• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

‘उद्धारमा सेना परिचालन भयो, जनपरिचालन भएन‘: संयोजक दाहाल

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१७ भदौ, २०८३
A A
जनपरिचालन र समन्वय अभावमा सरकार उद्धार कार्यमा असफलः प्रचण्ड
0
SHARES
1
VIEWS

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले रसुवाको भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा सेनासँगै जनपरिचालन नहुँदा समस्याको वास्तविक समाधान गर्न नसकिने बताए।

प्रतिनिधिसभाको बुधवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले खोज तथा उद्धारमा नेपाली सेनाले प्रशंसनीय काम गरे पनि विपद् सामना गर्न आवश्यक जनपरिचालन हुन नसकेको बताए।

उनले सङ्घीय, प्रदेश र स्थानीय सरकार, जनप्रतिनिधि, नागरिक समाज तथा आम नागरिकलाई एकीकृत रूपमा परिचालन गरेर मात्र यो समस्याको समाधान गर्न सकिने बताए। उनले सरकारको कार्यशैलीमाथिसमेत प्रश्न उठाए।

उनले विपद्को समयमा अन्य राजनीतिक दललाई समेत विश्वासमा लिएर अघि बढ्नुपर्नेमा प्रधानमन्त्री त्यसतर्फ गम्भीर नरहेको बताए।

उनले भने, ‘यो विपद्को समयमा सेनाले गरेको खोज तथा उद्धारको कार्य देखियो। राम्रै, प्रशंसायोग्य नै छ। तर यो महाविपत्तिको सामना गर्नका लागि सबै तहको सरकार, सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार, जनप्रतिनिधि, नागरिक समाज र आम जनतालाई साथमा लिएर जसरी काम गर्नुपर्ने थियो, त्यो पुगेको छैन। सेना परिचालन भयो, जनपरिचालन भएन। जनपरिचालन नहुँदासम्म यो समस्या वास्तविक समाधान गर्न असम्भवजस्तै हुन्छ भनेर पनि मैले भनेँ। सेना परिचालनसँगै जनपरिचालन जोडिएन भने, केन्द्रीय सरकारसँगै प्रादेशिक र स्थानीय सरकार जोडिएन भने यो समस्याको समाधान गर्न कठिन हुन्छ भन्ने कुरा मैले पटक–पटक भनेको थिएँ। र आज पनि भन्न चाहन्छु।’

उनले प्रधानमन्त्री साहले आफ्नै दलका सांसदहरूलाई समेत विश्वासमा लिन नसकेको टिप्पणी गरे।

Previous Post

बाढी प्रभावित विदेशी पर्यटकका परिवारलाई निःशुल्क भिसा दिन सांसदहरूको माग

Next Post

रसुवा बाढी राष्ट्रिय वा क्षेत्रीय विषय मात्र होइनः पुष्पकमल दाहाल

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav