• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home मुख्य समाचार

अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१७ भाद्र २०८३, बुधबार
A A
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं  ।  हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन, यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा आएको बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था आएको छ।

वैकल्पिक सडकमा सवारीको चाप बढेसँगै मकवानपुर प्रहरीले सडक व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ। यसको नेतृत्व कार्यालयबाट मात्र नभई प्रहरी अधिकारीहरू स्वयं सडकमा उत्रिएर गरिरहेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्री र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश बिष्ट आफैं सडकमा पुगेर सवारी आवागमन व्यवस्थापनमा खटिएका छन्। सवारीको लामो लाइन, साँघुरा सडक र वैकल्पिक मार्गमा बढेको चापबीच प्रहरीले सवारीलाई निर्धारित रुटअनुसार सञ्चालन गराउने, जाम व्यवस्थापन गर्ने तथा अत्यावश्यक सवारीलाई प्राथमिकता दिने काम गरिरहेको छ।

प्रशासनले १४ सिटभन्दा कम क्षमताका सवारीका लागि छुट्टै रुट निर्धारण गरेको छ। हेटौंडाबाट काठमाडौं जाने त्यस्ता सवारीले भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली र काठमाडौं आउने सवारीले फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी सडक प्रयोग गर्नुपर्नेछ।

ठूला यात्रुवाहक तथा मालवाहक सवारीका लागि भने काठमाडौं जाँदा त्रिभुवन राजपथ र फर्किंदा कान्तिलोकपथ प्रयोग गर्न भनिएको छ। त्रिभुवन राजपथमा रहेको कमजोर बेलिब्रिजका कारण इन्धन तथा भारी मालवाहक सवारी सञ्चालन नगर्न प्रशासनले आग्रह गरेको छ।

सडकको यो असहजताले यात्राको समयसमेत बढाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्टले ठाउँ–ठाउँमा प्रहरी परिचालन गरी यात्रालाई सहज बनाउने काम भइरहेको बताए।

पालुङ क्षेत्रमा रोकिएका करिब १५० सवारीसाधनलाई सुरक्षाकर्मीको निगरानीमा ‘स्कर्टिङ’ गरेर काठमाडौं ल्याउने कार्य भइरहेको छ। मंगलबार काठमाडौंबाट छुटेका ती सवारीसाधन सरकारी निर्णय हुनुअघि नै पालुङ पुगेका कारण त्यहाँ रोकिएका थिए।

विष्टका अनुसार पालुङमा रोकिएका ती सवारीसाधनलाई गन्तव्यतर्फ पठाएपछि मात्रै काठमाडौँबाट अर्को समूहका सवारीसाधनलाई सो मार्गमा प्रवेश अनुमति दिइनेछ।

त्यसैगरी, १४ सिट क्षमतासम्मका हलुका सवारीसाधन भीमफेदी–कुलेखानी–सिस्नेरी हुँदै फर्पिङको बाटो भएर सञ्चालन भइरहेका छन्। हलुका सवारीसाधनको हकमा असोज १६ गतेदेखि लागू हुने गरी २४ सै घण्टा आवतजावत गर्न दिने निर्णय भएको छ।

हाल सडकमा पर्याप्त ट्राफिक जनशक्ति परिचालन गरी ठाउँ–ठाउँमा सवारीसाधनलाई ‘होल्ड’ गर्दै समूह बनाएर गन्तव्यतर्फ पठाउने ‘कन्भे’ कार्य भइरहेको विष्टले बताए। सडकको भौगोलिक अवस्था र सुरक्षालाई ध्यानमा राख्दै कतिपय स्थानमा सवारीसाधनलाई केही समय रोकेर पठाउने गरिएकोले बीच–बीचमा केही अवरोध देखिए पनि व्यवस्थापन कार्यलाई चुस्त बनाइएको प्रहरीले जनाएको छ।

विष्टले भने, ‘बीच–बीच बाटोमा हामीले ट्राफिकहरूलाई राखेर म्यानेजमेन्ट गरिरहेका छौँ। अहिले पालुङमा झन्डै १५० वटा गाडी होल्ड भएर बसेको अवस्था छ। हिजो काठमाडौंबाट छुटेका गाडीहरू निर्णय हुनुभन्दा अगाडि नै त्यहाँ पुगेर लामो समयदेखि होल्ड भएका हुन्। अहिले ती गाडीलाई स्कर्ट गरेर काठमाडौं ल्याउने कार्य भइरहेको छ। पालुङबाट ती गाडी ल्याइसकेपछि फेरि अर्को लटलाई पालुङको बाटो हुँदै पठाउने व्यवस्था गरिरहेका छौँ।’

उनका अनुसार १४ सिट क्षमतासम्मका हलुका सवारीसाधनलाई भीमफेदी–कुलेखानी–सिस्नेरी हुँदै फर्पिङको बाटोबाट सञ्चालन गरिएको छ भने ठूला तथा मालवाहक सवारीलाई पालुङतर्फबाट पृथ्वी राजमार्ग हुँदै पठाउने व्यवस्था गरिएको छ।

‘हलुका गाडीहरू आजदेखि २४ घण्टा नै चलाउने निर्णय भएको छ। यहाँबाट हलुका गाडीहरू सहज रूपमा गइरहेका छन्। हेभी तथा मालवाहक गाडीको हकमा पालुङबाट पृथ्वी राजमार्गतर्फ पठाउने अवस्था छ। भीमफेदीबाट आउने गाडीलाई केही समय होल्ड गरेर कन्भे बनाउँदै स्कर्ट गरेर पठाइरहेका छौँ। बीच–बीचमा केही रोकावट भइरहेको छ,’ उनले भने।

बाढीअघि सामान्य अवस्थामा करिब तीन घण्टामा पूरा हुने हेटौंडा–काठमाडौं यात्रा अहिले सवारीको चापका कारण झन्डै पाँच घण्टासम्म लम्बिएको छ। यात्रुवाहक सवारीसँगै अत्यावश्यक सेवाका सवारीलाई सहज रूपमा गन्तव्यसम्म पुर्‍याउनु प्रहरीका लागि अर्को चुनौती बनेको छ।

ग्यास र पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन तथा एम्बुलेन्सलाई प्रहरीले विशेष व्यवस्थापनसहित प्राथमिकतामा राखेर काठमाडौंसम्म पुर्‍याउने व्यवस्था मिलाइरहेको छ।

विपद्का कारण सडकको अवस्था जटिल बन्दा प्रहरी नेतृत्व केवल निर्देशनमा सीमित छैन। समस्या भएको स्थानमै पुगेर प्रहरी अधिकारीहरू सवारी व्यवस्थापनमा जुटेका छन्।–न्युज एजेन्सी नेपाल

Previous Post

हिमाली क्षेत्रबाट उत्पन्न विपद्बारे साझा बुझाई आवश्यक छः वन सचिव डा. मिश्र

Next Post

भारतको उत्तर प्रदेशस्थित पटाका कारखानामा भीषण विष्फोटः ११ जनाको मृत्यु, १८ भन्दा बढी घाइते

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In