• About
  • Advertise
  • Careers
  • Contact
Sunday, October 18, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home मुख्य समाचार

एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली

रिजन खड्का by रिजन खड्का
२६ आश्विन २०८३, सोमबार
A A
एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा एमालेमाथि चौतर्फी घेराबन्दी रहेको बताएका छन्।

पार्टी कार्यालय च्यासलमा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा उनले पार्टीमाथि भइरहेको घेराबन्दीको एकजुट भएर प्रतिवाद गर्नुपर्ने बताएका हुन्। उनले विगत केही वर्षअघिदेखि नै एमालेमाथि घेराबन्दी हुँदै आएको बताए। आगामी निर्वाचनमा पनि एमालेको विरुद्धमा मोर्चाबन्दी हुन सक्ने बताए। एमालेविरुद्ध २०७७ सालदेखि नै घेराबन्दी सुरु भएको उनको आरोप छ। २०७७ सालमा पार्टी कब्जा गरेर ध्वस्त पार्ने प्रयास असफल भएपछि २०७८ साल भदौ १० गते पार्टी विभाजन गराइएको उनले बताए। २०७९ सालको निर्वाचनमा विभिन्न राजनीतिक दलले एमालेविरुद्ध मोर्चाबन्दी गरेको उनको भनाइ छ। त्यस्तो परिस्थितिमा पनि एमाले लोकप्रिय पार्टी बनेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि एमालेलाई बलियो बनाउन लाग्नुपर्ने बताए। उनले सामाजिक सञ्जालमार्फत एमाले पार्टी र नेताहरूको चरित्रहत्या गर्ने तथा जनतामाझ अलोकप्रिय बनाउने प्रयास हाल पनि जारी रहेको आरोप लगाए। पार्टीभित्रकै केही नेताका गलत गतिविधिका कारण पनि थप चुनौती उत्पन्न भएको उनले बताए।

उनले भने, ‘हाम्रो अगाडि निर्वाचन आउँदैछ र यस निर्वाचनमा पनि हामीलाई घेर्ने काम हुन सक्छ, हामीविरुद्धको घेराबन्दी सिद्धिएको छैन। यो एकदमै चालु छ अहिले पनि। घेराबन्दी चालु छ। २०७७ सालमा हाम्रो पार्टी कब्जा गरेरै ध्वस्त पार्न खोजियो, म समेत १० जना नेता पार्टीबाट निष्कासन गरियो। हामीले नै एकताका लागि भनेर दिएको बहुमतको दुरुपयोग गर्ने काम भयो। हामीले पुनर्गठन गरेर अगाडि बढ्यौँ। फेरि २०७८ साल भदौ १० गते फेरि हाम्रो पार्टी फुटाइयो। हाम्रा पार्टीका हस्ती भनेका व्यक्तिहरूबाटै पार्टी फुटाइयो। हामीले अत्यन्तै उदारताका साथ, अत्यन्तै फराकिलोपनका साथ, मनका साथ व्यवहार गर्‍यौँ। सकेसम्म साथीहरूलाई फेरि समेट्यौँ र अगाडि बढ्यौँ। २०७९ को निर्वाचनमा देश नै हाम्राविरुद्ध चुनावमा मोर्चाबन्दी। सिङ्गै देशको हामीविरोधी मोर्चा भयो। सबैका विरुद्ध हामी लड्नुपर्‍यो। मोर्चा सानोतिनो थिएन, हाम्राविरुद्धको। फेरि पनि हामी सबैभन्दा लोकप्रिय पार्टी भयौँ। त्यसपछि हामीविरुद्धको अभियान अर्को ढङ्गले तीव्र पारियो, सामाजिक सञ्जालमार्फत हाम्रो चरित्रहत्या गर्ने, हामीलाई जनताका नजरमा गिराउने, अलोकप्रिय बनाउने, हाम्रो लोकप्रियता घटाउने, यी सब कामहरू भए। यसका विरुद्ध पार्टी एकजुट भएर लड्यो, लड्नुपर्थ्यो। केही साथीहरूलाई सम्झाउन सकिएन, केही साथीहरू अलिकति गलत धन्दामा संलग्न भइरहे। जहिले पनि पार्टीभित्र विरोध नै गरिरहने, सहमति भनेको कहिल्यै पनि नहुने त्यस्तो पनि हुन्छ? तर त्यस्तो केही भयो। अब हामीले ती कुरा गर्नु पनि हुँदैन, गर्न दिनु पनि हुँदैन। त्यस्तो हुन पनि हुँदैन, हुन दिनु पनि हुँदैन। यो पार्टी महान् उद्देश्य बोकेर सत्य, समानता र मानवताको बाटोमा हिँडेको पार्टी हो। ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने बाटोमा हिँडेको पार्टी हो, हामी साना–मसिना गलत कुरा, क्रियाकलापमा अल्झिने हुँदैन। त्यसकारण पार्टीमा सुदृढ एकताका साथ अगाडि बढ्नुपर्छ। आजको आवश्यकता त्यही हो।’

