• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

भोटेकोशी बाढीः राष्ट्रिय संकट घोषणा गर्न सांसद राईको माग

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१७ भाद्र २०८३, बुधबार
A A
भोटेकोशी बाढीः राष्ट्रिय संकट घोषणा गर्न सांसद राईको माग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी हिमबाढी तथा बाढीका कारण मुलुकले अपूरणीय मानवीय र भौतिक क्षति व्यहोरेको भन्दै राष्ट्रिय संकट घोषणा गर्न माग गरे।

बुधवार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले मृतकको संख्या केवल तथ्याङ्क मात्र नभएर ती हजारौँ परिवारका सपना र सहारा भएको बताए।

सांसद राईले उद्धार कार्यमा सरकारको समन्वय फितलो भएको भन्दै आलोचना गरे। उद्धारस्थलमा राजनीतिक प्रदर्शनभन्दा प्राविधिक दक्षता र मानवीय संवेदनशीलता आवश्यक रहेकोमा उनले जोड दिए।

घाइतेहरूको निःशुल्क र गुणस्तरीय उपचारको माग गर्दै उनले बेपत्ताको खोजीलाई तीव्रता दिन आग्रह गरे। साथै, क्षतविक्षत अवस्थामा फेला परेका शवहरूको पहिचानका लागि आधुनिक प्रविधि र डीएनए परीक्षणको व्यवस्था गर्न तथा आवश्यक परे विदेशबाट दक्ष जनशक्ति ल्याउन समेत सरकारसँग माग गरे।

सांसद राईले यस विपत्तिलाई जलवायु परिवर्तनको असरका रूपमा व्याख्या गर्दै नेपालले नगरेको गल्तीको सजाय भोगिरहेको उल्लेख गरे। अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको मुद्दालाई बलियोसँग उठाउनुपर्ने भन्दै उनले ‘हानि तथा क्षति कोष’बाट आर्थिक र प्राविधिक सहयोग जुटाउन तत्काल कूटनीतिक पहल गर्न सरकारलाई सुझाव दिए।

उनले भने, ‘हामी इतिहासको अत्यन्तै पीडादायी र कठिन घडीमा उभिएका छौँ। भोटेकोशी र त्रिशूलीको बाढीले हाम्रो गौरवमय सभ्यता, बस्ती र पूर्वाधार मात्र बगाएको छैन, देशको प्रमुख व्यापारिक करिडोरलाई समेत भग्नावशेषमा परिणत गरेको छ। राहत वितरणमा एकद्वार प्रणालीका नाममा सामग्री थुपारेर राखिएको र इच्छुक दाताहरूलाई समेत रोक्ने काम भएको छ। यो राहत रोक्ने होइन, ढोका खोल्ने बेला हो। जसलाई राहत चाहिएको छ, उसको हातसम्म पुग्ने व्यवस्था गरियोस्। हामी कति हजार श्रमदाता चाहिन्छ, उपलब्ध गराउन तयार छौँ। सरकारले नेतृत्व लियोस्।’

संकटको यस घडीमा सरकारलाई आफ्नो पार्टीको पूर्ण साथ रहने स्पष्ट पार्दै उनले राज्यलाई कमजोर बनाउने पक्षमा आफूहरू नरहेको बताए।

भविष्यमा हुनसक्ने यस्ता जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीको विस्तार र प्रकृतिमैत्री विकासको मोडेल अपनाउनुपर्नेमा समेत उनले सदनको ध्यानाकर्षण गराए।

Previous Post

भोटेकोशी–त्रिशूली बाढी पीडितको राहत र पुनःस्थापनाका लागि सरकारलाई निर्देशन

Next Post

प्रधानमन्त्रीले हिलो निकाल्ने प्रविधि संसारमै छैन भन्नु सरासर गलत हो- नेता शाही

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In