• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home प्रदेश

सरकार एक्लैले सक्दैन, उच्चस्तरीय सर्वदलिय संयन्त्रमार्फत राहत, उद्धार र पुनःस्थापनाको काम गर्छौंः रास्वपा

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
११ भाद्र २०८३, बिहीबार
A A
सरकार एक्लैले सक्दैन, उच्चस्तरीय सर्वदलिय संयन्त्रमार्फत राहत, उद्धार र पुनःस्थापनाको काम गर्छौंः रास्वपा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता एवं सांसद जगदीश खरेलले बाढीपछि हुने खोज तथा उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका काम उच्चस्तरीय सर्वदलीय संसदीय संयन्त्रमार्फत अघि बढाइने बताएका छन्।

रास्वपा सभापति रवि लामिछानेको आह्वानमा बिहीबार बसेको सर्वदलीय बैठकका निर्णय सार्वजनिक गर्दै खरेलले विपद् व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी सरकारले मात्रै वहन गर्न कठिन हुने भएकाले राज्यका सबै पक्षको सहभागिता सुनिश्चित गर्न उच्चस्तरीय संसदीय संयन्त्र आवश्यक रहेको बताए।

बैठकले उच्चस्तरीय संसदीय सर्वदलीय समिति गठन गर्ने निर्णय गरेको छ। समिति गठनको प्रक्रिया तत्काल अघि बढ्ने जानकारी दिँदै खरेलले यसले सरकार र राजनीतिक दललाई कानुनी तथा संवैधानिक रूपमा जवाफदेही बनाउँदै विपद् व्यवस्थापनमा सहजीकरण गर्ने बताए।

बैठकले राहत कार्यलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने, आर्थिक सहयोग संकलनमा सरकारी एकद्वार प्रणाली लागू गर्ने तथा सामाजिक सञ्जालको विवेकपूर्ण प्रयोग गर्ने निर्णय गरेको छ। संवेदनशील सूचनाको प्रवाह गर्दा जिम्मेवारीपूर्वक प्रस्तुत गर्न पनि बैठकले आग्रह गरेको छ।

त्यस्तै, हिमताल फुट्ने जोखिमबारे वैज्ञानिक अध्ययन गर्ने, सीमापार संयुक्त पहल अघि बढाउने, विपद् कूटनीतिलाई प्रभावकारी बनाउने तथा देशका प्रमुख नदीहरूमा पूर्वसूचना प्रणाली विस्तार गर्ने विषयमा समेत बैठकमा सहमति भएको खरेलले बताए।

जलवायु न्याय, अन्तर्राष्ट्रिय समुदायबाट सहयोग जुटाउने तथा दीर्घकालीन पुनर्निर्माणलाई प्राथमिकतामा राख्ने निर्णय भएको उनले जानकारी दिए।

बैठकले सरकारको खोज, उद्धार तथा राहत प्रयासको प्रशंसा गर्दै उद्धारको पर्खाइमा रहेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा ल्याउन, घाइतेको उपचार गर्न तथा प्रभावितलाई आवश्यक राहत उपलब्ध गराउन सरकारलाई सुझाव दिएको छ।

खरेलका अनुसार बैठकमा सरकारका तर्फबाट गृहमन्त्री सुदन गुरुङ र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जारी उद्धार तथा राहत कार्यको अवस्थाबारे जानकारी गराएका थिए।

सर्वदलीय बैठकमा रास्वपा सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, एमाले महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका सांसद ध्रुव राई, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, संसदीय दलका नेता ज्ञानबहादुर शाही, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, महन्थ ठाकुर र जनमत पार्टीका नेता चन्दन सिंहलगायत सहभागी थिए।

Previous Post

त्रिशूलीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी (तस्बिरसहित)

Next Post

भोटेकोसी बाढी प्रभावित ३३६ जनाको हवाई उद्धार

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In