अध्यक्ष ओलीले नेपालमा लोकतन्त्र कमजोर बनाउने काम भइरहेको पनि आरोप लगाए। नेपालको राष्ट्रिय अस्मितामा आँच पुर्‍याएर स्वाधीनता र स्वतन्त्रता कमजोर पारिएको उनको दाबी छ। नेपालको स्वाधीनता र स्वतन्त्रताको पुनःस्थापनाका लागि आन्दोलनमा उत्रिनुपर्ने अवस्था समेत आउन सक्ने उनले बताए। आन्दोलनका क्रममा दमन भएमा त्यसको प्रतिवाद गर्ने उनको भनाइ छ। उनले आन्दोलन न्याय, शान्ति र अग्रगमनका लागि हुनुपर्ने बताए। तर नेपालमा आगजनी र लुटपाटलाई आन्दोलन भनेर आन्दोलनकै अपव्याख्या भइरहेको उनको भनाइ छ।

उनले भने, ‘शान्तिका लागि आन्दोलन गर्नुपर्‍यो। निहत्था जनतालाई असङ्गठित जनतालाई सङ्गठित शक्तिले हतियार र सङ्गठित शक्तिको बलमा दबायो भने त्यसमा जनताले प्रतिवाद गर्नुपर्ने हुन सक्छ। त्यो प्रतिवादलाई हामी आन्दोलन भन्छौँ। आगो लगाउनु आन्दोलन होइन, लुटपाट गर्नु आन्दोलन होइन। आन्दोलन भनेको सङ्गठित र सशस्त्र शक्तिले असङ्गठित र निरस्त्र शक्तिलाई ठूलो र बलियोले कमजोरलाई बलजफ्ती दमन गर्छ भने त्यसको प्रतिवाद गर्नु आन्दोलन हो। गलतका विरुद्ध, अग्रगमनका लागि, न्यायका लागि, शान्तिका लागि, दमनका विरुद्ध आन्दोलन गर्नुपर्ने हुन्छ, त्यो देशका लागि हुन्छ, त्यो जनताका लागि हुन्छ, त्यो बृहत्तर हितका लागि हुन्छ। यी चिजहरूलाई अहिले नेपालमा शत्रु बनाइएको छ, खोसिएको छ, लोकतन्त्र मासिएको छ, राष्ट्रिय अस्मिता कमजोर बनाइएको छ, स्वाधीनता, स्वतन्त्रता कमजोर बनाइएको छ। यस्तो स्थितिमा हामीसँग यी चिजहरूको पुनःप्राप्ति गर्नु, पुनर्वापसी अनिवार्य सर्त हो। त्यसकारण यसको पुनर्वापसीका लागि बलजफ्ती दमन गरिन्छ भने दमन अस्वीकार गरेर प्रतिवादमा उत्रिनुपर्ने हुन्छ, त्यसलाई आन्दोलन भन्छन्। जुन कुरा हामी विगतमा पनि गर्दै आएका छौँ, फेरि पनि गर्नुपर्ने हुन्छ।’

पार्टीका सदस्यहरूलाई उनले निष्ठापूर्वक सक्रियताका साथ काममा लाग्न निर्देशन दिए। पार्टीमा अब विगतलाई हेरेर मात्रै मूल्याङ्कन नहुने बताए। नीति र नेतृत्वप्रतिको इमानदारी तथा कर्मशीलतालाई पनि मूल्याङ्कनको आधार बनाइने उनको भनाइ छ।

 

Previous Post

एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली

Next Post

सामाजिक सञ्जालमा अपराधिक गतिविधि गर्ने दुईजना पक्राउ

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In