपचार गर्नुपरेको निर्देशक सिंहले बताए।

८०० बेड आवश्यक

२०४८ सालमा १०० बेडको स्वीकृति पाएको अस्पतालमा हाल प्रतिष्ठानको सहयोगमा ३९० बेड सञ्चालनमा छन्। बिरामीको चापअनुसार कम्तीमा ८०० बेड आवश्यक रहेको निर्देशक सिंहले बताए।

अस्पतालमा पर्याप्त जनशक्ति र पूर्वाधारको अभाव छ। बिरामीबाट उठ्ने न्यून शुल्क र प्रदेश सरकारबाट प्राप्त रकम तथा प्रतिष्ठानको सहयोगका आधारमा अस्पताल सञ्चालन भइरहेको छ।

थप २० आईसीयू बेड सञ्चालनको तयारी

अस्पतालले आफ्नै स्रोत र प्रतिष्ठानको सहयोगमा थप २० वटा आईसीयू बेड सञ्चालन गर्ने तयारी गरेको छ। निर्देशक सिंहका अनुसार आवश्यक पूर्वाधार तयार भइसकेको छ भने उपकरण आउन बाँकी छ। उपकरण प्राप्त भएपछि जडान गरी सेवा सञ्चालन गरिनेछ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार डा. विनोद यादवले आईसीयू बेड, उपकरण र जनशक्ति थप गर्न प्रदेश सरकारसँग पटकपटक माग गरे पनि अपेक्षित सहयोग नपाएको बताए।

उनका अनुसार एउटा आईसीयू बेड सञ्चालन गर्न कम्तीमा चार जना नर्स आवश्यक पर्छन्। १० वटा आईसीयू बेडका लागि ४० जना नर्स आवश्यक भए पनि हाल १६ जना नर्सले सेवा दिइरहेका छन्।

सर्पदंश उपचारमा उपलब्धि, जटिल बिरामीमा चुनौती

अस्पतालको विवरणअनुसार आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ मा सर्पदंशका कारण भर्ना भएका कुल एक हजार ७५३ बिरामीमध्ये १० जनाको मृत्यु भएको छ।

आर्थिक वर्ष २०८१/८२ मा ८२० जना सर्पदंशका बिरामी भर्ना भएका थिए। तीमध्ये ५७ जनालाई एएसभी दिइएको थियो। एएसभी प्राप्त गर्ने बिरामीमध्ये ४८ जना निको भएका, तीन जना अन्यत्र उपचारका लागि गएका र छ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ।

त्यस्तै, आर्थिक वर्ष २०८२/८३ मा ९५३ जना सर्पदंशका बिरामी भर्ना भएका थिए। तीमध्ये ७१ जनालाई एएसभी दिइएको थियो। उनीहरूमध्ये ६६ जना निको भएर घर फर्किएका, एक जना अन्यत्र गएका र चार जनाको मृत्यु भएको थियो। उक्त अवधिमा उपचारका लागि एक हजार २८७ भाइल एएसभी प्रयोग भएको विवरणमा उल्लेख छ।

निर्देशक सिंहका अनुसार विगतमा एएसभीको अभाव भए पनि पछिल्ला वर्षमा संघीय सरकारबाट पर्याप्त औषधि प्राप्त भइरहेको छ। अहिले सर्पदंशसहित अन्य गम्भीर बिरामीको उपचारमा मुख्य चुनौती आईसीयू बेड, उपकरण र दक्ष जनशक्तिको अभाव रहेको उनले बताए।

Previous Post

उपेन्द्र यादवको नेतृत्वमाथि विक्की यादवको कडा प्रहार, ‘मधेशी जनतालाई न्याय दिन नसक्ने नेतृत्व स्वीकार्य छैन’

Next Post

गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In