काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परी मृत्यु भएका थप तीन जनाको शव नुवाकोटमा फेला परेको र उनीहरूको पहिचान खुलेको छ।
बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार सोमबार नुवाकोटमा फेला परेका थप तीन शवको सनाखत भएको हो। पहिचान खुल्नेमा फुलकुमारी ढकाल, गोपे तामाङ र अमृत तामाङ रहेका छन्।
यसअघि नुवाकोटमा फेला परेका चार शवको पहिचान खुलिसकेको थियो। थप तीन जनाको पहिचान खुलेसँगै नुवाकोटमा फेला परेका पहिचान खुलेका शवको संख्या ७ पुगेको छ।
पहिचान खुलेका व्यक्तिहरू
१. फुलकुमारी ढकाल, ६७ वर्ष, विदुर नगरपालिका–७, सोले, नुवाकोट
२. गोपे तामाङ, उत्तरगया गाउँपालिका–१, रसुवा
३. अमृत तामाङ, किस्पाङ गाउँपालिका–५, नुवाकोट
४. रामकृष्ण तामाङ, ५६ वर्ष, सूर्यगढी गाउँपालिका–५, नुवाकोट
५. निरज भण्डारी, ३५ वर्ष, विदुर नगरपालिका–५, नुवाकोट
६. राजकुमार आले, ४४ वर्ष, थाक्रे गाउँपालिका–८, धादिङ
७. शर्मिला तितुङ, ५० वर्ष, सूर्यगढी गाउँपालिका–२, नुवाकोट
रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएका तथा बेपत्ता भएका व्यक्तिहरूको खोजी तथा शव पहिचानको कार्य जारी रहेको प्रहरीले जनाएको छ।
