• About
  • Advertise
  • Careers
  • Contact
Sunday, October 18, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

राजेन्द्र पाडेको आपत्ति– पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ

रिजन खड्का by रिजन खड्का
२६ आश्विन २०८३, सोमबार
A A
राजेन्द्र पाडेको आपत्ति– पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले पुराना राजनीतिक दलका सबै नेताहरू भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन्।

सोमबार काठमाडौंमा महेन्द्रप्रकाश शिवाकोटीद्वारा लिखित ‘देश विकासको प्रस्तावना’ र ‘राजनीतिक चेतना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो आपत्ति जनाएका हुन्। सबै पुराना नेता तथा राजनीतिक दलका कार्यकर्ता गलत थिए भन्ने भाष्य निर्माण गर्नु उचित नभएको बताए। उनले २०४८ सालदेखि २०७९ सालसम्म लगातार सांसद रहेको उल्लेख गर्दै पूर्वमुख्यमन्त्री पाण्डेले आफू भ्रष्टाचारजन्य गतिविधिमा संलग्न नभएको दाबी गरे। उनले पुराना राजनीतिक दलमा रहँदा खराब र राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेपछि असल ठहर गर्ने प्रवृत्तिमाथि समेत प्रश्न उठाए। उनले रास्वपाका उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उदाहरण दिँदै नेपाली कांग्रेसमा रहँदा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बन्दा खराब र रास्वपामा आएपछि असल भन्न मिल्छ भन्दै प्रश्न गरे। उनले विगत ३५ वर्षको शासनकालमा मुलुकमा केही भएन भनी निर्माण गरिएको भाष्यसमेत गलत र तथ्यहीन भएको बताए।

उनले भने, ‘हिजोका सबै नेताहरू भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्ने कुरा पनि बन्द गरे हुन्छ। म २०४८ सालदेखि २०७९ सालसम्म लगातारको सांसद हुँ। खै त, हामी त त्यस्ता खालका भ्रष्टाचारका गतिविधिमा कहिल्यै सामेल भएनौँ त? यदि सामेल भएको भए अरूलाई लागेको हत्कडी राजेन्द्र पाण्डेलाई पनि लाग्नुपर्थ्यो होला नि त। त्यसो हुनाले सबै नेताहरू भ्रष्टाचारी हुन्, पार्टीका सबै मान्छेहरू गलत थिए भन्ने भाष्य पनि निर्माण नगरौँ। हिजो यिनै पुराना पार्टीका थुप्रै नेता तथा कार्यकर्ता साथीहरू अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्री तथा सांसदसमेत बनेका होलान्। त्यसो भएको हुनाले हिजोका दिनमा सबै खत्तमभन्दा डा. स्वर्णिम वाग्ले हिजो कांग्रेसमा भएर राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदा खराब अनि रास्वपामा पुगेपछि असल? त्यसो हुनाले यस्ता कुराहरूले पनि असर गर्न सक्छन्। सूचना अरूसँग पनि छ भन्ने कुरा नबिर्सौँ।’

उनले मुलुकका सबै क्षेत्रमा सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी र विद्युत्जस्ता आधारभूत आवश्यकता विगत ३५ वर्षभित्रै पूरा भएको तथ्य नबिर्सन चेतावनी दिए।

Previous Post

संसदीय सुनुवाई समिति बैठक (तस्बिरहरु)

Next Post

अमेरिकाका लागि प्रश्तावित राजदुत चिरनजंग थापाद्वारा ‘आर्थिक कुटनीति’लाई प्राथमिकतामा राख्ने प्रतिवद्धता

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In