• About
  • Advertise
  • Careers
  • Contact
Monday, October 19, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home मुख्य समाचार

सांसद खगेन्द्र सुनारको अडियो प्रकरणमा रास्वपा अनुशासन आयोगद्वारा छानबिन सुरु

रिजन खड्का by रिजन खड्का
२७ आश्विन २०८३, मंगलवार
A A
अश्लील भिडियो एआइले बनाएको भन्दै उम्किने प्रयासमा खगेन्द्र सुनार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२७ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगले सांसद खगेन्द्र सुनारसँग जोडिएको अडियो प्रकरणबारे छानबिन अघि बढाएको छ। एक महिलालाई अश्लील गालीगलौज र धम्की दिएको भनिएको अडियो सार्वजनिक भएपछि आयोगले घटनासँग सम्बन्धित प्रमाण संकलन गर्न थालेको हो।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यले मंगलबार जारी गरेको विज्ञप्तिमा सुनारमाथि लागेको आरोप गम्भीर रहेको उल्लेख गरेका थिए। यता, अनुशासन आयोगले भने पार्टीको आधिकारिक धारणा र आफ्नो छानबिनलाई अलग राखेर निष्पक्ष रूपमा अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

रास्वपा अनुशासन आयोगका उपप्रमुख हरिचन्द्र भट्टराईका अनुसार घटनासँग सम्बन्धित प्रमाण संकलन भइरहेको छ। आयोगले आरोपबारे सांसद सुनारसँग कुराकानी गर्ने तयारी गरेको छ भने अडियोमा नाम जोडिएकी महिलासँग पनि भेटेर जानकारी लिने प्रयास गरिरहेको छ।

भट्टराईले अडियोमा सुनिएका विषय गम्भीर प्रकृतिका भएकाले घटनाको संवेदनशीलतालाई ध्यानमा राखेर छिटो निष्कर्षमा पुग्ने प्रयास भइरहेको बताए। उनका अनुसार सोमबार सार्वजनिक भएको अडियोबारे मंगलबार बिहानैदेखि प्रमाण संकलन सुरु गरिएको छ। प्राप्त तथ्य र प्रमाणको सत्यापन तथा परीक्षण गरेपछि आयोगले निष्कर्ष सार्वजनिक गर्नेछ।

आरोप लागेका व्यक्तिलाई आफ्नो पक्ष राख्ने अवसर दिनुपर्ने भएकाले सांसद सुनारसँग पनि भेटेर कुरा गरिने भट्टराईले जानकारी दिए। सुनार भने हाल काठमाडौं बाहिर रहेका छन्।

यस प्रकरणलाई रास्वपाको संसदीय दलले पनि गम्भीर रूपमा लिएको छ। पार्टीका सचेतक प्रकाशचन्द्र परियारले अडियोबारे छानबिन हुने र दोष पुष्टि भएमा सम्बन्धित व्यक्तिलाई पार्टीले संरक्षण नगर्ने स्पष्ट पारे।

परियारका अनुसार रास्वपाले विधि र प्रक्रियालाई प्राथमिकता दिनेछ, तर गलत गतिविधिमा संलग्न व्यक्तिको बचाउ गर्ने छैन। सार्वजनिक अडियो सांसद सुनारकै भएको प्रमाणित भएमा पार्टीले कुनै एक व्यक्तिको पक्षमा उभिएर त्यसलाई बेवास्ता गर्न नसक्ने उनले बताए।

Previous Post

मापदण्डविपरीत इन्टरनेट सेवा सञ्चालन गर्ने १४ प्रदायकलाई जनही ५० हजार जरिबाना

Next Post

विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In