• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

आज रक्षाबन्धनसँगै जनैपूर्णिमा, देशभर धार्मिक तथा सांस्कृतिक रौनक

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१२ भदौ, २०८३
A A
आज रक्षाबन्धनसँगै जनैपूर्णिमा, देशभर धार्मिक तथा सांस्कृतिक रौनक
0
SHARES
1
VIEWS

काठमाडौं । आज देशभर रक्षाबन्धन तथा जनैपूर्णिमा (ऋषितर्पणी) पर्व श्रद्धा र उल्लासका साथ मनाइँदैछ। वैदिक सनातन धर्मावलम्बीहरूले बिहानै नदी, पोखरी तथा विभिन्न तीर्थस्थलमा स्नान गरी विधिपूर्वक पूजा, तर्पण तथा नयाँ जनै धारण गरेर जनैपूर्णिमा मनाउने गर्दछन्।

यस दिन पुरानो जनै विसर्जन गरी वैदिक मन्त्रद्वारा अभिमन्त्रित नयाँ यज्ञोपवीत जनै धारण गर्ने परम्परा छ। जनैलाई ज्ञान, सत्य, आत्मसंयम, सदाचार र धार्मिक कर्तव्यको प्रतीकका रूपमा लिइन्छ। साथै, कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठलगायत सप्तऋषिको स्मरण गर्दै ऋषितर्पण गर्ने चलन पनि रहेको छ।

जनैपूर्णिमासँगै आज रक्षाबन्धन पनि मनाइँदैछ। गुरु–पुरोहित तथा आफन्तजनबाट नाडीमा रातो–पहेँलो रक्षासूत्र डोरो बाँधेर सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गरिन्छ। दिदीबहिनीले दाजुभाइको हातमा राखी बाँधेर उनीहरूको सुख, स्वास्थ्य र दीर्घ जीवनको कामना गर्ने तथा दाजुभाइले दिदीबहिनीप्रति प्रेम, सम्मान र सुरक्षाको प्रतिबद्धता व्यक्त गर्ने परम्परा पनि छ।

काठमाडौं उपत्यकाका विभिन्न धार्मिक तथा सांस्कृतिक स्थलमा बिहानैदेखि भक्तजनहरूको चहलपहल देखिएको छ। विशेषगरी पशुपतिनाथ, गुह्येश्वरी तथा वागमती नदी किनारमा स्नान, पूजा, जनै फेर्ने र रक्षासूत्र बाँध्ने भक्तजनहरूको भीड लागेको छ।

यसै दिन नेवार समुदायले गुँपुन्ही पर्वका रूपमा मनाउने गर्दछन् भने घरघरमा नौ थरीका गेडागुडी मिसाएर तयार पारिएको पौष्टिक परिकार क्वाँटी खाने चलन छ। यसरी जनैपूर्णिमा तथा रक्षाबन्धन धार्मिक आस्था, पारिवारिक प्रेम, सामाजिक सद्भाव र मौलिक नेपाली संस्कृतिसँग जोडिएको महत्वपूर्ण पर्वका रूपमा मनाइँदैछ।

Previous Post

दिदी–भाइको प्रेम र रक्षाबन्धन

Next Post

रसुवा बाढीमा मृतकको संख्या ४६९ पुग्यो, ९७७ अझै बेपत्ता

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav