• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home अर्थतन्त्र

हेटौंडा कपडा उद्योगका तान फेरि चल्न थाले, परीक्षण सफल

रंजित यादव by रंजित यादव
२३ श्रावण २०८३, शनिबार
A A
हेटौंडा कपडा उद्योगका तान फेरि चल्न थाले, परीक्षण सफल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२३ साउन, हेटौंडा । वर्षौंदेखि बन्द रहेको हेटौंडा कपडा उद्योगमा कपडा बुन्ने पुराना तान (लुम) फेरि चल्न थालेका छन् ।

उद्योगमा पुराना मेसिन मर्मत गरी आज शनिबार सफल परीक्षण उत्पादन सुरु गरिएको प्रधानमन्त्री बालेन्द्र शाहका निजी सचिव प्रदीप परियारले जनाएका छन् ।

परियारका अनुसार नेपाली सेनाको नेतृत्वमा उद्योगभित्र रहेका पुराना मेसिन तथा तानहरूको मर्मतसम्भार गरी परीक्षण उत्पादन सुरु गरिएको हो ।

लामो समयदेखि थन्किएका मेसिन सञ्चालनमा आएपछि उद्योग परिसरमा फेरि कपडा बुन्ने तानको ‘खट्खट्’ आवाज सुनिन थालेको परियारले आफ्नो सामाजिक सञ्जालमा तान चलेको भिडियो सामग्री राख्दै उल्लेख गरेका छन् ।

उनका अनुसार उद्योग पुनः सञ्चालनका लागि लामो समयदेखि भइरहेको प्रयासले अहिले परीक्षण उत्पादनको चरण पूरा भएको हो । नेपाली सेनाका जर्नेलको नेतृत्वमा पुराना मेसिन मर्मत गरी सञ्चालनमा ल्याइएको उनले बताए ।

हेटौंडा कपडा उद्योग लामो समयदेखि बन्द रहेकाले त्यहाँका मेसिन, विद्युत् प्रणाली तथा भौतिक संरचना जीर्ण अवस्थामा पुगेका थिए । पछिल्लो समय उद्योग परिसरको सरसफाइ, विद्युत् प्रणाली मर्मत तथा मेसिन परीक्षणको काम अघि बढाइएको थियो ।

यसअघि उद्योग सञ्चालनसम्बन्धी अध्ययन कार्यदलले तत्काल परीक्षण उत्पादन गर्ने र त्यसको परिणामका आधारमा दीर्घकालीन रूपमा पूर्ण क्षमतामा सञ्चालन गर्ने खाका सरकारलाई बुझाएको थियो । उद्योगभित्रको विद्युत् प्रणाली मर्मतको कामसमेत सम्पन्न भएको जनाइएको थियो । यसअघि सरकारले हेटौंडा कपडा उद्योगलाई चालु आर्थिक वर्षमै सञ्चालनमा ल्याउने तयारी गरेको बताएको थियो ।

उद्योगमन्त्री गौरीकुमारी यादवले रुग्ण उद्योगमध्ये हेटौंडा कपडा उद्योगलाई प्राथमिकतामा राखेर सञ्चालनमा ल्याउने र कपडा उद्योगसँगै बुटवल धागो कारखाना तथा कपास खेतीलाई समेत अघि बढाउने बताएकी थिइन् । सरकारले १८ असार हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेपछि परीक्षण उत्पादनको काम अघि बढेको हो ।

दुई दशकपछि उद्योगमा फेरि उत्पादनको तयारी

चिनियाँ सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा २०३२ सालमा स्थापना भएको हेटौंडा कपडा उद्योगले २०३५ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो । तर, लामो समय सञ्चालनमा रहन नसकेपछि २०५७ सालदेखि उद्योग बन्द अवस्थामा छ।

उद्योग पुनः सञ्चालनको प्रयास भने नयाँ होइन । यसअघि पनि विभिन्न सरकारले पटक–पटक उद्योग सञ्चालन गर्ने घोषणा र अध्ययन गरेका थिए । २०७३ सालमा उद्योग पुनः सञ्चालनबारे विस्तृत अध्ययन गर्न समिति गठन गरिएको थियो भने २०७५ सालमा सरकारले उद्योग सञ्चालन गर्न सकिने निष्कर्षसहितको अध्ययन प्रतिवेदनसमेत तयार गरेको थियो। त्यतिबेला उद्योग सञ्चालनका लागि करिब ३० करोड रुपैयाँ खर्च आवश्यक पर्ने र विभिन्न मोडालिटीबाट सञ्चालन गर्न सकिने सुझाव दिइएको थियो ।

त्यसैगरी, २०७५ सालमै नेपाली सेनालाई समेत संलग्न गराएर उद्योग पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गरिएको थियो । पछिल्लो पटक २०८१/८२ को बजेटमा पनि हेटौंडा कपडा उद्योगलाई सार्वजनिक-निजी साझेदारीमा सञ्चालनमा ल्याउने घोषणा गरिएको थियो ।

परीक्षण उत्पादनपछि अब दीर्घकालीन योजना परीक्षण उत्पादन सुरु हुनु उद्योग पुनः सञ्चालनको महत्वपूर्ण सुरुवात भए पनि उद्योगलाई दीर्घकालीन रूपमा प्रतिस्पर्धी र दिगो बनाउने चुनौती सरकार सामू बाँकी नै छ । उद्योगका पुराना मेसिन तथा प्रविधि, उत्पादन लागत र निजी क्षेत्रसँगको प्रतिस्पर्धाका विषयमा प्रश्नहरू उठेका छन् ।

पुरानो प्रविधिबाट उत्पादन गर्दा आधुनिक उद्योगसँग प्रतिस्पर्धा गर्न कठिन हुने र नयाँ प्रविधिमा ठूलो लगानी आवश्यक पर्ने विज्ञ तथा उद्योगसम्बद्ध अधिकारीहरूको धारणा छ ।

हेटौंडा कपडा उद्योगलाई दिगो बनाउन कपास र धागोको आपूर्तिलगायत कच्चा पदार्थको सुनिश्चिततासमेत महत्वपूर्ण हुने विषय विगतदेखि उठ्दै आएको छ । तर, अहिले भने लामो समयदेखि नचलिरहेको उद्योगका तान फेरि चल्नु आफैंमा आशाको नयाँ संकेत बनेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको बताएका छन् ।

उनका अनुसार सेनाको जिम्मेवारीमा परीक्षण उत्पादन अघि बढाइएको र त्यसपछि सरकारले नै उद्योग सञ्चालन गर्ने तयारी गरेको छ । तान (लुम) मर्मतपछि परीक्षण उत्पादन सुरु भई केही मात्रामा कपडा उत्पादनसमेत सुरु भइसकेको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन् ।

Previous Post

वीरगन्ज उच्च अदालतमा मुद्दाको चाप घट्दै

Next Post

शेरबहादुर देउवा स्वदेश फर्किने समय परिवर्तन

रंजित यादव

रंजित यादव

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In