• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

भोलिदेखि संसद बैठक सुचारु हुने, विपद् व्यवस्थापनसम्बन्धी विशेष प्रश्ताव पारित गरिने

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१६ भाद्र २०८३, मंगलवार
A A
भोलिदेखि संसद बैठक सुचारु हुने, विपद् व्यवस्थापनसम्बन्धी विशेष प्रश्ताव पारित गरिने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले मुलुकमा आइपरेको प्राकृतिक विपद्को घडीमा जनसरोकारका विषयलाई सम्बोधन गर्न संसदको भुमिका महत्वपूर्ण हुने बताएका छन् ।
मंगलवार आयोजित कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले संसद् बैठक शिघ्र सुचारु गर्नुपर्नेमा जोड दिएका हुन् । प्रमुख सचेतक थापाकाअनुसार यसअघि भदौ २२ गतेका लागि तय गरिएको संसद बैठक राजनीतिक दलहरूको आग्रह र कार्यव्यवस्था परामर्श समितिको निर्णयबमोजिम बुधवार (भोलि) देखि नै सुचारु हुने भएको छ । भोलिको बैठकमा हालैको अविरल वर्षा, बाढी र पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत र उद्धारलाई प्रभावकारी बनाउन विशेष प्रस्ताव पारित गरिने जानकारी उहाँले दिएका छन् ।

विपद्को समयमा संसद सञ्चालन गर्दा राहत र उद्धारमा बाधा पुग्ने आशंकालाई चिर्दै थापाले भन्नुभयो, ‘धेरैजसो राहत सामग्रीहरू कार्यथलोमा पुगिसकेका छन्, अबको मुख्य चुनौती व्यवस्थापनको हो । संसद् एउटा यस्तो आधिकारिक थलो हो जहाँबाट जनताले सत्य–तथ्य सूचना प्राप्त गर्दछन् र भ्रम निवारण हुन्छ । संसद सुचारु हुँदा पीडितका समस्याहरूले ठोस निकास पाउनेछन् ।’

उहाँले उद्धारका लागि प्राविधिक टोलीहरू कार्यक्षेत्रमा खटिसकेको र सांसदहरूले संसद्मार्फत नीतिगत दबाब सृजना गर्नु आवश्यक रहेको उल्लेख गरेका छन् । भोटेकोशीको बाढी र कृष्णभीरको पहिरोका कारण उपत्यका जोड्ने मुख्य नाकाहरू अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्री, पेट्रोलियम पदार्थ र ग्यासको अभाव हुन सक्ने प्रति चिन्ता व्यक्त गर्दै उहाँले सरकारलाई यस विषयमा गम्भीर हुन सुझाव दिएका छन् ।

उहाँले भन्नुभयो, ‘सरकार अहिले उद्धार र बेपत्ताहरूको खोजीमा केन्द्रित छ, हामी सरकारसँगै छौँ । तर यही बहानामा बजारमा हुन सक्ने कालोबजारी र मूल्यवृद्धिप्रति व्यापारीहरू सचेत हुनुपर्छ ।’

प्रमुख सचेतक थापाले संकटको यस घडीमा मानवीय संवेदनालाई आत्मसात गर्दै व्यापारिक नैतिकता कायम राख्न र कालोबजारीमा संलग्न नहुन सम्पूर्ण उद्योगी व्यवसायीहरूलाई आग्रह समेत गरेका छन् । अवरुद्ध राजमार्गहरू खोल्न र आपूर्ति व्यवस्था सहज बनाउन सरकारले छिट्टै ठोस विकल्प निकाल्ने विश्वास समेत उहाँले व्यक्त गरेका छन् ।

Previous Post

भोटेकोशी बाढीमा ३५ भन्दा बढी पुल बगे, गल्छीको पुल कसरी जोगियो ?

Next Post

अफगानिस्तानमा अमेरिकी सैन्य हस्तक्षेपका दुई दशकको कथा समेटिएको पुस्तक सार्वजनिक

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In