• About
  • Advertise
  • Careers
  • Contact
Saturday, September 26, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home प्रदेश

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१६ भाद्र २०८३, मंगलवार
A A
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । रसुवालाई केन्द्रबिन्दु बनाएर आएको विनाशकारी भोटेकोशी बाढीका कारण हालसम्म ९८७ जनाको मृत्यु भएको छ भने ३ हजार ९१६ जना अझै सम्पर्कविहीन रहेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलवार बिहान ९ बजेसम्मको तथ्याङ्कमा बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत वितरण कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको छ ।

प्राधिकरणका अनुसार बाढीमा परी ज्यान गुमाउनेहरूको शव विभिन्न जिल्लाबाट सङ्कलन गरिएको छ । सबैभन्दा बढी चितवनमा ३२१ जना (विभिन्न मानव अङ्गसहित) को शव फेला परेको छ । यस्तै, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २७ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

बाढीमा परी हालसम्म २७९ जना घाइते भएका छन् । तीमध्ये १६८ जना उपचारपछि घर फर्किसकेका छन् । नेपाली सेनाले मात्रै प्रभावित क्षेत्रमा २ हजार ७४० जनालाई स्वास्थ्य उपचार प्रदान गरेको जनाएको छ ।

३ हजार ९१६ अझै सम्पर्कविहीन

सम्पर्कविहीन रहेका ३ हजार ९१६ जनामध्ये ५८३ जना विदेशी नागरिक रहेका छन् भने उनीहरूसँगै भ्रमणमा रहेका १६४ जना नेपाली नागरिक पनि सम्पर्कविहीन छन् । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा समेत केही व्यक्ति सम्पर्कविहीन रहेको बताइएको छ ।

बेपत्ताहरूको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मीहरू निरन्तर परिचालन भइरहेका छन् । विपद् व्यवस्थापन तथा उद्धारका लागि कुल २१ हजार ११ सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमा नेपाली सेनाका ८ हजार ८९६, नेपाल प्रहरीका ७ हजार ९१२ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना रहेका छन् ।

११ हजार ८१४ जनाको उद्धार

हालसम्म ११ हजार ८१४ जनाको सकुशल उद्धार गरिएको छ । नेपाली सेनाले ५७३ पटक हवाई उडान गर्दै ३ हजार ४४९ नेपाली र २५३ विदेशी नागरिकको उद्धार गरेको छ ।

यस्तै, निजी क्षेत्रका २९ वटा तथा सशस्त्र प्रहरी बलका ५० वटा हवाई उडानमार्फत समेत खोज, उद्धार तथा राहत कार्यमा सहयोग गरिएको छ ।

प्रभावित जिल्लामा आर्थिक तथा भौतिक राहत

सरकारले बाढी प्रभावित क्षेत्रका लागि आर्थिक तथा भौतिक राहत उपलब्ध गराएको छ । रसुवा र नुवाकोटलाई १–१ करोड रुपैयाँ, धादिङलाई ५० लाख रुपैयाँ तथा प्रभावित १५ वटा स्थानीय तहलाई कुल ६ करोड ७५ लाख रुपैयाँ नगद राहत उपलब्ध गराइएको छ ।

राहत सामग्रीतर्फ ३७ ट्रक र ३७ बोलेरोमार्फत खाद्यान्न तथा गैरखाद्यान्न सामग्री स्थलगत मार्गबाट प्रभावित क्षेत्रमा पठाइएको छ । यस्तै, ९ वटा हवाई उडानमार्फत राहत सामग्री ढुवानी गरिएको छ ।

हाल नुवाकोट, धादिङ, रसुवा र काठमाडौंमा रहेका होल्डिङ सेन्टरमा हजारौँ बाढी प्रभावितलाई आश्रय दिइएको छ ।

इन्धन र सञ्चार सेवा पुनःस्थापित

प्रभावित क्षेत्रमा इन्धन अभाव हुन नदिन ४२ हजार लिटर डिजेल, १८ हजार लिटर पेट्रोल र ६ हजार लिटर हवाई इन्धन मौज्दात राखिएको छ ।

सञ्चारतर्फ नेपाल टेलिकमका क्षतिग्रस्त ११० वटै टावर सञ्चालनमा आएका छन् । एनसेलका ७८ वटा टावरमध्ये ७५ वटा पुनः सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ ।

पहिचान हुन नसकेका शवहरूलाई विभिन्न जिल्लाका २१ वटा अस्पतालमा राखिएको छ ।

– न्युज एजेन्सी नेपाल

 

Previous Post

रसुवावासीको सरकारलाई आग्रहः ‘सास बचाउन नसकेपनि कम्तीमा लाश खोजिदेऊ, बाँचेकालाई राहत देउ’

Next Post

सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In