• About
  • Advertise
  • Careers
  • Contact
Wednesday, November 11, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

रसुवा बाढीः खोज, उद्धार र राहतमा जुट्न रास्वपाको अपिल

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१० भदौ, २०८३
A A
रसुवा बाढीः खोज, उद्धार र राहतमा जुट्न रास्वपाको अपिल
0
SHARES
0
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कविन्द्र बुर्लाकोटीले सरकार, राजनीतिक दल, सरकारी निकाय तथा विभिन्न संघसंस्थालाई एकजुट भएर खोज, उद्धार र राहतमा जुट्न अपिल गरेका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले तिब्बततर्फबाट आएको बाढी प्रभावित नागरिकको खोज, उद्धार र राहतमा जुट्न सबै पक्षलाई अपिल गरेका हुन् । उनले बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासी पश्चिममा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको समेत बताए । उनले गोसाइँकुण्ड यात्रामा रहेका दुई माइक्रोबस र एउटा बसमध्ये एउटा बस बाढीमा फसेर कयौँ जनाको ज्यान गएको सूचना प्राप्त भएको समेत जानकारी दिए । प्रभावित जिल्लाका सांसदहरू जिल्ला पुगेर खोज तथा उद्धारमा सहभागी हुने विषयमा छलफल भइरहेको समेत उनले बताए । उनले विपद्बाट पीडित परिवारलाई राज्य र सम्पूर्ण संसद् साथमा रहेको सन्देश समेत दिए ।

उनले बताए, ‘सरकार एक प्रकारको तयारीमा छ यति हुँदाहुँदै पनि हामी सबैजना अन्यौलमै छौँ जस्तो देखिन्छ । हामी प्रभावित जिल्लाका सांसदहरु जिल्ला जाने कुरा र त्यहाँ गएर विपद्मा खोज र उद्धारको लागि सहभागि हुने पनि छ । हामीले यस विषयमा छलफल गरिरहेका छौँ । यसबाट हजारौँ जना वेपत्ता भएको खबर छ । लाखौँ मानिसहरु प्रभावित हुनुभएको छ । गोसाइकुण्ड यात्रामा रहेका दुई वटा माइक्रो बस र एउटा बसमध्ये एउटा बस बाढीमा फसेर कयौँ जनाले ज्यान गुमाएको भन्ने सूचना पनि मैले पाएको छु । त्यस्तै अन्य जिल्लाबाट रसुवामा काम गर्न गएका थुप्रै मानिसहरु यो विपद्मा पर्नुभएको सूचना प्राप्त भएको छ । यो दुःख र पीडाको घडीमा हामी सबै कसरी जोडिएर जाने भन्ने कुरामा हामी सबैलाई चिन्ताले छोएको छ । बाढीले रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन र नवलपरासी पश्चिमलाई क्षति पुर्याएको छ । विद्यालय, बस्ती, बजार, पुल पुलेसामा पूर्ण क्षति पुर्याएको रेकर्डहरु समेत आउन थालेका छन् । यो कल्पनाभन्दा बाहिरको क्षति हो । बाढीले क्ष्ाित व्यहोर्ने परिवारप्रति राज्य र पुरै संसद यहाँको साथमा छौँ भन्ने सन्देश दिन चाहान्छु । सरकार, सबै राजनीतिक दल, सबै सरकारी निकायहरु, संघ संस्था, पूर्वसैनिक प्रहरी समेत मिलेर राहत र उद्धारमा लागौँ ।’

उनले विपद्को सामना गर्न सरकारका संयन्त्रहरु सक्रियताका साथ काम गरिरहेको समेत बताए ।

Previous Post

विपद्पछि उद्धार र पुनःस्थापनाका लागि राष्ट्रिय एकताको खाँचोः अध्यक्ष राई

Next Post

सरकार आफैँ प्रभावित क्षेत्रमा पुगोस्, विपद्का बेला ‘भीआईपी’ सुरक्षामा नअल्झिनूस्ः रवि लामिछाने

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav