• About
  • Advertise
  • Careers
  • Contact
Saturday, September 26, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home प्रदेश गण्डकी प्रदेश

पृथ्वी राजमार्ग खुलाउन २५ भन्दा बढी हेभी मेसिन परिचालन

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१२ भाद्र २०८३, शुक्रबार
A A
पृथ्वी राजमार्ग खुलाउन २५ भन्दा बढी हेभी मेसिन परिचालन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । त्रिशूली नदीमा आएको भीषण बाढी र पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्गको धादिङ खण्ड सञ्चालनमा ल्याउन निर्माण व्यवसायीका उपकरण प्रयोग गरी सडक मर्मत तथा सफाइलाई तीव्रता दिइएको छ।

धादिङको गल्छीदेखि मुग्लिनसम्म विभिन्न स्थानमा थुप्रिएको हिलो, लेदो र पहिरो हटाउने काम जारी छ। सडक विभागका अनुसार राजमार्गका विभिन्न खण्डमा निर्माण व्यवसायीका २५ भन्दा बढी हेभी इक्विपमेन्ट तथा यान्त्रिक उपकरण परिचालन गरिएको छ।

बाढीका कारण पृथ्वी राजमार्गको करिब १५ किलोमिटर सडकखण्डमा क्षति पुगेको छ। सडक स्तरोन्नतिमा प्रयोग भइरहेका पिच प्लान्ट तथा अन्य निर्माण उपकरणसमेत बाढीले बगाएको विभागले जनाएको छ।

सडक विभागका सिनियर डिभिजन इन्जिनियर सुरेश पौडेलका अनुसार पहिरो पन्छाउने काममा विभागसँग अनुभव भए पनि ठूलो मात्रामा जम्मा भएको हिलो र लेदो व्यवस्थापनमा केही जटिलता देखिएको छ।

निर्माण व्यवसायीका पर्याप्त हेभी मेसिन परिचालन गरेर बैरेनीको करिब १ हजार ४ सय मिटर र जरेखेतको ४ सय मिटर सडकखण्डमा जमेको हिलो हटाई यातायात सञ्चालनमा ल्याइएको छ।

यद्यपि, जरेखेत क्षेत्रमा अझै सवारी आवागमनमा केही समस्या रहेको छ। त्यस्तै पोखरे, बाँगे र गलौँदी क्षेत्रमा करिब ७ सय मिटर सडकखण्डमा यातायात सञ्चालन हुन बाँकी रहेको सडक विभागले जनाएको छ।

सडक स्तरोन्नतिको जिम्मेवारी पाएको शर्मा–लामा जेडआईइसी कम्पनीका उपकरणसमेत परिचालन गरी सडकमा रहेका अवरोध हटाउने काम भइरहेको छ।

सडक विभागका अनुसार सडक सफाइ तथा मर्मतको कामले गति लिएकाले शुक्रबार साँझसम्म पृथ्वी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

Previous Post

बाढीपहिरो प्रभावितका लागि एनआरएनएद्वारा ५ करोडको राहत प्याकेज घोषणा

Next Post

चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In